काठमाडौं–धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.७० अङ्कले उकालो लागेर २७६६.३८ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.२१ अङ्कले उकालो लागेर ४८३.६८ मा पुगेको हो ।
आज कूल १३ उपसमूह मध्ये ६ उपसमूहको शेयर मूल्य उकालो लाग्दा, ७ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । नेप्सेका अनुसार, ५ करोड ९ लाख ४६ हजार ८३२ कित्ता शेयर २० अर्ब ७ करोड ४ लाख ३४ हजार १०३ रुपैयाँमा खरिद बिक्री भएका छन् । विभिन्न ६ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।






































