काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ मनोज ज्ञवालीले शैक्षिक क्षेत्रमा कानुनी स्पष्टता नभएसम्म बैंकहरूले ढुक्क भएर लगानी गर्न नसक्ने बताएका छन् । राज्यले शिक्षा क्षेत्रलाई स्पष्ट नीतिमा नबाँधी केवल ’सेवाभाव’ भनेर गोलमटोल कुरा मात्रै गरिरहे बैंकहरूले यस क्षेत्रमा लगानी नगर्ने चेतावनी दिएका हुन् । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयक प्यानल डिस्कसनमा बोल्दै सीईओ ज्ञवालीले नीतिगत स्ष्टताको खाँचो औंल्याए । ज्ञवालीले कुल बैंकिङ लगानीको करिब ३ प्रतिशत
काठमाडौं । ठगी आरोपमा पक्राउ परेका चर्चित सेफ सन्तोष साह रकम फिर्ता गरेपछि हाजिर जमानीमा रिहा भएका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार साहले पीडित पक्षलाई ४ लाख ५० हजार रुपैयाँ बुझाएको प्रमाण पेश गरेपछि सोमबार साँझ उनलाई हाजिर जमानीमा छाडिएको हो।सकुन्तला अधिकारीको जाहेरीपछि अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसपछि प्रहरीले उनलाई जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।यद्यपि साहमाथि अर्को कानुनी समस्या पनि बाँकी रहेको छ। बैंकिङ कसुरसम्बन्धी एक मुद्दामा काठमाडौं जिल्ला अदालतले यसअघि नै एक महिना कैद र १ लाख २५ हजार रुपैयाँ जरिवाना फैसला गरिसकेको प्रहरीले जनाएको छ।ठगीको रकम फिर्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकको संरचनामा ठूलो परिवर्तन प्रस्ताव गरिएको छ। विभिन्न दलका सांसदहरूले राष्ट्र बैंकमा हाल रहेका दुईको सट्टा तीन जना डेपुटी गभर्नर राख्ने संशोधन प्रस्ताव दर्ता गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा र राप्रपाका सांसदहरूले संसदमा दर्ता गरेको संशोधनमा थप एक डेपुटी गभर्नर राष्ट्र बैंक बाहिरबाट ल्याउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।हालको कानुनअनुसार राष्ट्र बैंकभित्र लामो अनुभव भएका कर्मचारी मात्र डेपुटी गभर्नर बन्न पाउने व्यवस्था छ। तर नयाँ प्रस्तावले विश्वविद्यालयका प्राध्यापक, बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत वा अन्तर्राष्ट्रिय संस्थामा कार्यरत अनुभवी व्यक्
निर्मल पौडेल,काठमाडौं । सामुदायिक सेवा समिति तथा सामुदायिक प्रहरी सेवा केन्द्र बानेश्वर–१० को भवनमा ई–लाईब्रेरी स्थापना तथा कार्यालय स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले १० लाख रुपैयाँ विनियोजन गरेका छन्।समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले सामुदायिक सेवा केन्द्रलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त बजेट उपलब्ध गराएका हुन्। प्राप्त रकमबाट ई–लाईब्रेरी स्थापना, आवश्यक फर्निचर व्यवस्थापन तथा कार्यालयको भौतिक संरचना सुधार गरिने जनाइएको छ।समुदाय र प्रहरीबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने तथा युवापुस्तालाई अध्ययन र सू
काठमाडौं । शिक्षा उद्यमी उमेश श्रेष्ठले नेपाललाई शिक्षाको हबका रुपमा विकास गर्न सकिने बताएका छन् । उनले शिक्षा, प्रविधि र एआईको हबका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको औँल्याए । हिसान र प्याब्सनका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठले संसारको अभ्यासलाई हेरेर नेपालमा पनि सही नीति बनाउन आवश्यक रहेको बताए । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा भएको ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत पहिलो सत्रमा ‘शिक्षामा निजी क्षेत्रको लगानी’का मुख्य वक्ताका रूपमा श्रेष्ठले सरकारले नीति बनाएर लगानी भित्र्याउन सक्ने बताएका हुन् । ‘संसारको अभ्यासलाई ह
काठमाडौँ । बिबिसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साह पक्राउ प्रकरणबारे उनको सचिवालयले विस्तृत धारणा सार्वजनिक गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कतिपय सामग्रीले वास्तविक तथ्य नसमेटेको दाबी गरेको छ ।सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार साहले गैरीधारामा रहेको ‘मिथिला थाली’ रेष्टुरेन्ट सञ्चालनका क्रममा आर्जव होल्डिङ्स प्रालिसँग भएको कारोबारलाई लिएर विवाद उत्पन्न भएको हो । उक्त विज्ञप्तिमा तत्कालीन समयमा आर्जव होल्डिङ्सले सञ्चालन गर्दै आएको ‘सिला’ रेष्टुरेन्ट आर्थिक समस्यामा परेको, बैंक ऋण तिर्न नसकेको तथा जग्गाधनीले भवन खाली गर्न दबाब दिएको अवस्थामा त्यहाँ रहेका सम्पू
काठमाडौं । नेकपा एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै यसले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको बताए। उनले अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको उल्लेख गर्दै तर बजेट प्रस्तुत भएपछि त्यसले आफूहरूलाई निराश बनाएको बताए । उनले भने,‘यो असाध्यै बलियो सरकारले असाध्यै राम्रो बजेट ल्याउँछ र आमूल परिवर्तनको एउटा कोशेढुंगा बन्छ भन्ने विश्वास लागेको थिय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि विनियोजित बजेट मन्त्रालयको जिम्मेवारी र महत्वको तुलनामा अत्यन्तै न्यून रहेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नागरिकलाई न्यायको पहुँचमा पुर्याउने, विधिको शासन सुदृढ गर्ने, सरकार र संसदबीच समन्वय कायम गर्ने, संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने तथा विपन्न र दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने जस्ता महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेको बताए। उन
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाजस्तो संवेदनशील विषयमा सरकार र सम्बन्धित मन्त्रालय गम्भीर नभएको बताएका छन् । मंगलबार बसेको समितिको बैठकमा बोल्दै उनले संसद्को आकस्मिक बैठकमा सडक दुर्घटनाका कारण हुने मृत्युका विषयले ठाउँ लिइरहेको भएपनि मन्त्रालयले आवश्यक चासो नदिएको बताएका हुन् । उनले सडक सुरक्षा विधेयक तयार भएको पाँच–छ वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसक्नु गम्भीर विषय भएको बताए । उनले भने, ‘संसद्को आकस्मिक बैठकमा धेरै भन्दा धेरै सडक सुरक्षामा मृत्यु भएको विषयले ठाउँ लिइरहेको छ । यस्तो संवेदनसिल विषयमा पनि मन्त्रालय गम्भीर नहुनु द
काठमाडौं । नेपाली कांग्रेसका सांसद जयपति रोकायले सरकारले ल्याएको बजेटले हुम्ला र समग्र कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकतालाई पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताएका छन्।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजेटमा हुम्लाको हिल्सामा पशु क्वारेन्टाइन स्थापना गर्ने व्यवस्था गरिएकोमा सरकारलाई धन्यवाद दिए। तर क्वारेन्टाइन स्थापना मात्र पर्याप्त नभएको भन्दै त्यसमार्फत कर्णालीबाट निर्यात हुन सक्ने उत्पादनहरूको व्यवसायीकरण, बजारीकरण र प्रवद्र्धनका लागि आवश्यक नीति तथा कार्यक्रमको अभाव रहेको बताए। उनले भने,‘बजेटले हुम्ला र समग्र कर्णालीको सम्भावनालाई पूरै नजरअन्दाज गरेको छ । अहिले
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.