आर्थिक

    Showing 3,021-3,030 of 4,134 items.
  • यस्तो छ चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति (पूर्णपाठसहित)

    झापा  / नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार सेयर धितो कर्जामा केही हेरफेर गर्दै १२ करोड रुपैयाँसम्म लिन पाइने व्यवस्था गरेको छ ।साथै चालु आर्थिक वर्षदेखि मर्जरमा जाने कम्पनीको सेयर रोक्का नहुने नीति ल्याएको छ । निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ ।अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो । सार्वजनिक मौद्रिक नीतिले गरेको व्यवस्थाअनुसार राष्ट्र बैंकले ७ प्रतिशत रहेको ब्याज दरलाई बढाएर ८.५ प्रति

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 200 पटक पढिएको
  • मौद्रिक नीति : सेयर कर्जामा ४ करोडको सीमा खारेज, १२ करोड कायम

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको सेयर रोक्का राख्ने पुरानो व्यवस्था खारेज गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा धितोपत्र बोर्डको नियम बमोजिम हुने व्यवस्था गरेको हो ।गत आबको मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले भन्दै उक्त सीमा लगाएको थियो ।उक्त कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड लिने व्यवस्था हटाउँदै अब प्रतिव्यक्तिले १२ करोडको सीमा

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 142 पटक पढिएको
  • बढ्याे सुपारीकाे तस्करी : इन्डोनेसियाबाट ल्याइएको ८ ट्रक सुपारी बरामद

    काठमाडौँ / सरकारले सुपारीको आयात खुला गरेपछि तस्करीका लागि यहाँका व्यवसायी सलबलाउन थालेका छन् ।अन्तर्राष्ट्रिय बजारमा प्रतिटन २ हजार ५ सय डलरमा खरिद गरेर आयातित सुपारी सरकारले प्रतिटन १ हजार ५० डलर मात्र मूल्यांकन गरेर निकासी गर्ने अनुमति दिएपछि ‘मार्जिन’ का लागि उनीहरू चोरबाटोतिर केन्द्रित हुन थालेका हुन् ।भारत र नेपालमा सुपारीको मूल्यांकन प्रतिटन १ हजार ५ सय डलरभन्दा बढी फरक पर्नु र भन्सार तथा अन्तःशुल्कमा पनि भारी फरक भएकाले सुपारीको तस्करी मौलाएको हो।  व्यापारीले इन्डोनेसिया, थाइल्यान्ड र मलेसियाबाट सुपारी आयात गर्छन् ।त्यस्तै इन्डोनेसियाबाट भारत हुँदै झापाको काँकडभिट्टा नाकाबाट

    • प्रकाशित मितिः साउन ६, २०७९
    • 1,513 पटक पढिएको
  • गत आर्थिक वर्षमा ताप्लेजुङबाट ७२ करोड बजेट रकम फ्रिज

    ताप्लेजुङ / ताप्लेजुङबाट गत आर्थिक वर्षमा साढे बहत्तर करोड रुपियाँ बढी रकम फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार समयमा खर्च नभएकाले उक्त रकम केन्द्रीय खातामै फिर्ता भएको हो ।कोष तथा लेखा नियन्त्रक कार्यालयले प्रारम्भिक वित्तीय अवस्था विश्लेषण गर्दै आर्थिक वर्ष २०७८/७९ मा कुल ७२ करोड ६१ लाख ७२ हजार १६५ रुपियाँ रकम फ्रिज भएको जानकारी दिएको छ । कोष नियन्त्रक मदनकुमार पौडेलले पुँजीगत तर्फ ५९ करोड २६ लाख १६ हजार ५०४ रुपियाँ फ्रिज भएको प्रारम्भिक तथ्याङ्क रहेको बताए । यस्तै चालूतर्फ १३ करोड ३५ लाख ५५ हजार ६६१ रुपियाँ रकम खर्च हुन नसकेको अर्थात फ्रिज भएको कोष निय

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 123 पटक पढिएको
  • ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला कति ?

    बिर्तामोड  / नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज छापावाल सुन तोलामा १ हजारले घटेको हो ।बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले ओरालो लागेर ९३ हजार रुपियाँ तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला ९४ हजार रुपियाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार पाँच सय रुपियाँ छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार पाँच सय रुपियाँ थियो ।  त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 167 पटक पढिएको
  • कानुन बमोजिम दर्ता नभएकाे झापाको एक सहकारी संस्थाले पायो २७ लाख अनुदान

    बिर्तामोड  / कृषि ज्ञान केन्द्र झापाले प्रचलित कानुन बमोजिम दर्ता नभएकाे सहकारी संस्थालाई अनुदान दिएको खुलासा भएकाे छ । कृषि ज्ञान केन्द्र झापाले एक सहकारी संस्था लिमिटेडलाई नयाँ ब्लक (तरकारी) मा छनोट गरी संस्थाले पेस गरेको ४४ लाख २३ हजार रुपैयाँ परियोजना प्रस्ताव स्वीकृत गरी २७ लाख ८१ हजार भुक्तानी गरेको महालेखा परीक्षक कार्यालयले हालै सार्वजनिक गरेको ५९ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन म्यानुअलमा कार्यक्रमबाट लगानी गर्दा कृषि कार्य गर्ने उद्देश्यसहित प्रचलित कानुनबमोजिम दर्ता भएका संस्थालाई छनोट गर्नुपर्ने व्यवस्था छ । त

    • प्रकाशित मितिः साउन ५, २०७९
    • 215 पटक पढिएको
  • स्मार्ट फोन खरिद गरेको १३ लाख फिर्ता गर्न बुद्धशान्ति गाउँपालिकालाई महालेखाको निर्देशन

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकाले स्थानीय सरकार सञ्चालन ऐन तथा पदाधिकारीको सेवासुविधासम्बन्धी ऐनलाई मिच्दै १४ जना पदाधिकारी र कर्मचारीलाई १३ लाख रुपैयाँ बराबरको स्मार्ट फोन खरिद गरेको पाइएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७७/७८ मा १३ लाख ९ हजार रुपैयाँ बराबरको स्मार्ट फोन किनेर पदाधिकारी र कर्मचारीलाई बाँडेको महालेखापरीक्षकको लेखा प्रतिवेदनले देखाएको छ । गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको उक्त स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको छ।गाउँपालिकाको आयलाई प्रभावित पार्नेगरि खरिद गरिएको उक्त मोबाइल फोन बापतको रकम सम्बन्धित पदाधि

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 1,581 पटक पढिएको
  • शुरु भयो डन्डीको पनि भारत निर्यात : श्री स्टिल्सले खोल्यो ढोका

    झापा / बिग्रँदो अर्थतन्त्र सुधारका लागि कुनै कदम नचालेको भन्दै आलोचना भइरहको बेला सरकारले स्वदेशी उत्पादन अन्य मुलुकमा निर्यात गर्दा अनुदान दिएसँगै सिमेन्ट पछि नेपालबाट पहिलो पटक फलामे रड पनि भारतमा निर्यात भएको छ । रूपन्देहीको रोहिणी गाउँपालिका –३ सेमरहवामा रहेको श्री स्टिल्स प्रालिले बुधबारदेखि भारतमा स्टिल्स निर्यात गरेको हो ।चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, डन्डी, प्रशोधित पानी र जुत्ताचप्पलमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था ल्याइएसँगै पहिलोपटक श्री स्टिलले डन्डी निकासी गरेको हो ।उद्योगले भारतको उत्तर प्रदेशमा पहिलो पटक बेलहिया नाका हुँदै पहिलो चरणमा आज करिब ३५ टन टिएमटी

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 377 पटक पढिएको
  • १३ साउनमा आईपीओ निष्कासन गर्दै सयपत्री हाइड्रो

    काठमाडौं / सयपत्री हाइड्रोपावरले साउन १३ गतेबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता सय अंकित दरका कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ ।बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । सर्वसाधारणले साउन १७ गते सम्म आईपीओका लागी आवेदन दिन सक्ने छन् । आईपीओको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड छ ।

    • प्रकाशित मितिः साउन ४, २०७९
    • 170 पटक पढिएको
  • आज सेयर बजार परिसूचक १६ अङ्क बढ्यो

    झापा / आज सेयर बजार परिसूचक १६ अंकले बढेको छ । मङ्गलवारको कारोबारमा बजार परिसूचक १६.२० अङ्कले बढेको हो ।  सोमबारको कारोबारमा १८ अंकले बढेको बजार आजको कारोबारमा पनि सकारात्मक भएको छ। बजार परिसूचक १६.२० अंक बढेर २०४५.६३ मा उक्लिएको छ। ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स २.८० अंक बढेर ३९१.५६ अंकमा उक्लिएको छ। बढ्दो बजारमा आज कारोबार भएका १४६ कम्पनीका सेयर मूल्य बढ्दा २९ कम्पनीको सेयर मूल्य घटेको छ। २१३ कम्पनीको २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । ५७ लाख १३ हजार २४८ कित्ता सेयर ३७ हजार ९७२ पटकमा खरिद बिक्री भएको थियो।उप–समूहतर्

    • प्रकाशित मितिः साउन ३, २०७९
    • 127 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.