कलाकार तथा व्यवसायी संजोग कोइरालाले नक्सालमा संचालनमा आएको ‘ऋ क्रिएट’को उद्घाटन गरेका छन् । पोखरामा ४ वर्षदेखि संचालनमा रहेको यो स्टोरको आज सोमबार नक्सालमा दोस्रो शाखाको उद्घाटन गरिएको हो । यो स्टोरमा मौलिक र देवी देवताका आकृतिलाई मोर्डन रुपमा आर्ट गरिएको छ । यो स्टोरमा नेपाली कल्चर र देवी देवताका ५९ वटा आर्ट छन् । अनलाइनमा काठमाडौं र अष्ट्रेलीयाबाट राम्रो माग आएपछि आउटलेट खोलेको आर्टिस्ट तथा संचालक रितेश पौडेलले जानकारी दिएका छन् । स्टोर उद्घाटन गर्न पुगेका सन्जोग कोइरालाले रितेश जस्ता युवाहरूले नेपालमै युवा उद्यमीहरु बनेर रोजगारी श्रृजना गरेको भन्दै यस्ता युवाहरूलाई सबैले प्रोत्साह
यहि कात्तिकको २१ गते शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘मन बिनाको धन’लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल सर्टिफिकेट’ दिएको छ । अब, यो फिल्मलाई हरेक उमेरका दर्शकले हेर्न पाउनेछन् । सेन्सरका हरेक कर्मचारीले बाल–गायक अशोक दर्जीको जीवनमा आधारित रहेर यो फिल्म तयार पारिएको भन्दै तारिफ गरेका थिए । फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । टंक वुढाथोकीको कथा र निर्देशनमा तयार भएको फिल्ममा शिवम् अधिकारीको लेखन छ । फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, वुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआ
बालमनोविज्ञानमा आधारित नेपाली कथानक चलचित्र ‘रोल नं. १’ को लागि निर्माणपक्षले बाल कलाकारको अडिसन आह्वान गरेको छ ।सेभेन सिज सिनेमाको प्रस्तुति रहने यो चलचित्रका लागि निर्माण समूहले सामाजिक सञ्जालमार्फत विज्ञापन जारी गर्दै ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाहरूको खोजी गरिरहेको जनाएको छ ।गत वर्ष नै यो चलचित्रको घोषणा गरिएको थियो । साथै, फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरिएको थियो, जसमा कक्षाकोठाको लास्ट बेन्चमा बसेको एक बालकले हात उठाएर आफ्नो उपस्थितिको संकेत गरेको दृश्य देख्न सकिन्छ । पोस्टरले नै चलचित्र बालमनोविज्ञानसँग सम्बन्धित रहेको स्पष्ट संकेत गरेको थियो ।निर्माणपक्षका अनुसार ७
धरान। सुनसरीको रामधुनी नगरपालिका–२ मा थारू समुदायको इतिहास, परम्परा र संस्कृतिलाई संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले थारू सङ्ग्रहालय स्थापना गरिएको छ ।तीन कट्ठा १० धुर क्षेत्रफलमा फैलिएको उक्त सङ्ग्रहालय सङ्घीय सरकारको २०७६/७७ सालको ‘तराई–मधेस समृद्धि कार्यक्रम’ अन्तर्गत प्राप्त ३५ लाख बजेटमा निर्माण गरिएको रामधुनी नगरपालिका–२ का वडा सदस्य रामनारायण चौधरीले बताए ।सङ्ग्रहालयभित्र थारू समुदायको जीवनशैली, संस्कार र सांस्कृतिक परम्परालाई झल्काउने १५० भन्दा बढी मूर्ति र संरचना स्थापना गरिएका छन् । वडा सदस्य चौधरीका अनुसार, सङ्ग्रहालय विशेषगरी थारू समुदायको सांस्कृतिक पहिचान संरक्षण र नयाँ पुस्ता
फिल्म ‘बाटुलो जुन’को कथा सामिप्यराज तिमिल्सिनाले लेखिरहेका छन् । यो फिल्मको केही दृश्यको छायांकन दशैं अगाडि नै भइसकेको छ । फिल्मका मुख्य कलाकार नायक अनमोल केसी ‘जेरीः अन टप’को प्रचारमा व्यस्त रहेकाले अर्को सेड्यूलको छायांकन सुरु हुन पाएको छैन । तर, यसका लेखक सामिप्यराज तिमिल्सिनाले भने फिल्मको स्क्रिप्टको ड्राफ्ट २० पटकसम्म लेखेको बताएका छन् । फिल्मको स्क्रिप्ट सलिन पोखरेल र सामिप्यराज तिमिल्सिनाले मिलेर लेखेका हुन् । कथावस्तु नै त्यस्तै भएकाले यसपटक थुप्रै ड्राफ्ट तयार भएको सामिप्यको भनाई छ । अब, भने फिल्मको कथा फाइनल भएको सामिप्यले जानकारी दिए । यो फिल्ममा निर्माताको रुपमा भवि
अमेरिकामा आयोजना गरिएको ‘अब गाउँछ अमेरिका’ कार्यक्रममा उत्पन्न विवादका बीच फ्लाई नेपा ट्राभल्सले गायिका एलिना चौहानले करारका सर्त उल्लङ्घन गरेको आरोप लगाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै चौहानले गलत जानकारी र अफवाह नफैलाउन आग्रह गरेको छ।विज्ञप्तिमा भनिएको छ, ‘यदि अन्यायमा परेको महसुस भएको छ भने उहाँले कानुनी बाटो अपनाउन सक्नुहुन्छ। तर, सार्वजनिक रूपमा अनावश्यक अफवाह फैलाउनु अनुचित छ।’फ्लाई नेपाका अनुसार चौहानसँग कार्यक्रमअन्तर्गत करार भएको थियो र धेरै कार्यक्रम सफलतापूर्वक सम्पन्न पनि भइसकेका थिए। तर बाँकी केही स्थानमा कार्यक्रम गर्नुअघि नै चौहानले करारविपरीत अन्य संस्थाबाट रकम लिएर प्रस्तु
आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार फिल्ममा समावेश गीत सान्भी इन्टरटेनमेन्ट युटुबबाट रिलिज गरेको हो। गीतमा फिल्मका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्य हेर्न सकिन्छ, भने दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला–बेहुलीको रूपमा प्रस्तुत गरिएको छ। उनीहरुको नृत्यलाई दर्शकले मन पराउनेमा निर्माण पक्ष ढुक्क देखिएका छन्। गीतमा भिम बी.सी.को संगीत,टेक बी.सी. र प्रीती घिमिरेको स्वर रहेको छ भने गीतको भिडियोमा कोरियाग्राफी रामजी लामिछानेको छ।सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनित
केही फिल्ममा सह–नायिकाको रुपमा काम गरेपछि नायिका परीक्षा लिम्बुलाई ‘सोल्टिनी’ मुख्य नायिकाको रुपमा उदाउने ठूलो अस्त्र थियो । यो फिल्म उनी र नायक प्रकाश सपुतकै वरिपरी घुमेको छ । यसैले, पनि परीक्षा यो फिल्मलाई लिएर आशावादी थिइन् । तर, भाइटिकाको दिनबाट रिलिज भएपनि यो फिल्मले अपेक्षित शोज पाएन । शोज मात्र होइन, फिल्मको समीक्षा पनि सुखद आएन । फिल्ममा परीक्षाले भने राम्रो काम गरेको अपेक्षा गरिएको थियो । तर, परीक्षाको कामको पनि खासै चर्चा भएन । यसरी हेर्दा, फिल्म त असफल भयो नै परीक्षा पनि मुख्य नायिकामा चल्न सकिनन् । यसले, उनलाई सोलो नायिकाको रुपमा लिएर काम गर्दा जोखिम हुने देखिएको छ । 
भारतको डुवर्सबाट बनेको नेपाली चलचित्र ‘धागो’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू, र सामाजिक दुरावस्थाको सङ्घर्षको मार्मिक चित्रण गरिएको छ।ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्याहरू र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ। यस्तै, सङ्घर्षको दौरानमा देखिएको सामाजिक चुनौती र विषम परिस्थितिको चित्रण गरिएको छ भने सन्तानको सपना र इच्छा पूरा गर्नका लागि गरिने हरेक माता-पिताको अथक प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। बिछोडको पीडाला
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा मैथिली विकास कोष, जनकपुरधामको संयुक्त आयोजनामा पाँच दिने सामा–चकेवा मूर्तिकला प्रशिक्षणात्मक कार्यशाला सुरु भएको छ ।जनकपुरधामको मैथिली भवनमा बिहीबारदेखि उक्त कार्यशाला सुरु भएको हो । कार्यशालाको उद्घाटन गर्दै बेलायती अनुसन्धानकर्ता माइकल हटले मिथिला क्षेत्रको सांस्कृतिक गहिराई र सामा–चकेवालगायतका पर्वले सामाजिक सद्भावलाई सुदृढ बनाउँदै आएको बताउनुभयो । उहाँले सामा–चकेवा पर्वको ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सकिने सम्भावनाबारे उजागर गर्नुभयो । कोषका अध्यक्ष जीवनाथ चौधरीले कार्यशालाले परम्परागत ज्ञान संरक्षणमा महत्वपूर्ण यो
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.