आर्थिक

    Showing 2,811-2,820 of 3,107 items.
  • व्यावसायिकरूपमा ट्राउट माछापालन शुरु

    डोटी / डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकामा व्यवसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरिएको छ । स्थानीय तीन कृषक मिलेर व्यावसायिकरूपमा रेन्बो ट्राउट माछापालन शुरु गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको रु १० लाख लगानीमा तीनवटा रेसवे (माछापालन) पोखरी निर्माण गरी ट्राउट माछापालन शुरु गरिएको हो । सायल–३ का हरिपाल खाती, वडा नं ४ रौवाका तेजबहादुर सिंह र वडा नं ५ का शेरबहादुर रोकायाले आधुनिक माछापालन पोखरी निर्माण गरी व्यवसाय शुरु गरेको स्थानीयवासी तेजबहादुर डुम्रेलले जानकारी दिए ।उनका अनुसार गण्डकी प्रदेशको पोखराबाट रेन्बो ट्राउटका कम्तीमा पनि एक हजार ५०० भुरा ल्याएर पोखरीमा हाल

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 88 पटक पढिएको
  • बजारभन्दा खाद्यको चामल महँगो

    बझाङ / खाद्य तथा व्यापार कम्पनी लिमिटेडको चामलको मूल्य बढी हुँदा बिक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो । बजारभन्दा खाद्यको चामल रु तीन महँगो भएको गुनासो आउन थालेको छ ।   खाद्यले बिक्री गर्ने चामलको प्रतिकेजी रु तीनको फरक परेपछि संस्थानको चामल नबिकेको जयपृथ्वी नगरपालिका– ११ भोपुरका सुरेन्द्र जोशीले बताए । मूल्य घटाउन केन्द्रीय कार्यालयमा आग्रह गर्दा पनि मूल्य घटाउनेतर्फ ध्यान नदिँदा उक्त चामलले बजारको चामलसँग प्रतिस्पर्धा गर्न नसकेको जिल्लास्थित खाद्यका शाखा प्रमुख ईश्वरीदत्त पाण्डेले बताए । पाण्डेले भने, “सरका

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 166 पटक पढिएको
  • महोत्तरीको गौशालामा कागज उद्योग स्थापना हुँदै

    महोत्तरी / महोत्तरीको गौशाला नगरपालिका –१ रामनगरमा एक अर्ब ५० करोड रुपैयाँको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश गरिएको छ । आइएमइ समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गरेका हुन् । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी रहेको छ । उनीहरूले आज संयुक्तरुपमा उद्योप स्थापनाको शिलान्याश गरेका हुन् ।आइएमइ समूहद्वारा प्रवद्र्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश्यकपर्ने सबै उपकरण र

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 70 पटक पढिएको
  • सुनको मूल्यमा वृद्धि, तोलाको कति ?

    बिर्तामोड / नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ९२ हजार १००  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला  ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमवार चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार २७० रुपैयाँमा

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 147 पटक पढिएको
  • अण्डाको मूल्य हालसम्मकै उच्च, चल्ला र मासुको मूल्य पनि वृद्धि

    चितवन / कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा  नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले  राहत महसुस गर्न थालेका छन् । कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा बढी भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ ।गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोवार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ । निषेधाज्ञाका समयमा तीन साता ब्रोइलर चल्लाको बिक्री शून्य भएकामा क्रमशः बढ्दै गएर प्रतिवटा रु ७० पुगेको छ ।नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय समितिका निव

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 74 पटक पढिएको
  • करको दायरा बढाउनुपर्नेमा जोडः मन्त्री खड्का

    गण्डकी / गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायातमन्त्री कुमार खड्काले करको दरभन्दा दायरा बढाएर काम गर्न आवश्यक रहेको बताएका छन् ।मन्त्रालयको वार्षिक प्रगति समीक्षा कार्यक्रममा आइतबार उहाँले कर्मचारीलाई करको दायरा बढाउन र  दायित्व हस्तान्तरण गर्नुभन्दा निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । आगामी बजेट दोब्बर बनाउन  केन्द्र सरकारसँग पहल गरिने पनि मन्त्री खड्काले बताएका छन्।कार्यक्रममा मन्त्रालय मातहतका एघारै जिल्लाका कार्यलय प्रमुखहरुले वार्षिक प्रगति समीक्षा प्रस्तुत गरेका थिए ।उनीहरुले कार्यक्रम सम्पन्न गर्न आइपरेका कठिनाइ र चुनौतिबारे पनि जानकारी गराएका थिए ।

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 98 पटक पढिएको
  • बैंकिङ कसूर मुद्दाको फरार एक अभियुक्त पक्राउ

    बिर्तामोड /  बैंकिङ कसूर मुद्दाको एकजना फरार अभियुक्तलाई झापा प्रहरीले पक्राउ गरेको छ उच्च अदालत पाटनको फैसला अनुसार झापा को दमकका बिनोद कुमार कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।अदालतले कार्कीलाई तीन दिन जेल सजाए, सात लाख रुपैयाँ जरिवाना र पीडित को राहत कोषमा २८ हजार असुल गर्न प्रहरीलाई निर्देशन दिएको छ ।प्रहरीले कार्कीलाई साउन १० गते पक्राउ गरि आवश्यक स्वास्थ्य जाँच गरि कैद भुक्तान्को लागि झापा कारागार पठाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।  

    • प्रकाशित मितिः साउन ११, २०७८
    • 89 पटक पढिएको
  • नेप्सेमा भारी वृद्धि, नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट

    काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । गत साता सामान्य अङ्कले सुधार भएको बजारमा यस साताको पहिलो कारोवार दिन नै नेप्सेमा ५४.३१ विन्दुले उकालो लागेर तीन हजार ५८.६३ मा पुगेको छ ।ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.७४ विन्दुले बढेर ५७४.०२ मा पुगेको छ । नेप्सेमा उच्च अङ्कको वृद्धिसँगै कारोवार रकम पनि आज उल्लेख्य वृद्धि भएको छ । कूल २२३ कम्पनीको चार करोड ३९ लाख ३९ हजार २१२ कित्ता शेयर १४ अर्ब २३ करोड २४ लाख १७ हजार ४७२ मूल्यमा खरिद बिक्री भएको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा ११ उप

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 97 पटक पढिएको
  • करोडौँको राजस्व छली विफल

    गलकोट / धौलागिरिका विभिन्न उद्योग तथा व्यवसायीका  राजस्व छलीका प्रयासलाई आन्तरिक राजस्व कार्यालयले विफल बनाइदिएको छ। साविक धौलागिरिको चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको राजस्व सङ्कलनको जिम्मेवारी पाएको बागलुङ स्थित आन्तरिक राजस्व कार्यालयले छानबिन, परीक्षण र अनुसन्धानका क्रममा यहाँका पेशा, व्यवसाय तथा उद्योगले विभिन्न बाहनामा करिब पाँच करोड राजस्व छली गरेको फेला पारेको हो । कर बुझाउने १७ हजार करदातामध्ये शङ्कास्पद देखिएका व्यवसाय, उद्योग तथा फर्मको अनुगमन गरिएको थियो । बस्तु खरीद बिक्रीको अनुपात नमिलेको, खरीद गरिएका सामग्री बिक्रीतर्फ नदेखिएकोजस्ता राजस्व छलीका शङ्

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 83 पटक पढिएको
  • चितवनमा ९२ प्रतिशत रोपाइँ सकियो

    चितवन / जिल्लामा हालसम्म ९२ प्रतिशत धान रोपाइँ सकिएको छ । यहाँका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा १० र माडी नगरपालिकामा ५ प्रतिशत रोपाइँ गर्न बाँकी छ ।कृषि ज्ञान केन्द्र भरतपुरले दिएको जानकारी अनुसार पूर्वी चितवनका स्थानीय तहमध्ये राप्ती, खैरहनी रत्ननगर, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा सबै रोपाइँ सकिएको छ ।ज्ञान केन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरको धानयोग्य जमीनले झण्डै आधा क्षेत्रफल ओगटेको छ । भरतपुरको अन्य स्थानमा रोपाइँ सकिए पनि पश्चिम क्षेत्रमा मकै थन्क्याउन र धानको बीउनै ढिला राख्ने हुँदा रोपाइँमा ढिलाइ भएको हो । पूर्व

    • प्रकाशित मितिः साउन १०, २०७८
    • 73 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा