काठमाडौं— नेपाली बजारमा आइतबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने हालसम्मकै उच्च मूल्यमा कायम भएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । शुक्रबार प्रतितोला ४ हजार ५ रुपैयाँका कारोबार भएको चाँदी आइतबार तोलामा ४ हजार १ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।