काठमाडौं / बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि निजी क्षेत्रबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम तीव्र बन्दै गएको छ।

यसैक्रममा केडिया समूहले प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ। समूहका तर्फबाट उक्त रकमको चेक मंगलबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो। विपद्बाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग गरिएको केडिया समूहले जनाएको छ।

हालैका बाढी तथा अन्य प्राकृतिक विपद्पछि उद्योगी–व्यवसायी, निजी क्षेत्र र विभिन्न संघसंस्थाले राहत कोषमा सहयोग जुटाउने अभियानलाई निरन्तरता दिइरहेका छन्।