खेलकुद

    Showing 291-300 of 1,639 items.
  • टी–२० अन्तर्राष्ट्रियमा शेरको डेब्यु

    काठमाडौं – नेपालका बलर शेर मल्लले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । आइतबार भारतको मुम्बईमा इंग्ल्यान्डविरुद्धको विश्वकप खेलमा शेरले नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन् ।उनी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सर्वाधिक विकेट लिने तेस्रो खेलाडी हुन् । उनले १० खेलमा १७ विकेट लिएका थिए ।

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 303 पटक पढिएको
  • टि-२० विश्वकप : नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै इङ्ग्ल्यान्ड

    काठमाडौँ –  टि-२० विश्वकप अन्तर्गत समूह 'सी' काे खेलमा नेपालसँगको खेलमा इङ्ग्ल्यान्डले टस जितेको छ।मुम्बईस्थित वानखेडे रंगशालामा केही बेरमा सुरु हुने खेलमा इङ्ग्ल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 423 पटक पढिएको
  • विश्वकपमा आज नेपाल इंग्ल्यान्डसँग भिड्दै

    काठमाडौं –  आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको पहिलो खेलमा आज नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी–२० विश्वकप क्रिकेट २०२६ को पहिलो खेलमा आइतबार नेपालले विश्व विजेता इंग्ल्यान्डको सामना गर्न लागेको हो । यो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३ः१५ बजे सुरु हुँदैछ । विश्वकपमा नेपालका सबै खेल मुम्बईको वानखडे रंगशालामा हुँदैछन् ।नेपालले सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा पहिलोपटक स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक विश्वकप खेल्न १० वर्ष लगायो । सन् २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशविरुद्

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 350 पटक पढिएको
  • आइसीसी टि–२० विश्वकप : साविक विजेता भारतको विजयी सुरुआत

    काठमाडौं –  आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात गरेको छ । शनिबार राति सम्पन्न खेलमा भारतले अमेरिकालाई २९ रनले हराउँदै विजयी सुरुवात गरेको हो ।एक सय ६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै मात्र एक सय ३२ रन बनायो। उसका लागि सुभम् रजानेले ३७, सञ्जय कृष्णमुर्तिले ३७ रन बनाए । यस्तै मिलिण्द कुमारले ३४ रन बनाए पनि जितका लागि पर्याप्त भएन ।भारतका लागि मोहमद सिराजले तीन विकेट हात पारे । अर्शदीप सिंह र अक्षर पटेलको नाममा दुई दुई विकेट रह्यो ।त्यसअघि वानखेडे क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 294 पटक पढिएको
  • नेपाल क्रिकेट विश्वकप २०२६ का लागि ‘नेपाली शाहस’ सार्वजनिक

    काठमाडौं –  नेपालले क्रिकेट विश्वकप २०२६ मा सहभागिता जनाउने सन्दर्भमा उत्साह बढाउने उद्देश्यसहित आधिकारिक क्रिकेट गीत ‘नेपाली शाहस’ सार्वजनिक गरिएको छ । देशभक्ति, साहस र नेपाली क्रिकेटको संघर्षपूर्ण यात्रालाई संगीतमार्फत प्रस्तुत गरिएको यस गीतले नेपाली क्रिकेटप्रेमीहरूमा नयाँ जोस थप्ने अपेक्षा गरिएको छ ।गीतमा गायक अजय तामाङ र टेकेन्द्र नेपालीको स्वर रहेको छ । गीतका शब्द होम न्यौपानेले लेखेका हुन् भने संगीत स्वयं अजय तामाङले भरेका छन् । गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी मनोज परियारले सम्हालेका छन् ।भिडियोमा अजय तामाङ र टेकेन्द्र नेपालीसहित बाबुराम च

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 324 पटक पढिएको
  • टी–२० विश्वकप क्रिकेटः आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

    काठमाडौँ। आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज  नेपाली राष्ट्रिय क्रिकेट टिमले इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।भारतको मुम्बईस्थित वानखेडे रङ्गशालामा हुने उक्त खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । विश्वकपमा नेपालको यो तेस्रो सहभगिता हो ।  यसअघिका दुई विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।नेपाल र इङ्ल्यान्ड पहिलोपटक  भिड्दैछ्न ।  टी–२० वरियतामा नेपाल  १६औँ स्थानमा रहँदा इङ्ग्ल्यान्ड तेस्रो स्थानमा छ । त्यस्तै इङ्ग्ल्यान्डले पछिल्लोपटक अमेरिकामा भएको विश्वकपको सेमिफाइनल खेलेको थियो भने यता नेपाल समूह चरणबाट बाहिरिएको थियो । प्रतियोगितामा समूह ‘सी’मा र

    • प्रकाशित मितिः माघ २५, २०८२
    • 288 पटक पढिएको
  • आईसीसी टी–२० विश्वकप आजदेखि, उद्घाटनमै भारत–अमेरिका भिडन्त

    काठमाडौं— आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ । क्रिकेटको महाकुम्भ मानिने यो प्रतियोगितामा आज उद्घाटन दिनमै तीन खेल हुँदैछन् भने आयोजक भारत र अमेरिका बीचको खेलले विशेष चासो तानेको छ ।विश्वकपको पहिलो खेल समूह ‘ए’ अन्तर्गत पाकिस्तान र नेदरल्यान्ड्सबीच हुनेछ । यो खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।त्यसैगरी, नेपाल समावेश रहेको समूह ‘सी’ अन्तर्गत आज स्कटल्यान्ड र वेस्ट इन्डिज आमनेसामने हुँदैछन् । उक्त खेल भारतको कोलकातामा नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।आजकै सबैभन्दा चर्चित खेल भने आयोजक भारत र

    • प्रकाशित मितिः माघ २४, २०८२
    • 289 पटक पढिएको
  • बुढासुब्बा गोल्डकप आजदेखि सुरु, धरान र जर्जियन क्लबबीच प्रतिस्पर्धा

    धरान। सुनसरीको धरानमा आजदेखि २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । धरान उपमहानगरपालिका-१६ स्थित धरान रङ्गशालामा आज दिउँसो २ः०० बजेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा धरान फुटबल क्लब र जर्जियन फुटबल क्लब (भारत) बीच प्रतिस्पर्धा हुनेछ । आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार क्लबले २०५५ सालदेखि आयोजना गर्दै आएको उक्त प्रतियोगिता आजदेखि सुरु भई आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ । गत वर्ष आठ टोलीको सहभागिता रहेको प्रतियोगितामा यस वर्ष १० टोली सहभागी हुने उहाँले जानकारी दिए । प्रतियोगिताका विजेताले रु १० लाख र उपविजेताले रु

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 432 पटक पढिएको
  • आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै

    काठमाडौं— आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाल आज क्यानडासँग अन्तिम अभ्यास खेल खेल्दैछ ।यूएईलाई सात विकेटले पराजित गर्दै उत्साह बढाएको नेपाली टोली क्यानडाविरुद्ध जित निकाल्दै विश्वकपमा आत्मविश्वाससहित प्रवेश गर्ने लक्ष्यमा छ ।चेन्नईस्थित एमए चिदम्बरम मैदानमा हुने नेपाल–क्यानडा अभ्यास खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ । यसअघि मङ्गलबार भएको पहिलो अभ्यास खेलमा यूएईलाई सहजै हराउँदै नेपालले आफ्नो सकरात्मक संकेत दिएको थियो ।विश्वकपअघि भारत र श्रीलङ्कामा खेलेका अभ्यास खेलबाट अनुभव बटुलेको नेपालले अब क्यानडाविरुद्धको खेललाई अन्तिम परीक्षणका रूपमा लिएको छ ।नेपालले फेब्रुअर

    • प्रकाशित मितिः माघ २२, २०८२
    • 522 पटक पढिएको
  • धरानमा बक्सिङ फाइट नाइट प्रतियोगिता हुँदै

    धरान। खेल प्रवर्द्धन तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले धरानमा यही माघ २३ गते बक्सिङ ‘फाइट नाइट २०२६’ प्रतियोगिता आयोजना हुने भएको छ ।धरान बक्सिङ संस्थाको आयोजनामा धरान–१५ स्थित किरात याक्थुङ चुम्लुङको चुम्लुङहिम हलमा बक्सिङ ‘फाइट नाइटको दोस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो । साँझ ४ बजेदेखि सुरु हुने प्रतियोगितामा साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम पनि समावेश गरिएको आयोजकले जनाएको छ ।धरानमा बक्सिङ खेलको विकास, विस्तार र प्रवर्द्धन गर्दै युवालाई खेलमार्फत अनुशासित, सक्रिय र सामाजिक रूपमा जिम्मेवार बनाउने उद्देश्यसहित २०८१ सालमा धरान बक्सिङ संस्था स्थापना गरिएको संस्थाका सचिव महेश आल

    • प्रकाशित मितिः माघ २१, २०८२
    • 308 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.