चितवन । रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि भएको मतदानमा ८९० प्रतिनिधिले मताधिकार प्रयोग गरेनन् । 

भरतपुरमा उपस्थित ३ हजार ८४९ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्रै मतदान गरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। ९९ केन्द्रीय सदस्य चयनका लागि बुधबार मध्यरातपछि मतदान भएको थियो।

विदेशमा रहेका १७० प्रतिनिधिका लागि भने अनलाइन मतदानको व्यवस्था गरिएको छ । सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य पदाधिकारीका लागि  दोस्रो चरणको मतदान हुँदैछ।

महाधिवेशनमा उपस्थित प्रतिनिधिहरुले निर्वाचन प्रक्रियामाथि प्रश्नै प्रश्न उठाएका छन् ।