आर्थिक

    Showing 31-40 of 3,293 items.
  • आज महाराजगञ्ज वितरण केन्द्रका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने

    काठमाडौं— नेपाल विद्युत प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका विभिन्न क्षेत्रमा बुधबार अस्थायी रूपमा विद्युत आपूर्ति बन्द हुने भएको छ।प्राधिकरणका अनुसार फिडरहरूको लोड व्यवस्थापनका लागि नयाँ पासिकोट फिडर निर्माण, ब्रेकर तथा अन्डरग्राउण्ड (युजी) केबल चार्ज गर्ने कार्य, साथै चावहिल सव–स्टेशनबाट सञ्चालित सुकेधारा फिडरको लोड १३२/११ चपली सव–स्टेशनको भंगाल फिडरमा सिफ्ट गर्नुपर्ने भएकाले विद्युत आपूर्ति रोक्न लागिएको हो।यस अनुसार आज बिहान ११ः३८ बजेदेखि दिउँसो १ः०० बजेसम्म गणेशस्थान फिडर अन्तर्गत भोटेचोक, गणेशचोक आसपासका क्षेत्र तथा भंगाल फिडर अन्तर्गत तल्लो भंगाल र धोबीखोला कोरिडोर आसपासका क

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 356 पटक पढिएको
  • एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो, लुटेरा फरार

    रामेछाप— सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ।प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।लुटपाटपछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग गरिएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड नम्बर प्लेट भएको टाटा सुमो

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 386 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ र बिक्रीदर १९४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ३८ पैसा र बिक्रीदर १८१ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा कायम गरिएको छ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः पुस ३०, २०८२
    • 331 पटक पढिएको
  • क्यान महासंघद्वारा ई–कमर्स निर्देशिका २०८२ का लागि नीतिगत सुझाव पेश

    काठमाडौं— २०८२ नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन क्यान महासंघले प्रस्तावित ‘ई–कमर्स निर्देशिका २०८२’ का सम्बन्धमा आफ्ना आधिकारिक नीतिगत सुझावहरू नेपाल उद्योग वाणिज्य महासंघको सूचना प्रविधि विकास समिति मार्फत पेश गरेको छ ।क्यान महासंघका वरिष्ठ उपाध्यक्ष एवं साइबर सुरक्षा विज्ञ चिरञ्जीवी अधिकारीले उक्त सुझावहरू पेश गर्दै नेपालको डिजिटल बजारलाई सुरक्षित, सरल र सार्वभौम बनाउनुपर्नेमा जोड दिएका छन् ।वरिष्ठ उपाध्यक्ष अधिकारीले नेपाली ई–कमर्स क्षेत्रको विकासका लागि तीनवटा मुख्य स्तम्भहरू आवश्यक रहेको बताए ।उनले सुरक्षा सरकारले केवल डाटा सुरक्षाको कुरा मात्र नगरी ’राष्ट्रिय न्यूनतम सुरक्षा मा

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 343 पटक पढिएको
  • सुन चाँदीको मूल्य आज कति पुग्यो ?

    काठमाडौं— नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।यस्तै, चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले बढेको छ । यससँगै एक तोला चाँदीको मूल्य ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ । सोमबार एक तोला चाँदीको मूल्य ५ हजार १ सय ९५ रुपैयाँ कायम थियो ।

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 346 पटक पढिएको
  • केराउ, सुपारी र मरिच आयात गर्न अनुमति

    काठमाडौं— सरकारले औद्योगिक कच्चा पदार्थको रूपमा मात्र केराउ, सुपारी तथा सेतो/कालो मरिच आयात गर्न अनुमति दिएको छ । सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि औद्योगिक प्रयोजनमा प्रयोग हुने गरी यी वस्तुहरूको पैठारी खुला गर्ने निर्णय गरेको हो । अन्य कुनै पनि प्रयोजनका लागि भने केराउ, सुपारी तथा सेतो÷कालो मरिचको आयात पूर्ण रूपमा बन्द रहनेछ । यो व्यवस्था सम्बन्धी सूचना सरकारले हालै मात्र राजपत्रमा प्रकाशित गरेको छ ।सूचनाअनुसार औद्योगिक प्रयोजनका लागि आयात अनुमति दिनुअघि उद्योग विभागले सम्बन्धित उद्योगको विस्तृत जाँचबुझ गर्नुपर्नेछ । आयात गर्नुपर्ने कच्चा पदार्थको उपलब्धता, वास्तविक आवश्यकता, औचित्य र आवश्

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 366 पटक पढिएको
  • आजदेखि सोलु हाईड्रोपावरको आईपीओ सर्वसाधारणका लागि निष्काशन

    काठमाडौं— सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) जारी गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत आम सर्वसाधारण लगानीकर्ताका लागि कुल ८२ लाख कित्ता साधारण शेयर जारी गरेको हो ।कुल शेयर मध्ये ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो शेयर’ प्रणालीबाट प

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 366 पटक पढिएको
  • यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

    काठमाडौं— नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ९० पैसा र बिक्रीदर १९४ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ६४ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७५ पैसा र

    • प्रकाशित मितिः पुस २९, २०८२
    • 336 पटक पढिएको
  • विश्वप्रसिद्ध प्रशिक्षक राठोरले नेपाली उद्यमीलाई प्रशिक्षण दिने

    काठमाडौं— अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बिजनेश प्रशिक्षक एवं मोटिभेस्नल स्पीकर भूपेन्द्रसिंह राठोरले नेपालका युवाहरुहरुलाई व्यवसाय, नेतृत्व र बिक्री क्षमतामा रुपान्तरण ल्याउने सन्दर्भमा प्रशिक्षण दिने भएका छन् ।ज्ञानपुञ्ज स्कुल अफ लिडरशीपको आयोजनामा हुन लागेको ‘सेल्स बुस्टर २.०’ कार्यक्रममा राठोरले १ हजार ५ सयभन्दा बढी नेपाली युवा उद्यमी, व्यवसायी र विद्यार्थीहरुलाई प्रशिक्षित गर्न लागेका हुन् ।माघ १६ गते भक्तपुरको जर्मन होम्समा आयोजना हुने ‘सेल्स बुस्टर २.०’ का प्रशिक्षक राठोर ‘थिंक रिच ईण्डिया’ का संस्थापक हुन् । उनले हालसम्म नेतृत्व क्षमता, व्यवसायिक रुपान्तरण र जीवनशैली रुपान्तरण सम्बन्धमा

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 334 पटक पढिएको
  • नेप्से सामान्य अंकले घटेर २६३५ विन्दुमा बन्द, कारोबार रकम भने बढ्यो

    काठमाडौं— साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार बढेर बन्द भएको नेप्से, यस दिन भने ५.५४ अंकले घट्दै २६३५.०० विन्दुमा झरेको हो ।यस दिन सेन्सेटिभ इण्डेक्स १.६१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंकले घटेका छन् । नेप्से घटेपनि सोमबार कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ ।गत बिहीबार ४ अर्ब ९० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा यस दिन ३३३ स्टकको ७८ हजार ८०८ पटकको कारोबारमा ६ अर्ब ४७ करोड २६ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड २३ लाख ९ हजार कित्ता शेयर ख

    • प्रकाशित मितिः पुस २८, २०८२
    • 337 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा