आर्थिक

    Showing 3,041-3,050 of 4,134 items.
  • घट्यो सुनको मूल्य, प्रतितोला कति ?

    झापा / नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो। तोलामा २०० रुपैयाँ घटेर मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। यसअघि सोमबार तोलामा १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ कायम भएको थियो। यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार २०० रुपैयाँ प्रतितोला कायम भएको थियो।मंगलबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार १७५ रुपैयाँ कायम भ

    • प्रकाशित मितिः असार २८, २०७९
    • 119 पटक पढिएको
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    झापा / नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा बिक्री विनिमय दर सार्वजनिक गरेको छ ।  आज अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर १२७ रुपैयाँ ४१ पैसा रहेको छ ।युरोपियन युरो एकको खरिद दर १२८ रुपैयाँ १४ पैसा र बिक्री दर १२८ रुपैयाँ ७४ पैसा रहेको छ भने अष्ट्रेलियनका डलर एकको खरिद दर  ८६ रुपैयाँ ७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ४७ पैसा छ ।त्यस्तै क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५३ पैसा र बिक्री दर ९७ रुपैयाँ ९९ पैसा रहेको छ भने जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ २५ पैसा र बिक्रीमा ९ रुपैयाँ ३० पैसा रहेको छ । यस्तै, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ९

    • प्रकाशित मितिः असार २८, २०७९
    • 123 पटक पढिएको
  • राष्ट्र बैंकले सार्वजनिक गर्‍यो देशको वर्तमान आर्थिक अवस्था

    काठमाडौँ  / नेपाल राष्ट्र बैंकले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एघार महिनाको तथ्यांक सार्वजनिक गरेको हो ।सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा ३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात १९८ अर्ब ७६ करोड रहेको थियो । उक्त विवरणमा देशको समग्र अर्थतन्त्रको अवस्थाका बारेमा उल्लेख गरिएको छ ।

    • प्रकाशित मितिः असार २८, २०७९
    • 180 पटक पढिएको
  • बढ्यो सार्वजनिक यातायातको भाडा, कुन रुटमा कति पुग्यो ?

    काठमाडौँ / यातायात व्यवस्था विभागले मङ्गलबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढाएको छ । विभागले एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो ।विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडादर समायोजन भएको छ ।वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ ।

    • प्रकाशित मितिः असार २८, २०७९
    • 118 पटक पढिएको
  • साउन ४ गतेदेखि आइपीओ निष्कासन गर्दै श्वेत गंगा हाइड्रोपावर

    काठमाडौं /  श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साउन ४ गतेदेखि (थमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यमा २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबराको २३ लाख ८९ हजार ५०० कित्ता आइपीओ जारी गर्ने भएको हो ।निष्काशन हुने कुल सेयरमध्ये १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई आरक्षित गरिएको छ । बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।कम्पनीको आइपीओमा साउन ८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम

    • प्रकाशित मितिः असार २७, २०७९
    • 107 पटक पढिएको
  • मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी, ५४ लाख राजस्व बुझाउन बाँकी

    मकवानपुर / मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ । पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाए पछि पाँच क्रसर उद्योगमा तालाबन्दी गरिएको हो । सो गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ ।उक्त गाउँपालिकाको वडा नम्बर –५ मा अवस्थित साइबाबा क्रसर उद्योग, आधुनिक, आमभञ्ज्याङ एग्रिगेर, वडा नम्बर –२ को नमूना बालुवा उद्योग र वडा नम्बर –६ को सामरी खोला बालुवा उद्योगमा तालाबन्दी गरिएको हो ।साइबाबाले २८ लाख रुपैयाँ, आधुनिकले २३ लाख, आमभञ्ज्याङ एग्रिग

    • प्रकाशित मितिः असार २६, २०७९
    • 127 पटक पढिएको
  • सेयर बजार गिरावट १.७१ प्रतिशतले घट्यो

    झापा  / सेयर बजार आज (आइतबार) पनि ओरालो लागेको छ । आज सेयर बजार १.७१ प्रतिशतले घटेको हो ।आज नेप्से परिसूचक ३४.७० अंकले घटेर १९९२.६२ बिन्दुमा झरेको छ भने सेन्सेटिभ परिसूचक ५.६० अंकले घटेर ३७९.८९ बिन्दुमा झरेको छ ।कारोबार अवधिभर २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।यसदिन १३ वटै सूचक राताम्य बनेको छ । आज होटल एण्ड पर्यटन र व्यापार समूहको सेयर सर्वाधिक घटेको छ । आज १४ कम्पनीको मात्र सेयर मूल्य घटेको छ, भने १७६ कम्पनीको सेयर मूल्य घटेको छ ।

    • प्रकाशित मितिः असार २६, २०७९
    • 123 पटक पढिएको
  • एक वर्षमा सात लाख करदाता थपिए

    काठमाडौँ / एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन् ।मन्त्रालयको तथ्याङ्कअनुसार यो एक वर्षको अवधिमा एक लाख ९३ हजार ६३९ नयाँ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । यससँगै हालसम्म व्यावसायिक स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या १७ लाख ७४ हजार पुगेको छ । यो अवधिमा चार लाख ९३ हजार व्यक्तिगत करदाता थपिएका छन् । यो सङ्ख्यासहित हालसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या २९ लाख ६८ हजार पुगेको छ । करकट्टी गर्ने निकायले लिने स्थायी लेखा नम

    • प्रकाशित मितिः असार २६, २०७९
    • 123 पटक पढिएको
  • शुरु भयो नेपाली सिमेन्टको भारत निर्यात : पाल्पा सिमेन्टले खोल्यो ढोका

    झापा  / बिग्रँदो अर्थतन्त्र सुधारका लागि कुनै कदम नचालेको भन्दै आलोचना भइरहको बेला सरकारले सिमेन्ट निर्यात गर्दा अनुदान दिने व्यवस्था गरेसँगै भारतमा सिमेन्ट निर्यात हुन थालेको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका –७ मा रहेको पाल्पा सिमेन्ट इण्डष्ट्रिजबाट उत्पादन भएको तानसेन ब्राण्डको तयारी सिमेन्ट शुक्रबारदेखि भारत निर्यात हुन थालेको हो । उद्योगले पहिलो दिन (शुक्रबार) रुपन्देहीको बेलहिया (सुनौली) नाका हुँदै भारत तर्फ तीन ट्रक सिमेन्ट निर्यत गरको छ । बजेटमार्फत सरकारले चालू आर्थिक वर्षदेखि सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान दिने घोषणा गरेसँगै नेपालबाट पहिलो पटक पाल्पा उद्यो

    • प्रकाशित मितिः असार २५, २०७९
    • 123 पटक पढिएको
  • नेपाल बंगलादेश बैंकका १७ वटा शाखा बन्द हुँदै (सूचीसहित)

    झापा  / नेपाल बंगलादेश बैंकलाई आफूमा गाभेर असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेको नबिल बैंकले दुवै बैंकका गरी कुल २० वटा शाखा कार्यालय समायोजन गर्ने भएको छ ।एकै स्थानमा रहेका नेपाल बंगलादेश बैंक र नबिल बैंकका दोहोरो शाखालाई समायोजना गरी एउटै शाखा बनाउन लागिएको हो ।नबिल बैंकका अनुसार एकीकृत कारोबार हुने भएपछि हाल नेपाल बंगलादेश बैंकका १७ वटा शाखा बन्द गर्दै नबिलमा समायोजन गर्न लागेको हो ।त्यस्तै, हाल रहेका नबिल बैंकका ३ वटा शाखा बन्द गरी नेपाल बंगलादेश बैंकको शाखा भएको ठाउँबाट नबिल बैंककै नाममा कारोबार सुरु गर्ने भएको हो ।

    • प्रकाशित मितिः असार २४, २०७९
    • 159 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.