मनोरञ्जन

    Showing 161-170 of 2,859 items.
  • फिफा विश्वकप अष्ट्रेलियासँग टर्किए २–० ले पराजित

    काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अष्ट्रेलिया विजयी भएको छ ।आइतबार भ्यानकुभरमा सम्पन्न समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० ले पराजित गरेको हो । आइतबारको खेलमा अष्ट्रेलियाले सशक्त र प्रभावकारी प्रदर्शन गर्यो । अष्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाले पहिलो हाफमै पहिलो गोल गरेका थिए । यसैगरी, खेलको दोस्रो हाफमा कोनोर मेटक्याफले गोल गरे । जितसँगै समूह डीमा अष्ट्रेलिया ३ अंकसहित दोस्रो स्थानमा छ । पाराग्वेमाथि शानदार जित हासिल गरेको आयोजक अमेरिका शीर्ष स्थानमा छ ।यसअघिको खेलमा ब्राजिल र मोरक्कोले १–१ को बराबरी खेलेका छन् । 

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 383 पटक पढिएको
  • पारस चलचित्र रमेश, निखिल, सुशील र जसितालाई लिएर सुटिङमा

    काठमाण्डौ  ।  रमेश, निखिल, सुशील र जसितालाई लिएर निर्देशक कृषा चौलागाई सुटिङमा गएकी छन।केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागे चलचित्र 'पारस'को यहि असार १५ गतेदेखि छायाँकन हुने भएको छ । चलचित्रको अधिकांश पूर्वतयारीको काम सकिएकाले तोकिएको मितिमा नै छायांकनमा जाने चलचित्रका निर्देशक कृषाले बताएकिछन।चलचित्र 'पारस'मा निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुस्कर गुरुङ अनुबन्धित भइसकेका छन। अन्य कलाकारको छनोट प्रक्रिया भने जारी नै रहेको निर्देशकको भनाई छ।'पारस'को पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका छन । पुरुषोत्तम प्रधानले छायांकन निर्देशकको जिम्मे

    • प्रकाशित मितिः जेठ ३०, २०८३
    • 275 पटक पढिएको
  • फिफा विश्वकप २०२६ कसको समर्थनमा छन् नेपाली राजनीतिक नेताहरू

    काठमाडौं । फिफा विश्वकप २०२६ प्रति विश्वभर उत्साह र चासो बढिरहेका बेला नेपालका राजनीतिक नेतृत्व तथा जनप्रतिनिधिहरूले पनि आफ्नो रुचि र समर्थनबारे धारणा व्यक्त गरेका छन् ।बिहीबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका समर्थक रहेको बताए । उनले भने, ‘जसले जिते पनि हुन्छ, जित्नेलाई समर्थन गर्ने हो । तर मलाई रोनाल्डो मन पर्छ, त्यसैले म रोनाल्डोलाई बढी समर्थन गर्छु ।’ त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद खगेन्द्र सुनारले फुटबलबारे आफूलाई धेरै जानकारी नभएको स्वीकार गर्दै खेलप्रति भ

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 210 पटक पढिएको
  • विश्वकपको उद्घाटन खेलमा आज आयोजक मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

    काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव फिफा विश्वकप २०२६ आजबाट सुरु हुँदैछ । उद्घाटन खेलमा सह–आयोजक मेक्सिकोले दक्षिण अफ्रिका सँग मेक्सिको सिटीस्थित स्टेडियममा प्रतिस्पर्धा गर्नेछ । नेपाली समयअनुसार यो खेल शुक्रबार बिहान करिब १२ः४५ बजे सुरु हुनेछ । यसपटकको विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करणका रूपमा आयोजना हुँदैछ । प्रतियोगितामा ४८ टोली, १०४ खेल र क्यानडा, मेक्सिको तथा संयुक्त राज्य अमेरिकाका १६ शहर आयोजकका रूपमा रहेका छन् । उद्घाटन खेलसँगै एक महिनाभन्दा बढी समयसम्म चल्ने विश्व फुटबल महोत्सवको औपचारिक सुरुआत हुनेछ । घरेलु समर्थकमाझ खेल्ने अवसर पाएको मेक्सिको विजयी सुरुआत गर्ने लक्ष्यम

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 901 पटक पढिएको
  • ‘चमेलीको पोइ’ १६ असोजमा

    फिल्म ‘चमेलीको पोइ’ असोज १६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै दशैंको उपलक्ष्यमा प्रदर्शनमा आउन लागेको जानकारी दिएको हो ।पारिवारिक कमेडी जनराको फिल्ममा सुरक्षा पन्त, मुकुन भुसाल, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन (खबपु), उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, प्रेमदेव गिरी, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाही, रितु मल्ल ठकुरी, अनाररत्न बज्राचार्य, विन्दु आचार्यलगायतको अभिनय छ ।धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा सुनीता सापकोटा र रामनारायण उपाध्याय निर्माता रहेको ‘चमेलीको

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 310 पटक पढिएको
  • असार २६ मा ‘भागदौड’ प्रदर्शन हुने

    फिल्म ‘भागदौड’ आगामी असार २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको दुई फरक पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी गराएको हो ।हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय छ ।विश्वराम बिष्टको प्रस्तुतकर्ता रहेको फिल्ममा अंगिरा थापा कार्यकारी निर्माता रहेका छन् भने सह–निर्माताहरू भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी हुन् । सुप्रिम म्यूजिक एण्ड फिल्मस प्रा. लिले निर्माण गरेको य

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 319 पटक पढिएको
  • ‘लालीबजार’ को कमाई ९ करोड

    काठमाडौं— गत जेठ २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलबजारमा ब्लकबष्टर कमाई गरेको छ । घरेलु बजारमा ९ करोडको व्यापार गर्दै ‘लालीबजार’ यस वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शन भएका फिल्म मध्ये सबै भन्दा अगाडि देखिएको छ । चलचित्र विकास बोर्डले हाल सिनेमाघरमा प्रदर्शनरत नेपाली फिल्मको व्यावसायिक विवरण सार्वजनिक गरेको छ ।  बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ मा गत जेठ २४ गते आइतबारसम्म रहेको तथ्याङ्कअनुसार ‘लालीबजार’ ले रु ८ करोड ७८ लाख ५ हजार १ सय ९८ कमाई गरेको छ । अभिनेत्री स्वस्तिमा खड्काको केन्द्रीय भूमिका रहेको उक्त फिल्मको अवधिमा कूल २ लाख ९८ हजार २२७ टिकट बिक्री भएका छ

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 496 पटक पढिएको
  • टेरेन्स लुइसको उपस्थितिमा ‘वर्ल्ड अफ डान्स नेपाल’को ग्रान्ड फिनाले सम्पन्न: विजेताहरूले अमेरिका, थाइल्यान्ड र हङकङमा नेपालकोप्रतिनिधित्व गर्ने, नगदसँगै सुनको ट्रफी पाए

    काठमाडौं - विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता 'वर्ल्ड अफ डान्स नेपाल'को ग्रान्ड फिनाले राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ। भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसको विशेष उपस्थिति तथा नेपाली चलचित्र क्षेत्रका थुप्रै दिग्गज कलाकर्मीहरूको जमघटबिच विभिन्न चार डिभिजनका विजेताहरूको घोषणा गर्दै प्रतियोगिता समापन गरिएको हो। देशका विभिन्न पाँच सहरहरू तथा भारतबाट समेत आएका नृत्यकारहरूको अडिसनबाट छानिएका उत्कृष्ट प्रतिभाहरूले फिनालेमा आफ्नो बेजोड प्रस्तुति दिएका थिए।कडा प्रतिस्पर्धाबिच सम्पन्न फिनालेमा जुनियर डिभिजनतर्फ रिधि सरकारले प्रथम स्थान हासिल गरेका छन् भने 'पप इन स्माइली' द्वितीय र

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 381 पटक पढिएको
  • दौडमार्फत पर्यटन प्रवर्द्धन गर्न लाङटाङमा ट्रेल रन सुरु

    रसुवा। नेपालको प्रमुख हिमाली गन्तव्य लाङटाङमा साहसिक खेल र पर्यटनलाई जोड्ने उद्देश्यसहित दोस्रो लाङटाङ ट्रेल रन सुरु भएको छ।क्यान्जिन गुम्बाबाट सुरु भएको ३२ किलोमिटर लामो दौडमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी धावक सहभागी भएका छन्। प्रतियोगिताले लाङटाङ क्षेत्रको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने अपेक्षा गरिएको छ।आयोजकका अनुसार यो केवल खेलकुद प्रतियोगिता मात्र नभई लाङटाङलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा चिनाउने अभियान पनि हो। हिमालको काखमा आयोजना गरिएको ट्रेल रनले स्थानीय पर्यटन व्यवसायलाई समेत टेवा पुग्ने विश्वास लिइएको छ।बागमती प्रदेश सर

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 160 पटक पढिएको
  • ‘रोल नं १’का निर्माता भन्छन्– हिजोसम्म रोल नं १ बामे सर्दैथियो आजबाट हिँड्न सुरु गर्यो

    चलचित्र ‘रोल नं १’मा आज दर्शकको चाप उच्च देखिएको छ । काठमाडौंभित्र र बाहिर नै यो चलचित्रमा आज दर्शकको चाप उच्च रहेको छ ।काठमाडौं उपत्यकामा आज ‘रोल नं १’ले पाएका शोमा ८० प्रतिशतभन्दा धेरै अकुपेन्सी देखिएको छ । केही शो भने हाउसफूल भएका छन् । काठमाडौंबाहिर ४५ प्रतिशतभन्दा माथि अकुपेन्सी देखिएको छ ।दोस्रो हप्ताको सुरुबाट ‘रोल नं १’ हेर्ने दर्शकको संख्या उल्लेख्य रूपमा वृद्धि भएको हो । आज साँझका अधिकांश शोमा दिउँसै उच्च बुकिङ भइसकेको छ ।“हिजोसम्म बामे सरेको हाम्रो सिनेमा रोल नं १ आजबाट हिँड्न सुरु गर्यो,” निर्माता विनोद पौडेलले फेसबुकमा लेखेका छन् । उनले भनेजस्तै आजका धेरै शो हाउसफूल भएका छन् ।चलचि

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • 310 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.