काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाह आज ७९ वर्षमा प्रवेश गरेका छन्। उनको जन्म २००४ साल असार २३ गते नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो सन्तानको रूपमा भएको थियो।पूर्वराजाको जन्मदिनको अवसरमा निर्मल निवासमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। राजावादी समर्थकहरू बिहानैदेखि शुभकामना दिन निर्मल निवास पुग्न थालेका छन्। राजावादी पार्टी राप्रापाले समेत जन्मदिनलाई आन्दोलनको स्वरूपमा मनाउने घोषणा गरेको छ।ज्ञानेन्द्र शाह आफ्नो जीवनकालमा दुईपटक नेपालका राजा बने। पहिलो पटक वि.सं. २००७ सालमा साढे तीन वर्षको उमेरमा, जब उनका हजुरबुवा त्रिभुवन भारत निर्वासित हुँदा प्रधानमन्त्री मोहन शमशेरले उनला
काठमाडौं – नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको हो ।आइतबार आएको बाढीले बगाएपछि सडक पुनः सडक अवरुद्ध हुन पुगेको हो । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिदा सडकमा यातायात अवरुद्ध भएको थियो ।अस्थायी रूपमा सञ्चालनमा ल्याइ आइतबार बिहानदेखि यातायात सञ्चालन भएको हो । शनिबार राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको थियो ।
काठमाडौं – अमेरिकाको टेक्सास हिल कन्ट्रीमा आएको विनाशकारी बाढीले कम्तीमा ८२ जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार ८२ जनाको ज्यान गएको छ भने ४१ जना अझै बेपत्ता छन्। टेक्सासको विनाशकारी बाढीले विभिन्न काउन्टीहरूमा ठूलो जनधनको क्षति पु¥याएको छ। केर काउन्टीमा सबैभन्दा बढी ६८ जनाको मृत्यु भएको छ। ट्राभिस काउन्टीमा ६ जना, बर्नेट काउन्टीमा ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीमा २ जना र टम ग्रीन काउन्टीमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ।स्थानीय समयानुसार शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएको थियो। केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट करिब एक दर्ज
पनौती(काभ्रे) – काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित रोशी–कोलाँती क्षेत्र, जहाँ कुनै समय कलकल बगिरहने खोला र हरियालीले रमाइलो बनाएको थियो । आज त्यो ठाउँमा केवल चिहानजस्तै छ । सन्नाटा छाएको छ र स्थानीयबासी डरले कापिरहेका छन् ।गत असोज १० देखि १३ गतेसम्मको त्यो कहालीलाग्दो ‘रेकर्ड ब्रेकिङ’ वर्षाले यहाँको जीवन, सपना र सम्भावनाहरूलाई बगाएर लगेको बर्षदिन वितिसक्यो । खण्डहर बनेको बस्ती र भत्किएका घरहरुको अवस्था जस्ताकोत्यस्तै छ । समय वितेपनि घाउ निको भएन्, पीडालाई बिर्सन दिएन ।राती पानी पर्याे कि घरभित्र सुतिरहेका आमाबुबा झसक्क उठ्छन् । बादल लाग्छ, बालबालिकाले आँसु मिसिएको अनुहार बनाउँछन् ।
काठमाडौं, २३ असार ।गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ । टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ। अनुहारमा नीरसताका कारण आत्मविश्वास पनि कम हुन थाल्छ। यस्तो अवस्थामा गर्मीमा छालाको हेरचाह गर्ने सही दिनचर्या पालना गर्नुहोस्।कतिपयले टेनिङको समस्याबाट बच्न ब्यूटी क्रिमको प्रयोग गर्छन तर यसमा पाइने केमिकलले छालालाई हानी पुर्याउँछ। छालाको टेनिङ हटाउन प्राकृतिक चीजहरू प्रयोग गर्न सक्नुहुन्छ। यसले छालामा कुनै नराम्रो असर पर्दैन । हामी तपाइलाई केही सरल टिप्सहरूका बारेमा जानकारी दिनेछौं । कागतीक
काठमाडौं – नेपालमा वायु प्रदुषण स्वास्थ्यका लागि सबैभन्दा ठुलो जोखिमको कारक बनेको छ । विश्व बैंकले हालै सावर्जनिक गरेको एक प्रतिबेदनले नेपालमा मृत्यु र अपाङ्गताको लागि वायु प्रदूषण सबैभन्दा ठूलो जोखिमको कारण भएको देखाएको हो ।‘काठमाडौं उपत्यका र तराई नेपालको वायु प्रदूषणका लागि हटस्पट हुन, जसमा विगत एक दशकमा कुनै उल्लेखनीय सुधार भएको छैन् । वायु प्रदूषणले औसत नेपालीको आयु ३.४ वर्षले घटाउँछ र वार्षिक रूपमा लगभग २६,००० जनाको अकालमा मृत्यु निम्त्याउँछ,’ प्रतिबेदनमा भनिएको छ । ‘स्वास्थ्यको अतिरिक्त, वायु प्रदूषणले श्रम उत्पादकत्व, पर्यटन र उड्डयन क्षेत्रमा समेत असर गर्छ । खराब वायु गुणस्तरको आर्थिक
मुगु – खत्याड गाँउपालिकाको वडा नं ६ मा पर्ने लाम्र पन्सेरीमा रहेको भगवती माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरु भौतिक पूर्वधारको अभावमा चिसो भुइँमै बसेर पढ्न बाध्य छन् ।विद्यालयमा भवन अभाव हुँदा यहाँका विद्यार्थीहरु खुला आकास, टिनको टहरा र बहु कक्षाको ब्यावस्था गरी भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएको पाइएको हो । भौतिक पूर्वधार निर्माणका लागि विद्यालयसँग पर्याप्त जग्गा भएपनि स्रोतको अभावमा पूर्वाधार निर्माण हुन नसकेको हो ।पूर्वाधार अभावमा ईसीडी कक्षा देखि १० कक्षासम्म अध्यनरत ३ सय ५० भन्दा बढी विद्यार्थीहरुलाई पठनपाठनका लागि निकै समस्या भएको विद्यालयले बताएको छ । विद्यालयमा आठवटा मात्र
झापा — झापाको शिवसताक्षी नगरपालिका–९ मा दुई किशोरको शंकास्पद मृत्यु भएको छ। मृतकमध्ये १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको साथीहरूले कुटपिट गरेका कारण ज्यान गएको भन्दै उजुरी परेपछि घटना सार्वजनिक भएको हो।एक साता अघि, असार ११ गते साथीसँगको झगडाका क्रममा थापा र तामाङ घाइते भएका थिए। तर, उनीहरूले घटना घरपरिवारलाई बताएका थिएनन्। घाइते दुबैजनाको उपचारको क्रममा रोमन थापाको शनिबार र आदित्य तामाङको बुधबार मृत्यु भएको झापा प्रहरी कार्यालयले जनाएको छ।जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार कुटपिटमा संलग्न रहेको आशंकामा १६ वर्षभन्दा कम उमेरका ६ किशोरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ। ज
काठमाडौं, १७ असार । मृगौला हाम्रो शरीरको एक महत्वपूर्ण अंग हो, जसले रगत शुद्ध गर्ने, शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने र रक्तचाप नियन्त्रण गर्ने काम गर्छ । मिर्गौलाको काम सुस्त हुँदा वा राम्रोसँग काम नगर्दा शरीरले केही संकेत दिन्छ। दुर्भाग्यवश, मानिसहरूले यी संकेतहरूलाई सामान्य मानेर बेवास्ता गर्छन् ।समग्रमा मृगौला रोग बिस्तारै विकसित हुन्छ र कहिलेकाहीँ लक्षणहरू यति हल्का हुन्छन् कि मानिसहरूले तिनीहरूलाई बेवास्ता गर्छन्। यदि तपाई यी ६ वटा लक्षणहरू मध्ये कुनै पनि लगातार महसुस गर्दै हुनुहुन्छ भने, यसलाई हल्का रूपमा नलिनु होस्। यो बेवास्ताले पछि मृगौला फेलजस्ता गम्भीर अवस्था निम्त्याउन सक्छ।थ
काठमाडौं — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि अतिकम विकसित, भूपरिवेष्ठित तथा साना टापु राष्ट्रहरूबीच मजबुत सहकार्य आवश्यक रहेको बताएकी छन्।सोमबार इटालीको रोममा आयोजित संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को ४४औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले अब सहकार्यका कार्यक्रमलाई ढिला गर्न नहुने चेतावनी दिइन्।“यी राष्ट्रहरू जलवायु परिवर्तनको उच्च जोखिममा छन्, जसले कृषि उत्पादन र जनजीवनमा प्रत्यक्ष असर पुर्याइरहेको छ,” उनले भनिन्, “नेपालले हालै सगरमाथा संवादमार्फत जलवायु एजेण्डामा सहकार्यको सन्देश दिएको छ। अब सबै राष्ट्रबीच साझा उद्देश्यसहित
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.