आर्थिक

    Showing 3,071-3,080 of 3,110 items.
  • मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट

    काठाडौँ  / जुम्लाका आठवटै स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट गरिएका छन् । जिल्लाका हरेक वडामा मुख्यमन्त्री रोजगार कार्यक्रमको ४० देखि ५० लाख रुपैयाँसम्म बजेट आएको सामाजिक विकास कार्यालयका सबइञ्जिनीयर प्रेमबहादुर शाहीले बताएका छन् । स्थानीय तहसँग कार्यक्रम कार्यान्वयन गर्न अहिले सम्झौता गर्ने काम शुरु गरिएको उनले जानकारी दिए । यस पटक रोजगार कार्यक्रमको बजेट तथा अख्तियारी जिल्लाका विषयगत कार्यालयमा आइपुगेको छ । तातोपानी र गुठीचौर गाउँपालिकामा मात्र मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट आएको छ । बाँकी छ पालिकाको बजेट विषयगत कार्यालयमा पठाइएको 

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 72 पटक पढिएको
  • अब नेपाली बैकबाटै डलरमा भुक्तानी

    बिर्तामोड / अव नेपाली नागरीकले नेपालका बैंकबाटै विदेशी सामान तथा सेवा डलरमा भुक्तानी गरी खरिद गर्न पाउने भएका छन् ।  यस अघि अवैध तथा गैरकानुनी रुमा हुँदै आएको यो कामका कारण मुलुकको अर्थ तथा वित्तिय क्षेत्रमा असर देखिएपछि राष्ट्र बैंकले नपाली नागरीकले नेपालकै बैकबाट विदेशी मुद्रामा भुक्तानी गर्न पाउने व्यस्था गरिदिएको हो ।विदेशी सामन खरिद तथा सामाजिक संजाल प्रयोगमा अवैध वाटोबाट हुँदै आएको कामलाई व्यवस्थित गर्न राष्ट्र बैंकले नयाँ व्यवस्था गरिदिएको हो । नयाँ व्यवस्थासँगै विदेशी बैंकमा खाता नभएका वा विदेशी मुद्रा आर्जनको स्रोत समेत नभएका नेपालीले पनि वार्षिक ५ सय अमेरिकी डलर बराबरको भुक्तानी

    • प्रकाशित मितिः चैत ९, २०७७
    • 77 पटक पढिएको
  • खोप खरिद गर्न आठ अर्ब सहयोग प्राप्त हुँदै

    काठमाडौँ  / सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले आठ अर्ब ६२ करोड ५० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ गर्दै संरक्षित प्रभावकारी एवं समतामूलक वितरणमा सहयोग गर्न बैंकको कार्यकारी निर्देशक बोर्डले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको बैंकको प्रधान कार्यालय वासिङ्टनबाट शुक्रबार जारी विज्ञप्तिमा जनाइको छ ।खोप खरिद, वितरण, परीक्षण, प्रयोगशालासम्बन्धी कामका साथै नेपालको अर्थतन्त्र र नेपालीको स्वास्थ्यको रक्षाका निम्ति सहयोग रकम प्रदान गर्ने निर्णय भएको बताइएको छ

    • प्रकाशित मितिः चैत ७, २०७७
    • 104 पटक पढिएको
  • बागलुङ नगरलाई ६० करोड अनुदान : विकासमा छलाङ मार्ने अपेक्षा

    बागलुङ/ बागलुङ नगरपालिकाले चार वर्षयता ठूला भौतिक पूर्वाधारमा महत्वाकांक्षी योजना ल्याउँदै आएको छ । नगरपालिकाले आफ्नै बजेट, साझेदारी, समपूरक तथा अनुदानमा आएको बजेटले ठूला पूर्वाधारमा करोडौँ लगानी गरिसकेको छ । रपालिकाले चार वर्षमा ल्याएको महत्वाकांक्षी योजनामध्ये विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ भने आधुनिक बागलुङ बसपार्क र बलेवा विमानस्थलको कालोपत्रेको काम अन्तिम चरणमा पुर्याएको छ । नगरपालिकाले लगानी गरेको र लगानीका लागि पहल गर्दै आएको ठूला योजनामा केही सकारात्मक कामसमेत भएको छ । स्थानीयवासीको जीवनस्तर सुधार्नेदेखि खानेपानी, सडक, पर्यटनलगायतका क्षेत्रको पू

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 84 पटक पढिएको
  • ग्लोबल आइएमई बैंकको ऋणपत्र बिक्री खुला

    काठमाडौं / ग्लोबल आइएमई बैंकले (चैत १ गते देखि ‘८.५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्काशन गरी बिक्री खुला गरेकोे छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँ प्रति ऋणपत्र अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।निष्काशन गरिएको कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र सर्वसाधारण व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।बैंकद्धारा

    • प्रकाशित मितिः चैत १, २०७७
    • 104 पटक पढिएको
  • तोलामा ४०० ले बढ्यो सुनको मूल्य

    बिर्तामोड / स्थानीय बजारमा सुनको मूल्य आज तोलामा चार सयले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा  ८६ हजार सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा ८६ हजार दुई सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा  ८६ हजार १ सय ५० रुपैयाँमा कारोवार हुनेछ । शुक्रबार तेजाबी सुन तोलामा ८५ हजार ७ सत ५० रुपैयाँमा कारोवार भएको थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा एक हजार २ सय ७० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १, २०७७
    • 79 पटक पढिएको
  • कोरोना रोकथामका नाममा भएको खर्चको छानबिन माग

    म्याग्दी (रासस)/ जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७६/७७ मा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरेको अस्वाभाविक र शङ्कास्पद खर्चमा पारदर्शीताको प्रश्न उठाउँदै सरोकारवालाले छानबिनको माग गरेका छन् । कोरोना रोकथाम, नियन्त्रण र खोप अभियानका विषयमा जानकारी लिन शुक्रबार बेनी आएको गण्डकी प्रदेशसभाअन्तर्गतको अनुगमन समितिसँग जिल्लाका सरोकारवालाले प्रशासनले गरेको खर्चका बारेमा छानबिन गर्न माग गरेका हुन् ।  बजेट नै नभएको भन्दै प्रदेशले पठाएको बजेट लुकाउन खोजेको प्रशासनले सार्वजनिक कार्यक्रममै पटक–पटक प्रश्न उठेपछि ‘गोलमटोल’ शैलीमा २०७६ चैतदेखि २०७६ असार मसान्तसम्म १९

    • प्रकाशित मितिः फागुन २९, २०७७
    • 86 पटक पढिएको
  • मर्जर हुँदै नेपालका दुई ठुला बैंक

    बिर्तामोड / निजी क्षेत्रका दुई ठुला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया अन्तिममा पुगेको छ । दुबै बैंकका संचालक समितिमा कुरा मिलेमछी मर्जरको समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।दुई बैंकको आन्तरीक हिसाब–किताब मिलाउने काम सकिएको र समझदारी पत्रमा चाँडै हस्ताक्षर हुने हिमालयन बैंकका एक उच्च अधिकारीले जानकारी गराएका छन् । दुई बैंकविचको मर्जरमा सेयर अनुपात १ बराबर १ नै हुने गरी कुरा मिलीसकेको ति अधिकारीले जानकारी गराएका छन् ।हिमालयन बैंकका ति अधिकारीले भने – ‘डिडिए रिपोर्ट आइसकेका छन्, बोर्ड र व्यवस्थापनको संरचनाबारे पनि करिब सहमति भएको छ, अबको केही दिनभित्रमा नै समझदा

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 108 पटक पढिएको
  • नयाँ गुद्री बजारमा विद्युतीय कारोवार शुरु

    बिर्तामोड/ विराटनगर–११ स्थित नयाँ गुद्री बजारमा आजदेखि एनएमबी बैंकबाट विद्युतीय कारोवार (क्युआर कोड) शुरु गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरियो तरकारी खरीद गरी नगदरहित कारोवारको शुरुआत गर्दै यस कार्यबाट रकमको सुरक्षासहित झण्डझट नहुनका साथै पारदर्शी हुने बताए ।उनले विद्युतीय कारोवारले आधुनिक बजार विस्तारमा सहयोग पुग्नुका साथै यसबाट मुलुकमा सुशासन कायम गरी रकमको सुरक्षासमेत हुने बताए । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले मुलुकलाई समृद्ध कायम गर्न नेपाल सरकारको नीतिअनुसार महिला उद्यमीलाई बैंकका १८० शाखामार्फत बिना धितो चार प्रतिशत व्याजदरमा ऋण प्रदान गरिर

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 98 पटक पढिएको
  • एनएमबि बैंक कर छलीमा संलग्न

    बिर्तामोड / निजि क्षेत्रको एनएमबी बैंक राजश्व छलीमा संलग्न रहेको खुलासा भएको छ । काठमाण्डौको बबरमहलमा रहेको केन्द्रिय कार्यालय सहित देशभर प्रमुख शहरमा शाखा कार्यालय रहेको वैंकबाट नै राजश्व छली भएको भेटिएपछि राजश्व अनुशन्धान कार्यालयले छानविन गरी कारवाही थालेको छ ।विभाग मातहतको ठुलाकर दाता कार्यालयले वैंककै प्रमुख अधिकारीबाट कर छली भएको भेटेपछि कर छलीका विषयमा वैंकका प्रमुख कार्यकारी अधिकृत  विरुद्द सर्वोच्च अदालतमा मुद्दा नै दायर भएको पाईएको छ ।बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले वैंकमा कार्यरत अधिकारी र कर्मचारीका लागि खरिद गरेको सवारीसाधनमा  ‘ह्रास खर्च’ भन्दै राजश्व छली गर

    • प्रकाशित मितिः फागुन २८, २०७७
    • 103 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा