आर्थिक

    Showing 3,071-3,080 of 4,499 items.
  • चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने

    काठमाण्डौ । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ ।समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो । विधेयक अब राष्ट्रिय सभामा पेश हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्त सहभागी थिए ।समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै राष्ट्रियसभा बैठकमा प्रस्तुत गरिने जानकारी दिइन ।पहिलोपटक ०६३ सालमा सुरक्षित कारोबार ऐन आएको थियो । तर, ऐनको प्रभावकारी कार्यान्वयन नभएपछि सरकारले गत ४ चैतमा अर्थ मन्त्रालयमार्फत राष्ट्रिय सभामा ऐनको पहिलो संशोधन विधेयकसम्बन्धी प्रस्ताव दर्ता गराए

    • प्रकाशित मितिः वैशाख २७, २०८१
    • 523 पटक पढिएको
  • तेस्रो लगानी लगानी सम्मेलन आजदेखि, १६ सय बढी लगानीकर्ता सहभागी हुँदै

    काठमाडौं । लामो समयको गृहकार्यपछि तेस्रो लगानाी सम्मेलन आज सुरु हुँदैछ । सम्मेलनका लागि संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रका गरी १ सय ५० वटा परियोजना प्रस्तुत गर्ने तयारी सरकारको छ ।तेस्रो लगानी सम्मेलन आजदेखि सुरु हुँदैछ। बिहान  सम्मेलनको उद्घाटन हुने लगानी बोर्डले जनाएको छ। सम्मेलनमा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ। लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो। विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन्। सम्मेलनका नेपालका तीन सय ८५ जनाको

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • 464 पटक पढिएको
  • एकै दिनमा बाहिरियो ५ अर्ब निक्षेप

    काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट एकै दिनमा ५ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले एक दिनमा ५ अर्ब निक्षेप बैकिङ प्रणालीबाट बाहिरिएको जनाएको छ । ६१ खर्ब ४३ अर्ब निक्षेप रहेकोमा एकै दिनमा घटेर ६१ खर्ब ३८ अर्ब रुपैयाँ कायम भएको छ ।ऋण प्रवाह पनि एक दिनमा ५ अर्ब रुपैयाँले घटेको छ । ५१ खर्ब १२ अर्ब रुपैयाँ ऋण प्रवाह भएकोमा एकै दिनमा घटेर ५१ खर्ब ९ अर्ब कायम भएको केन्द्रिय बैंकले जनाएको छ ।योसँगै अन्तरबैंक कारोबार पनि ३ प्रतिशत तल झरेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको हिस्सा ५४ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय संस्थाको ७ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । सिडि रेसियो ८० प

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 449 पटक पढिएको
  • बजेट घाटा एक खर्ब ३७ अर्ब, व्यापार घाटा नौ खर्ब २९ अर्ब हुदा सरकार घाटामा

    काठमाण्डौ  ।  मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा विस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा अनेकौँ समस्या मुलुकले भोगिरहेको छ ।नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको पहिलो सार्वजनिक कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा समस्या रहेको र त्यसलाई सुधार गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका छन । यही चैत ३ गते राष्ट्रिय वाणिज्य बैङ्कले आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्

    • प्रकाशित मितिः चैत १०, २०८०
    • 566 पटक पढिएको
  • आज प्रि-बजेट प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत हुने, फागुन २१ देखि छलफल

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको प्रि-बजेट छलफलका लागि सोमबार(आज) प्रतिनिधिसभामा प्रस्ताव पेस हुने भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आगामी १५ दिनका लागि संसद्को क्यालेन्डरलाई अन्तिम रूप दिँदै प्रि-बजेट छलफलको कार्यतालिका पारित गरेको हो । अर्थमन्त्री प्रकाशशरण महतले प्रि-बजेटमाथि छलफलको प्रस्ताव सोमबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्नेछन् ।प्रतिनिधिसभाको आगामी १५ दिनको क्यालेन्डरअनुसार सोमबार प्रस्तुत हुने प्रि-बजेट छलफल प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन्&nbs

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 727 पटक पढिएको
  • आइतबारदेखि यी १० ठूला सहकारीको अनुगमन राष्ट्र बैंकले गर्ने

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंक झन्डै डेढ दशक पछि सहकारीमा प्रवेश गरेको छ। प्राविधिक सहयोगका लागि आफ्ना तीन जना निर्देशकलाई पठार सहकारीको अनुगमनमा राष्ट्र बैंकले आफ्नो उपस्तिथी जनाएको छ। यसअघि ५० करोड रुपैयाँ भन्दा बढी शेयरपुंजी भएका सहकारीमा राष्ट्र बैंकले नियमन गर्नुपर्ने प्रस्ताव गरीएपनि राष्ट्र बैकले सहकारी बिभागसंगको समन्वयमा मात्र नियमन तथा अनुगमन गर्न तयार भएको हो। यससंगै ५० करोड रुपैयाँ बढी शेयर पुंजी भएका सहकारीको अनुगमन हुने भएको हो। अनुगमनको लागि बनाइएको बिभिन्न सात समिति मध्ये अहिलेलाई तीनवटाको लागि राष्ट्र बैंकले आफ्ना कर्मचारी पठाएको हो। राष्ट्र बैंकले उपनिर्

    • प्रकाशित मितिः फागुन १२, २०८०
    • 660 पटक पढिएको
  • निरन्तर ओरालो यात्रामा सेयर बजार

    काठमाडौं । सेयर बजारमा ७.८३ अंककाे गिरावट आएकाे छ। बुधबार ७.८३ अंकले घटेको सेयर बजार २०२५.२२ विन्दुमा पुगेर बन्द भएको हाे ।यसदिन ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार ७९९ रुपैयाँको कारोबार भएको छ ।बुधबार ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर छ। साताको पहिलो कारोबार दिन आइतबारद‍ेखि नेप्से निरन्तर ओरालो लागेको हो। 

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 464 पटक पढिएको
  • आफ्नो खातामा ट्रान्सफर गर्ने राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी पक्राउ

    काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राष्ट्रिय वाणिज्य बैंकको विरगञ्जस्थित पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनिष्ट सहायक रोहित कुमार ओझा छन् ।नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको आरोप छ ।प्रारम्भिक अनुसन्धानबाट १ करोड ३७ लाख ८६ हजार रकम नक्कली ‘कनेक्ट आइपिएस’ बनाएर चोरी गरेको भेटिएको सिआईबीका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले बताए ।आरोपीबरुद्ध ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • 610 पटक पढिएको
  • राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल

    काठमाडौं । सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब २१ अर्ब घटाउँदा पनि सात महिनाको अवधिमा नत आधा राजस्व उठाउन सकेको छ, न त बजेटको आधा खर्च नै गर्न सकेको छ ।महत्वाकांक्षी बजेटको लक्ष्य भेटाउन नसक्ने आँकलनपछि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेटलाई १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाखमा झारेको थियो ।बजेटको आकार घटाउँदा पनि सरकारको सोमबारसम्मको राजस्व संशोधित बजेट लक्ष्यको ४० दशमलव ६८ प्रतिशत मात्र उठेको छ । सरकारले गत साउनदेखि सोमबारसम्ममा ५ खर्ब ७८ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ मात्र राजस्व उठाउन सकेको छ । जसमा कर राजस्व ५ खर्ब २१ अर्ब ४३ करोड २१ लाख रुपैयाँ रहेको छ ।अनु

    • प्रकाशित मितिः फागुन ८, २०८०
    • 464 पटक पढिएको
  • आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा केन्द्रित; अर्थमन्त्री डा. प्रकाशशरण महत

    काठमाडौँ  अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित बजेट हुने दबाब गरेका छन् । सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा मन्त्री महतले प्रिबजेटको विषय यही संसद अधिवेशनमा हुने भएकाले सांसदहरुले दिएको सुझाव र मुलुकको सीमित स्रोत-साधनलाई हेरेर उत्पादनशील क्षेत्रमा समेट्ने गरी सम्बोधन गर्ने गरी अगाडि बढ्ने बताए।उनले विगतमा बजेटको प्राथमिकता र सिद्धान्तको विषयमा छलफल गर्न समय हुने थिएन तर अहिले समय भएको भन्दै यसले संसद र सरकारबीच बजेट, नीति तथा कार्यक्रमका विषयमा संवाद गर्न पाउने अवस्था सिर्जना भएको बताए।उनले विगतका स

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 420 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.