आर्थिक

    Showing 3,051-3,060 of 4,134 items.
  • अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बिक्री खुला

    झापा / अपर हेवाखोला हाइड्रोपावरको आईपीओ शुक्रबारदेखि खुला भएको छ । सेयरमा २८ असारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो ।यसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । ७५ हजार कित्ता सामूहिक लगानी कोष र ३० हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ६ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।यसमा एनएमबी क्यापिटलले

    • प्रकाशित मितिः असार २४, २०७९
    • 99 पटक पढिएको
  • फेरी घट्यो सुनको मूल्य

    काठमाडौँ  / बुधबार सुनको मूल्य  १ हजार ६ सय रुपैयाँले घटेको छ । मंगलबार तोलामा ९७ हजार ६ सय रुपैयाँ रहेको मूल्य आज ९६ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँ पुगेको  महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः असार २२, २०७९
    • 138 पटक पढिएको
  • राप्ती हाइड्रोको आइपिओ आउँदै

    काठमाडौं  / राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही असार २९ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्न लागेको हो ।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको शेयरमा बिक्री नभएर बाँकी रहेका ३७ हजार ६२३ कित्तासहित कूल २३ लाख ६६ हजार २४० कित्ता शेयर निष्कासन गर्ने जनाएको छ ।कम्पनीले जारी गरेको आह्वानपत्र नुसार कूल निष्कासित शेयर मध्ये तीन प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी को

    • प्रकाशित मितिः असार २१, २०७९
    • 126 पटक पढिएको
  • अर्थमन्त्री शर्मालाई फिर्ता बोलाउने बारे प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयलाई लिएर अहिले उनको राजीनामा माग भइरहेको बेला प्रधानमन्त्री र माओवादी अध्यक्षबीच भेट भएको हो ।भेटमा माओवादी केन्द्रका अध्यक्ष दाहालले अहिलेको माहोललाई शान्त बनाउने सिसीटिभी डिलिट गरेको विषयमा छानविन समिति बनाउन सुझाव दिएको स्रोतको दावी छ । तर, प्रधानमन्त्री देउवाले भने उनलाई मन्त्रीबाट फिर्ता बोलाउन आग्रह गरेका छन् ।प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु देउवासँग अर्थमन्त्री शर्माको राम्रो सम्बन्ध छ । तर, शर्

    • प्रकाशित मितिः असार २१, २०७९
    • 169 पटक पढिएको
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

    झापा / सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि गरेको छ । यसअघि मूल्य वृद्धिको चर्को विरोध हुँदा मूल्य घटाएको नेपाल आयल निगमले पुनः मूल्य वृद्धि गरेको हो ।सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँ मूल्यवृद्धि गरेको हो । त्यस्तै, हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ५ रुपैयाँले मूल्य वृद्धि भएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रति लिटर १७२ रुपैयाँ पुगेको छ भने हवाई इन्धन आन्तरिक तर्फ १९० रुपैयाँ पुगेको छ ।रसिया–युक्रेन युद्धका कारण सिर्जना भएको विश्व ऊर्जा सङ्कटले पछिल्लो १५ दिनमा प्रशोधि

    • प्रकाशित मितिः असार २१, २०७९
    • 133 पटक पढिएको
  • अप्पर सोलु हाइड्रोको आईपीओको बिक्री खुला

    काठमाडौँ /  अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आजबाट आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्कासन गरेको हो ।निष्कासन गरेको कुल सेयर मध्ये ३९ हजार १५० कित्ता कर्मचारीहरूका लागि ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित र लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । निष्कासन

    • प्रकाशित मितिः असार २०, २०७९
    • 103 पटक पढिएको
  • डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का हुने

    काठमाडौँ / नेपाल डीपी लिमिटेडले डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क बुझाउन अनुरोध गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो ।कम्पनीको आर्थिक वर्ष २०७८–०७९ सम्म डिम्याट खाता सञ्चालन गरेबापत लाग्ने शुल्कहरु असार मसान्तभित्र ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादी शाखामा रहेको बैंक खातामा भुक्तानी गर्न आग्रह गरिएको छ । साथै ग्राहकले मेरो शेयरको माई प्रोफाइल मार्फत इ सेवा, कनेक्ट आईपीएस, आइएमई पे र खल्ती मार्फत भुक्तानी गर्न सक्नेछन् ।कम्पनीले तोकेको समयभित्र डिम्याट खाताको सम्पूर्ण वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको शुल्क भुक्तानी नगरेसम्मका लागि डिम्या

    • प्रकाशित मितिः असार २०, २०७९
    • 133 पटक पढिएको
  • चोरको टार्गेट पेट्रोल पम्प : तीन सातामा झापाका पाँच पेट्रोल पम्पमा चोरी

    बिर्तामोड / पछिल्लो समय चोरहरूको नजर पेट्रोल पम्प तिर पर्न थालेको छ । नेपालमा पेट्रोलियम पर्दाथको मूल्य बढेसँग चोरहरूको नगर पेट्रोल पम्प तिर पर्न थालेको हो । यस्तै पछिल्लो तीन हप्तामा झापामा झण्डै आधा दर्जन पेट्रोलपम्पबाट लाखौँ रुपैयाँ चोरी भएको छ । गत जेठ ३१ गते देखि असार १७ गतेसम्ममा झापाको मेचीनगर, बिर्तामोड, कनकाई नगरपालिका र कमल गाउँपालिकामा गरी पाँच वटा पेट्रोलपम्पबाट १८ लाख ५१ हजार चोरी भएको हो । चोरी गरेको आरोपमा सङ्खुवासभाको मकालु गाउँपालिका –३ घर भइ हाल झापाको बिर्तामोड –१ बस्ने ३४ वर्षीय देवराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले गत जेठ ३१ गते राति झापाको कमल ग

    • प्रकाशित मितिः असार १९, २०७९
    • 123 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

    झापा / साताको पहिलो दिन सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार तीन सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै आइतबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला १२ सय १० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १८०९.९२ डलरमा कारोबार भएको छ भने चाँदी प्रतिऔंस १९.८९ डलर छ।

    • प्रकाशित मितिः असार १९, २०७९
    • 121 पटक पढिएको
  • नबिल बैंकका सीईओ ढुङ्गानाले सम्हाले कार्यभार, बैंकिङ क्षेत्रमा २५ वर्षको अनुभव

    काठमाडौँ  / नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् । बैंकको असार १६ गते सम्पन्न सञ्चालक समितिको बैठकले सीईओमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय थियो । बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्ष भन्दा बढी अनुभव संगालेका ढुङ्गानाले यसअघि नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेका थिए । यसबाहेक उनले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गरेका थिए ।  भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्

    • प्रकाशित मितिः असार १७, २०७९
    • 107 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.