काठमाडौं— ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५९३ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६४, रातोबत्तीमा ४९ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ७३, हर्न निषेधमा १३, लेन क्रसमा १९, अवस्था ठिक नभएको १८, एकतर्फीमा ८ र अन्यमा ३०१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।


































