आर्थिक

    Showing 2,981-2,990 of 3,108 items.
  • बजेट : शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन

    बिर्तामोड  / सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८र७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ ।शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 125 पटक पढिएको
  • बजेट : कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोज

    बिर्तामोड / सरकारले कृषि तथा पशुपन्छी क्षेत्रको बजेट वृद्धि गरेको छ।आगामी वर्षको बजेट सार्वजनकि गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि र पशुपन्छीको क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको जाकनरी दिए । गत वर्ष उक्त क्षेत्रको लागि ४१ अर्ब ४० करोड विनियोजन गरिएको थियो ।सरकारले रासायनिक मलको अनुदानमा दिइँदै आएको अनुदान पनि बढाएको छ। रासायनिक मल खरीद गर्न दिइएको अनुदानमा वृद्धि गरी १२ अर्ब पुर्‍याइएको छ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 132 पटक पढिएको
  • बजेट : शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

    बिर्तामोड / शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।यसको ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 114 पटक पढिएको
  • बजेट : निषेधाज्ञामा उद्योगलाई ५० प्रतिशत घरभाडा छुट

    बिर्तामोड / सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञा समयअवधिभर ५० प्रतिशत भाडा छुट पाउने जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 111 पटक पढिएको
  • बजेट : सरकारले बेरोजगारलाई १०० दिनको रोजगारी दिने

    बिर्तामोड / सरकारले बेरोजगार व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगारी सुनिश्चित गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनःसंरचना गरी बेरोजगारलाई कम्तिमा १०० दिनको रोजगारी दिने भएको छ ।आगामी वर्षको बजेट सार्वजनकि गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्थानीय स्तरमा सञ्चालन हुने सडक, सिंचाइ, भवन, पुल, नदी नियन्त्रण, वृक्षारोपण लगायत संघ तथा स्थानीय तहका आयोजना तथा कार्यक्रममा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिलाई काममा लगाउने गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाइने जानकारी दिए ।प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आगामी वर्ष २ लाख रोजगारी सिर्जना गर्न १२ अर्

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 128 पटक पढिएको
  • बजेट : गरिबी निवारण कोष खारेज

    बिर्तामोड / सरकारले गरिबी निवारण कोष खारेज गरेको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरिएको जानकारी दिए ।गरिबी निवारण कोष खारेजको सरकारले आगामी आर्थिक वर्षदेखि ‘गरिबसँग विश्वेश्वर’ कार्यक्रमलाइ निरन्तरता दिइने बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 137 पटक पढिएको
  • बजेट : निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपतगर्ने साना उद्योगीलाई शत प्रतिशत छुट

    बिर्तामोड / निषेधाज्ञा अवधिभर मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई घरेलु तथा साना उपभोक्ताले शत प्रतिशत छुट पाउने भएका छन् ।आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शत प्रतिशत छुट दिने व्यवस्था सुनाएका हुन् । त्यस्तै मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ ।त्यसैगरी निषेधाज्ञाभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिलाउने व्यवस्था मिलाएको पनि जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 179 पटक पढिएको
  • बजेट : सुकुम्बासीलाई जग्गा किन्न ६८ करोड बिनियोजन

    बिर्तामोड / सरकारले सुकुम्बासी समस्या समाधानका लागि जग्गा खरिदका लागि ६८ करोड रुपैयाँ बिनियोजन गरेको छ । आर्थिक वर्ष २०७८र७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त रकम सुकुम्बासीका लागि बिनियोजन गरेको जानकारी दिए ।भूमिहीन दलित, सुकुम्बासी, पूर्व कमलरीलाई व्यवस्थापन गर्न आगामी आर्थिक बर्षभित्र जग्गा प्रदान गर्न सो रकम छुट्याइएको मन्त्री पौडेलले बतए । उनले गैर कानूनी रुपमा कब्जा गरिएका सरकारी तथा गुठीका जग्गा फिर्ता ल्याउने पनि बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 102 पटक पढिएको
  • बजेट : ल्यापटप किन्न बिद्यार्थीलाई सरकारले ८० हजार ऋण दिने

    बिर्तामोड / सरकारले विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजार रुपैयाँ ऋण उपलब्ध गराउने गराउने भएको छ ।आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ बताए छन् ।त्यसैगरी १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 161 पटक पढिएको
  • बजेट : रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन

    बिर्तामोड / सरकारले रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको छ ।आर्थिक वर्ष २०७८/ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र तीन वर्ष भित्र निर्माण गरिसक्ने गरी कारखाना स्थापना गर्न बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • 170 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा