काठमाडौं–उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी एलिस अलब्राइटबीच परियोजना कार्यान्वयन र अन्तरदेशीय प्रसारण लाइनबारे छलफल भएको छ । नेपाली राजदूतावासका अनुसार, एमसिसी परियोजना अन्तर्गत भइरहेका गतिविधिबारे समीक्षा गरिएको थियो ।त्यसैगरी, पौडेलले अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीसँग पनि भेटवार्ता गरेका छन्। भेटमा वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगका विषयमा छलफल भएको र नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बो लीले बताए । भेटमा अर्थसचिव रामप्रसाद घिमिरे, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, र
काठमाडौं–नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरोको खरिददर १४४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा छ, भने यूके पाउण्डको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । साथै, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा, र भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तय गरिएको छ । राष्ट्र बैंकले आवश्यक परेमा यी दरहरू संशोधन गर्न सक्ने जनाएको छ भने वाणिज्य बैंकह
काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ । अमेरिकी डलरको खरिद दर १ सय ३४ रुपैयाँ २४ पैसा र बिक्री दर १ सय ३४ रुपैयाँ ८४ पैसा रहेको छ । युरोपियन यूरोको खरिद दर १ सय ४४ रुपैयाँ ६८ पैसा र बिक्री दर १ सय ४५ रुपैयाँ ३३ पैसा छ ।अष्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ २० पैसा र बिक्री दर ८९ रुपैयाँ ५९ पैसा छ । जापानी येन १० को खरिद दर ८ रुपैयाँ ७८ पैसा र बिक्री दर ८ रुपैयाँ ८२ पैसा कायम भएको छ । भारतीय रुपैयाँ १ सयको खरिद दर १ सय ६० रुपैयाँ र बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।बैंकले यो दर आवश्यकतानुसार संशोधन गर्न सकिने जनाएको छ ।
काठमाडौं— साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको तीन महिनामा पाँच करोड २३ लाख रुपैयाँ बराबरको आयोडिनयुक्त नुन बिक्रीवितरण गरेको छ।कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को साउन महिनादेखि असोज महिनासम्म आफ्नो डिलरमार्फत ४५ हजार तीन सय ७० बोरा नुन बिक्री गरेको कार्यालय प्रमुख शुभनारायण साहले जानकारी दिए।धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले तीनवटै जिल्लामा २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्रीवितरण गर्दै आएको छ। चालु आर्थिक वर्षमा प्रतिबोरा आयोडिनयुक्त नुन एक हजार एक सय ५० का दरले डिलरमार्फत बिक्री भइरहेको प्रमुख साहले बताए।कार्यालयले दशै
काठमाडौं— भारतबाट अवैध रुपमा तस्करी गरेर भित्राइएको ठूलो परिमाणमा चिनी भैरहवाबाट बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देही र भैरहवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार सिद्धार्थनगर नगरपालिकाका–४ स्थित सुगरमिल क्षेत्रबाट तस्करी गरेर भित्राइएको चिनी बरामद गरेको हो।अवैध रुपमा दुईवटा घरको गोदाम बहालमा लिएर भण्डारण गरिएको ४ सय ७१ बोरा (२३५५० किलो) चिनी बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा,रुपन्देहीका प्रमुख डिएसपी चन्द्रकुमार थापाले जानकारी दिए।भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अ
काठमाडौं— सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको छ ।आइतबारको तुलनामा सोमबार सुनको भाउ ६ सय रुपैयाँले बढेको हो । दशैंयता नेपाली बजारमा सुनको भाउ हरेक दिन बढेको बढ्यै छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको थियो ।दशैं बिदा सुरु हुनुअघि असोज २३ गते सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुयैयाँ थियो । दशैं बिदापछिको पहिलो दिन असोज २९ गते १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा लगातार रेकर्ड कायम भएको हो । असोज ३० गते १ लाख ६१ हजार ८
काठमाडौं— सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको छ ।आइतबारको तुलनामा सोमबार सुनको भाउ ६ सय रुपैयाँले बढेको हो । दशैंयता नेपाली बजारमा सुनको भाउ हरेक दिन बढेको बढ्यै छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुगेको थियो ।दशैं बिदा सुरु हुनुअघि असोज २३ गते सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुयैयाँ थियो । दशैं बिदापछिको पहिलो दिन असोज २९ गते १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा लगातार रेकर्ड कायम भएको हो । असोज ३० गते १ लाख ६१ हजार ८
काठमाडौं— सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । शुक्रबार तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको यो भाउ अहिलेसम्मकै उच्च हो । सुनको भाउ शुक्रबार एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको थियो ।यस्तै चाँदीको भाउ पनि आज एकैदिन तोलामा ९५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।भाउ बढेपछि अब नेपाली बजारमा सुनका तयारी गहनाको मूल्य तोलाको झन्डै एक लाख ९० हजार रुपैयाँ पुगेको छ । गहनामा व्यवसायीले ज्याला र जर्
काठमाडौं— मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) दिने घोषणा गरिएको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले शुक्रबार संसद्मा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् । यो घोषणाले मलेसियामा कार्यरत नेपाली लाभान्वित हुने भएका छन् । मलेसियाले आफ्ना नागरिक र आप्रवासी श्रमिकबीच न्यूनतम तलब समानरुपमा लागू गर्दै आइरहेको छ । मलेसियाले देशगतको आधारमा तलबमा विभेद गर्ने गरेको छैन । यो बढेको तलब आउँदो फेब्रुअरी १ देखि कार्यान्वयनमा आउने प्रधानमन्त्री इव्राहिमले बताए । तर, ५ जनाभन्
काठमाडौं— वैदेशिक रोजगारीमा जानेको संख्या ४.८५ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि भएको हो ।वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा कुल एक लाख ७० हजार ५९३ जनाले वैदेशिक रोजगारीमा जान अन्तिम श्रम स्वीकृति लिएका छन् ।अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिमा एक लाख ६२ हजार ६९४ जनाले विभागबाट श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा थप सात हजार ८९९
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.