आर्थिक

    Showing 3,011-3,020 of 4,134 items.
  • सयपत्री हाइड्रोपावरको आईपीओ आजदेखि खुला

    काठमाडौँ /  सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गरेको हो ।जसमध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ । साउन १७ गतेसम्म आवेदन दिन पाइनेछ ।

    • प्रकाशित मितिः साउन १३, २०७९
    • 170 पटक पढिएको
  • नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्दै सरकार

    बिर्तामोड / मुलुकभर ७५ प्रतिशत रोपाइँ सकिएपछि बल्ल मल खरिदको सम्झौता भएको छ । नेपालले ५ वर्षका लागि भारतसँग झण्डै नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको हो ।हरेक वर्ष रोपाइँको मुखमा रासायनिक मल अभाव भएपछि सरकारले जीटुजी मार्फत मल ल्याएर सहज बनाउने आश्वासन दिँदै आएको थियो । त्यसका लागि गत फागुन १६ मा भारतका तर्फबाट रसायन एवं मल मन्त्रालयका सचिव राजेशकुमार चतुर्वेदी र नेपालका तर्फबाट कृषि सचिव गोविन्दप्रसाद शर्माले समझदारी पत्र आदानप्रदान गरेका थिए । दुई देशको सरकार तहमा गत फेब्रुअरीमै मल खरिदको सम्झौता भए पनि कार्यान्वयन गर्ने निकाय भारतको राष्ट्रिय केमिकल फर्टिलाइजर (आरसीए

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 128 पटक पढिएको
  • बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति ?

    बिर्तामोड / आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपियाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ८ सयले बढेर ९४ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ ।यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको छ ।यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३० रुपियाँले बढेर प्रतितोला १ हजार १ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 156 पटक पढिएको
  • सयपत्री हाइड्रोपावरको आईपीओ खुल्दै

    झापा / सयपत्री हाइड्रोपावरले सर्वसाधारणका लागि शुक्रबारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता निष्कासन गर्न लागेको हो ।यसमध्ये ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने छन् । १७ साउन भित्र आवेदन दिनुपर्नेछ ।आइपीओमा सी–आस्वा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय साथै मेरो सेयर मार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्

    • प्रकाशित मितिः साउन १२, २०७९
    • 122 पटक पढिएको
  • बजेट प्रकरण : पूर्व अर्थमन्त्रीमाथि छानबिन गर्न गठित समितिको बैठक स्थगित

    काठमाडौँ / पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको आज बिहान सिंहदरबारमा बसेको बैठक स्थगित भएको छ । समितिका सदस्यसचिव सुरेन्द्र अर्यालका अनुसार केही विषय प्राविधिक भएकोले सीसीटीभी फुटेजमाथी फरेनसिक ल्याब विज्ञहरुबाट जानकारी लिनु पर्ने भएकाले बैठक स्थगित गरिएको हो । समितिको बैठक बेलुकी चार बजे फेरी बस्ने बताउँदै अर्यालले भने, ‘–बेलुकी चार बजे बस्ने बैठकमा फरेनसिक ल्याब विज्ञहरूलाई आमन्त्रित गरेर प्रतिवेदनका विषयमा विशेष जानकारी लिन्छौ ।’नेपाल प्रहरीको फरेनसिक ल्यबबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भएको उनले जानकारी दिए ।सोही

    • प्रकाशित मितिः साउन १०, २०७९
    • 154 पटक पढिएको
  • नेपालको वैदेशिक व्यापार घाटा एक वर्षमा १७ खर्ब पुग्यो

    काठमाडौँ  / नेपालको वैदेशिक व्यापार घाटा गत आर्थिक वर्ष २०७८/७९ मा अहिलेसम्मकै सबैभन्दा बढी भएको छ । भन्सार विभागका अनुसार गतवर्ष नेपालको कुल व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख ८८ हजार रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालको कुल वैदेशिक व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा ३ खर्ब २१ अर्ब ७० करोड ४४ लाख १ हजार रुपैयाँले बढेको छ । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष नेपालको वैदेशिक व्यापार घाटा २३ प्रतिशतले वृद्धि भएको छ ।गत आर्थिक वर्ष २०७८/७९ मा ने

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 121 पटक पढिएको
  • झापाका १० वटा पालिकाबाट ८३ करोड २८ लाख रुपैयाँ राजश्व सङ्कलन, सबैभन्दा धेरै बिर्तामोडबाट

    रेवतीराज घिमिरेबिर्तामोड / झापाको भूमिसुधार तथा मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७८/०७९ मा १० वटा पालिकाबाट ८३ करोड २८  लाख ९ हजार ८ सय ३१ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । एक वर्षको अवधिमा मालपोत कार्यालयले झापाका १५ वटा पालिका मध्ये मेचीनगर नगरपालिका, भद्रपुर, अर्जुनधारा, कनकाई र बिर्तामोड नगरपालिका, कचनकवल गाउँपालिका, हल्दीबारी, बाह्रदर्शी, झापा र बुद्धशान्ति गाउँपालिबाट विभिन्न शीर्षकमा सो राजश्व सङ्कलन गरेको हो । कार्यालयले पुँजीगत लाभकर शीर्षकबाट २३ करोड ४१ लाख ७३ हजार २ सय ३५ , अग्रिम करबाट १० करोड ८४ लाख ४ हजार ७८, डोर शीर्षक बापत ४ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 195 पटक पढिएको
  • मन्दाकिनी हाइड्रोपावरको आईपीओ खुल्यो

    काठमाडौँ / मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबारबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।१२ साउनसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ ।

    • प्रकाशित मितिः साउन ९, २०७९
    • 111 पटक पढिएको
  • छानविन समितिले माग्यो सिंहदरवारको दुईवटा गेटको सीसीटीभी फुटेज

    काठमाडौँ / तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको  संसदीय छानबिन समितिले सिंहदरबारकाे दक्षिण र पूर्वी प्रवेशद्वारको सिसिटीभी फुटेज मगाएको छ। अर्थ मन्त्रालयले मन्त्रालयको सीसीटीभीको फुटेज १३ दिनपछि आफैं मेटिने बताएपछि आइतबार बसेको समिति बैठकले  सिंहदरवारको दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको हो । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेको आरोपमाथि संसद्ले छानबिन गर्न विशेष समिति गठन गरेको छ ।छानबिन समितिमा एमालेबाट खगराज

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 139 पटक पढिएको
  • श्वेत–गंगा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाण्डु / श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले साउन ४ गते देखि सर्वसाधारणका लागि साधारण शेयर निष्कासन खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख हुन आउने सेयर १०० अंकित मूल्यका २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो ।१ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरेको छ भने बाँकी रहेको २२ लाख ७० हजार २५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्याल

    • प्रकाशित मितिः साउन ८, २०७९
    • 153 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.