आर्थिक

    Showing 281-290 of 3,294 items.
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौं— आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार ३६ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ३६ सय २५ रुपैयाँमा कारोवार भैइरहेको छ । 

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 236 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    काठमाडौँ । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ६२५ निर्धारण भएको छ ।बुधबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६५५ मा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 244 पटक पढिएको
  • आज अन्तरराष्ट्रिय बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि मनाइँदै

    काठमाडौं— आज अन्तरराष्ट्रिय बैंक दिवस मनाइँदैछ । बिहीबार बैंक दिवससँगै एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस पनि आजै परेको छ । यी दुवै दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा मनाइन्छन् । बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य  कार्यान्वयन, जलवायु अनुकूल वित्त, जीवनस्तर सुधार र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाहमा प्रेरित गर्नु यो दिवसको लक्ष्य हो । यो दिवसले अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक संवादको मूल आधार संवाद, पारस्परिक सम्मान, समझदारी, सहिष्णुता र बहुपक्षवादको आवश्यकतालाई जोड दिएको छ ।एकपक्षीय दबाबविरुद्धको अन्तरराष्ट्रिय दिवस यस

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 206 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९२ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८० रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ २९ पैसा र बिक्री

    • प्रकाशित मितिः मंसिर १८, २०८२
    • 144 पटक पढिएको
  • नेप्से परिसूचकमा गिरावट, कारोबार रकममा भने वृद्धि

    काठमाडौं— साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १३.५२ अंक घटेर २६३१.१७ विन्दुमा झरेको हो । यस दिन यसदिन सेन्सेटिभ इण्डेक्स ३.०३ अंक, फ्लोट इण्डेक्स १.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०४ अंक घटेका छन् ।यद्यपि, बजारको कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको ४ अर्ब ४८ करोड रुपैयाँको तुलनामा यस दिन ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन ३३२ स्टकको ६७ हजार ४८५ पटक कारोबार भएको थियो ।यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सागर डिष्टिलरी, मिथिला लघुवित्त वित्तीय स

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 412 पटक पढिएको
  • कोटेश्वरको जाम हटाउन सरकारले जापानसँग लियो १० वर्षका लागि ३१ अर्ब ऋण

    काठमाडौं— नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौता भएको छ ।अर्थमन्त्री  रामेश्वर प्रसाद खनालको सहभागितामा  बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको हो ।जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्व जापानी येन  अर्थात् नेपाली करिब ३१ अर्ब ७६  करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ। जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहने सम्झौतामा उल्लेख छ ।यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिनेछ, जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा वि।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 382 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं— आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगबार ३५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ३६ सय ५५ रुपैयाँमा कारोवार भैइरहेको छ ।  

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 398 पटक पढिएको
  • गमगढी–पिना सडक स्तरोन्नतीका लागि कर्णाली प्रदेश सरकारद्वारा करिब १६ करोड बजेट विनियोजन

    काठमाडौं— रारा घुम्न आउने पर्यटकहरूलाई सुविधा पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले गमगढी–पिना सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त सडक खण्डलाई बहुवर्षीय योजनामा समेटेर यस वर्षको बजेटबाट १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।सडकको स्तरोन्नति भएपछि रारा अवलोकन गर्न आउने आन्तरिक र बाह्य पर्यटकहरू सजिलै गमगढी पुग्न र यहाँ एक रात बस्न सक्षम हुनेछन् । यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।गमगढीका होटल व्यवसायीहरूका अनुसार, सडक सुधारपछि यहाँ आउने पर्यटकहरूको संख्या बढ्ने र गमगढीमा बस्ने पर्यटकहरूको अवधिमा पनि वृ

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 344 पटक पढिएको
  • रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनका लागि बाटो खुला

    काठमाडौं— नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । यसका लागि बोर्डले मङ्सिर १६ गते विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई पत्र पठाएर आईपीओ प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।यसअघि बुक बिल्डिङ विधिबाट कम्पनीले आईपीओ जारी गर्ने अनुमतिमा विवाद आउनपछि बोर्डले प्रक्रिया रोक्ने निर्णय गरेको थियो । २०८० सालको विघटित प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आईपीओ प्रक्रिया रोक्न बोर्डलाई निर्देशन दिएको थियो । तर, पाटन उच्च अदालतले त्यसपछि प्रक्रिया अघि बढाउन आदेश दिएको थियो, र हाल बोर्

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 383 पटक पढिएको
  • बाजुराको बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा–महोत्सवः १ करोड ४० लाख रकम बढी संकलन

    ‎बाजुरा— बाजुराका त्रिवेणी नगरपालिका स्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा सम्पन्न बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा–महोत्सवबाट न्यूनतम १ करोड ४० लाख रकम बढी संकलन भएको छ । मंसिर ६ गते देखि १४ गतेसम्म सञ्चालन भएको धार्मिक एवं ज्ञान विज्ञान महा–महोत्सव महायज्ञबाट अनुमानित १ करोड ४० लाख रकम बढि संकलन भएको महायज्ञका कार्यक्रम संयोजक तथा त्रिबेणी नगरपालिका ४ का अध्यक्ष गणेश साउदले बताए ।उनका अनुसार,महायज्ञ भव्य रुपमा सु–सम्पन्न भएको बताउँदै  यज्ञबाट मोटामोटी १ करोड ४० लाख रकम बढि संकलन भएको बताएका छन् । सम्पूर्ण चन्ददाताहरुले दान गरेको रकम अनाथ टुहुरा बालबालिकाहरुका तथा आव

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • 361 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा