काठमाडौँ / विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो । दक्षिण एसियाको अर्थतन्त्रबारे बैंकले आज जारी गरेको अद्र्धवार्षिक क्षेत्रीय प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२१/२२ मा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन ३.६ प्रतिशतले, भारतको १० प्रतिशतले र पाकिस्तानको आर्थिक वृद्धि १.३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । “आगामी वर्ष दक्षिण एसियाको आर्थिक वृद्धिमा सुधार हुने सम्भावना छ र यस क्षेत्रको अर्थ
काठमाण्डौं / अजोड इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर (२ बराबर १) जारी गर्नका लागि संचालक समितिमा प्रस्ताव लैजाने सूचना चुहाएर सेयर बजारमा चलखेल गरेको आंशका गरिएको छ।कम्पनीको सोमबार बसेकोे संचालक समितिको ८७औं बैठकले ‘हाल कायम रहेको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् २ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद जारी गर्ने’ प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको थियो। संचालक समितिले यस्तो निर्णय गरेको दिन नै कम्पनीको सेयर कारोबारमा पनि वृद्धि देखिएपछि इन्साइडर ट्रेडिङको आंशका गरिएको हो।उता अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेको भन्दै लगानीकर्ताले उजु
काठमाडौं / नेपालमा सवारीसाधन एसेम्बलिङ प्लान्ट स्थापनामा व्यवसायीहरु चासो बढेको देखिन्छ । व्यवसायीको आकर्षण बढेसँगै ८ अर्ब २९ करोड रुपैयाँ बराबरको २६ सवारीसाधन एसेम्बलिङ उद्योग दर्ता भएका छन् ।दुई दर्जनभन्दा धेरै एसेम्बलिङ उद्योग दर्ता भए पनि २ कम्पनीले मात्रै उत्पादन गरिरहेका छन् ।यस्तै लगानी बोर्डमार्फत् कोरियन कम्पनी मोट्रेक्सले १० अर्ब ५४ करोडमा सवारीसाधन उत्पादन गर्ने कम्पनी नेपालमा स्थापना गर्न खोजेको छ । लगानी बोर्डका अनुसार मोट्रेक्सको लगानी स्वीकृतिको क्रममा रहेको छ । लगानी बोर्डले स्वीकृती दिएपछि मात्र कम्पनी दर्ताको प्रक्रियामा अघि बढ्नेछ ।लगानी स्वीकृतिको प्रतिक्षामा रहेको मोट्रेक्
काठमाडौं / वि. सं. २०३२ मा संयुक्त राष्ट्रसंघको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त १ करोड २४ लाख रुपैयाँबाट नेपाली सेनाले कल्याणकारी कोष खडा गरेको थियो । यही कोष अहिले ४५ वर्षमा ५८ अर्ब रुपैयाँको सम्पत्ति साँच्न सफल भएको तथ्य नेपाली सेनाले सार्वजनिक गरेको छ ।अलग कोष खडा गरेर गतिविधि गरेको प्रति नेपाली सेना बेलाबेलामा आलोचित हुने गरेको भए पनि उसले यसमार्फत विद्यालय, अस्पताल, उच्च शिक्षा, पेट्रोल पम्प, व्यापारिक कम्प्लेक्सलगायतमा लगानी गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा हालै आयोजित भूतपूर्व सैनिक सम्मेलनलाई सम्बोधन गर्दै दिएको जानकारीअनुसार, २०७
काठमाडौं / एनआईसी एशिया बैंकले ग्राहकसमक्ष ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकको काठमाडौंस्थित डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेकी काठमाडौंस्थित पानीपोखरी निवासी ५० वर्षीय आरती मानन्धरलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।हाल न्यू प्रिमियम सुपर
बिर्तामोड / नेपालमा साल्ट ट्रेडिङ कर्पोरेशनबाट मात्रै कारोबार हुने गरेको नुनको अवैध कारोवार प्रधानमन्त्री निवास वालुवाटारबाटै हुने गरेको पाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सदस्यले नै नुनको अवैध कारोबार गर्ने गरेको पाईएको हो । प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार समेत रहेका मोतिलाल दुगडले नुनको अवैध कारोबार गर्ने गरेको भएपनि उनीमाथि उनको कारोवारको विषयमा सरकारी निकायले न त छनविन नै गरेको छ न त कारवाही नै । एमाले नेतृत्व अनि सत्तासिन नेताहरुको आडमा उद्योगि दुगडले साल्ट ट्रेडिङले मात्रै नेपालमा बिक्री वितरण गर्दै आएको नुनको समेत कारोबार गर्ने गरेको पाईएको छ । उनले आफ
काठमाडौँ / सैनिक कल्याणकारी कोषको कूल सम्पत्ति रु ५८ अर्बभन्दा बढी पुगेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्वी पृतनामा आयोजित भूतपूर्व सैनिक सम्मेलनमा सैनिक कल्याणकारी कोषको रकम गत पुस मसान्तसम्म रु ५८ अर्बभन्दा बढी पुगेको हिताधिकारीलाई जानकारी दिएका छन् ।विसं २०३२ मा संयुक्त राष्ट्रसङ्घको मिसनअन्तर्गत मध्यपूर्वमा सेना सहभागी भएवापत प्राप्त भएको रु एक करोड २४ लाख राशिबाट उक्त कोष स्थापना गरिएको थियो । कोषको रकम वृद्धि हुनमा बहालवाला र अवकाशप्राप्त योगदान, मूलपूँजीबाट आर्जित व्याज र लगानीबाट प्राप्त प्रतिफल नै भएको उनले जानकारी दिएका छन् । हिताधिकारीका लागि सञ्चालित कल्याणकारी कार्यक्रमक
बागलुङ / बागलुङ नगरपालिका–३ कृषि गाउँका गङ्गा थापाले प्लास्टिक घरमा लगाएका गोलभेँडा बिरुवा धमाधम मरे । महँगो मूल्य तिरेर ल्याएको बीउबाट तयार भएका गोलभेँडाका बिरुवा मरेपछि किसान थापाले अघिल्लो याममा गोलभेँडा फलाउन सकेनन् ।मरुवा रोग लागेका कारण प्लाष्टिक घर खाली हुने गरी बिरुवा मरेपछि गङ्गाले बीउ खरीद गर्दा खर्चेको मूल्यसमेत उठेन । उनले अर्कोपटक बिरुवा उमारेर प्लाष्टिक घरमा लगाए । त्यो समयमा फैलिएको मरुवा रोगले उनको व्यावसायिक उत्पादनमा ठूलो क्षति ग¥यो । थापाको कृषि कर्ममा भएको क्षतिपूर्ति पाउने ठाउँ भने थिएन । जैमिनी नगरपालिका–१ कुश्मीशेराका मोतीप्रसाद शर्माले पनि गोलभेँडाको खेती गर्
स्याङ्जा / पछिल्लो समय खेतबारी बाँझै राखेर बजार झर्ने पद्धतिको विकास भइरहेका बेला पित्लेकका वासी व्यावसायिक तरकारी खेतीमार्फत गाउँलाई नै नमूना बनाएका छन् । गाउँघरमा वृद्धवृद्धा मात्रै हुने अथवा गाउँघर छोडेर रोजगारी, व्यवसाय तथा अध्ययनका लागि बजार केन्द्रित हुने पद्धतिलाई अन्त्य गर्दै गाउँमै मौसमी तथा बेमौसमी तरकारी खेतीमार्फत मनग्य आम्दानी गर्न सफल भएका छन् ।तत्कालीन जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्र हमालको प्रेरणास्वरुप २७ वर्षअघि २०५० सालमा स्थानीयवासी यज्ञप्रसाद लामिछानेको करेसाबारीबाट शुरु भएको तरकारी खेतीले अहिले गाउँलाई नै तरकारीको नमूना गाउँका रुपम
बिर्तामोड / सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभील वैंकका अध्यक्ष समेत रहेका नेकपा (एमाले) का पुर्वसांसद इच्छाराज तामाङले आर्थिक अपचलन गरेको भन्दै छानविन र कारवाही अघि वढाएको छ । सिभिल होम्सका संचालक समेत रहेका तामाङले आफु नै सञ्चालक रहेको सिभिल बचत तथा ऋण सहकारी संस्थाको अवौं रुपैंया हिनामिना गरी अकुत कमाएको भन्दै विभागले उनको अनि उनका परिवारको सम्पती तथा वैंक खाता रोक्का गरी छानविन तथा कारवाही अघि वढाएको हो ।एमालेका पुर्वसांसद समेत रहेका ‘तामाङले आफुनै संचालक समितिमा रहेको सिभिल सहकारीको रकम आफुखुसी निकालेर अनियमित तरीकाले विभिन्न काममा लगानी गरेको भेटिएपछि छानविन र कारवाही था
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.