मनोरञ्जन

    Showing 2,441-2,450 of 2,607 items.
  • र्‍यापर लाहुरे लागूऔषध मुद्दामा पोखराबाट पक्राउ

    काठमाडौं  / र्‍यापर आशिष राना (लाहुरे) लाई प्रहरीले पक्राउ गरेको छ । लाहुरे नामले परिचित रानालाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । थापाका अनुसार उनलाई लागूऔषध मुद्दामा हिजो (बुधबार) बेलुका पक्राउ गरिएको हो । ‘एक जना लाहुरे भन्ने आशिष रानालाई हामीले लागूऔषधको मुद्दामा ल्याएका छौं,’ प्रहरी उपरीक्षक थापाले भने, ‘अनुसन्धानको क्रममा छ।’उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगयात गीतहरू चर्चित छन्। उनले ताण्डव सिनेमामा पनि खेलेका छन्।

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 132 पटक पढिएको
  • ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न

    विराटनगर / थालासेमिया पीडित बिरामीको उपचारका लागि मोरङको विराटनगरमा आयोजित ‘च्यारिटी सो’ सम्पन्न भएको छ ।क्रिसमस इभको अवसर पारेर शुक्रबार विराटनगरको कञ्चनजंघा ब्यान्केटमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यारिटी २०२१’ सम्पन्न भएको हो । हालसम्म मोरङ, सुनसरी र प्रदेश २ का विभिन्न जिल्लाका गरि सम्पर्कमा आएका १०५ जना थालासेमिया पीडित बिरामीहरू उपचारमा सहयोग पुर्याउन कार्यक्रमको आयोजना गरिएको थियो । सम्पर्कमा आएका बिरामीहरूमध्ये सुरुवाती चरणमा कम्तीमा २० परिवारको स्वास्थ्य बिमा गर्ने तयारी गरेको आयोजक संस्थाका अध्यक्ष भुवन दाहालले कार्यक्रमको दौरान बताए ।आवर प्रोडक्सन कम्पनीको आयोजनामा स

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 113 पटक पढिएको
  • अरुण लामाको निर्देशनमा चलचित्र ‘डोरी’ निर्माण हुँदै

    झापा / जी सेभेन प्रोडक्सनले चलचित्र  ‘डोरी’ निर्माणको घोषणा गरेको छ । यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्न लागेका हुन् । यसअघि केही लघु चलचित्र र डकुमेन्ट्री निर्देशन गर्न भ्याइसकेका निर्देशक लामाको फिचर चलचित्रमा भने यो पहिलो डेब्यु हुनेछ ।यसमा सिद्धार्थ सिंह, सरोज लामिछाने, बिरेन्द्र सिंह, श्रवण क्षेत्री, राज पौडेल, नूतन, राज थापा, मिलन राई, प्रिन्स शेर्पा, विशाल किराती, पूर्ण नेपाली, भीम मगर लगायत कलाकारसँगै निर्देशक लामाको समेत अभिनय रहने छ । चलचित्र एक्सन, कमेडी र हररको मिश्रण रहने निर्माण टिमको दाबी छ । निर्माण टिमले चलचित्रका लागि बाँकी कलाकारको समेत खोजी गरिरहेको छ ।

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 229 पटक पढिएको
  • सलमानले ‘बजरंगी भाइजान २’ बनाउने

    एजेन्सी /  बलिउड अभिनेता सलमान खानले सन् २०१५ को आफ्नो हिट फिल्म ‘बजरंगी भाइजान २ बनाउने घोषणा गरेका छन् । निर्देशक एसएस राजामौलीको रिलिजको तयारीमा रहेको फिल्म ‘आरआरआर’ को मुम्बई प्रि– रिलिजमा पुगेका अभिनेता सलमानले ‘बजरंगी भाइजान २’ बनाउने घोषणा गरेका हुन् ।सलमानका अनुसार सिक्वेलको लेखन एसएस राजामौलीका पिता के भी विजयेन्द्र प्रसादले लेख्नेछन् । यो फिल्मको अघिल्लो संस्करण पनि विजयेन्द्रले नै लेखेका थिए । ‘बजरंगी भाइजान निर्देशक कवीर खान हुन् ।निर्देशक एसएसलाई उनको फिल्म प्रदर्शनमा साथ दिन सलमान पुग्दा त्यहाँ जुनियर एटी आर, रामचरण, आलिया भट्ट र निर्माता करण जोहरको पनि उपस्थिति थियो ।क

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 101 पटक पढिएको
  • शब्द र धुनका राजा साइग्रेसको जीवनकथा

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 127 पटक पढिएको
  • पुनः नयाँ कमेडी शो ल्याउँदै जीतु नेपाल

    काठमाडौं / मुन्द्रेको कमेडी क्लब बन्द भएपछि हास्य कलाकार जीतु नेपालले फेरि रियालिटि शो ल्याउने भएका छन् । केही समय अघि पत्रकार सम्मेलन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेका जीतुले नयाँ शो ल्याउन लागेका हुन् । शोको तयारी अन्तिम चरणमा पुगेको जितुले बताएका छन् । उनले भने, ‘‘प्रसारका लागि केही टेलिभिजनसँग कुराकानी भइरहेको छ । अब छिट्टै मेरो नयाँ कमेडी रियालिटी शो आउँदैछ ।’ यो पटक शोमा सहकार्यका लागि कलाकार तथा निर्देशक दिनेश डिसीसँग पनि कुरा भइरहेको उनले सुनाए ।नेपाल टेलिभिजनबाट प्रसारण हुने लोकप्रिय रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ कलाकार उमेश राई ‘फुलन्देकी आमा’ ले धोका दिएक

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 106 पटक पढिएको
  • ‘आधा अधुरो’ बोलको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौँ / गायक साजन तामाङको गीत ‘आधा अधुरो’ को म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । प्रेमील शैलीको गीतमा  डिपी खनाल शब्द, सुरज कालाखेतीको संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा युवा युवतीको प्रेम र आकर्षण प्रस्तुत गरिएको गरिएको छ । भिडियोमा गायक तामाङ र बिना राउतको अभिनय देख्न सकिन्छ । गोदावरीका आकर्षक लोकेसनमा छायांकन गरिएको भिडियोमा राजिव क्षेत्रीको छायांकन, नवीन निरौलाको सम्पादन रहेको भिडियोमा सुबोल थापाको कोरियाग्राफी र निर्देशन रहेको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 139 पटक पढिएको
  • नम्रता मिस वर्ल्डको अन्तिम ३० मा

    काठमाडौं / नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्डमा सहभागी बनेकी नम्रता श्रेष्ठ प्रतियोगिताको अन्तिम ३० मा प्रवेश गरेकी छन् । उनी हेड–टु–हेड च्यालेन्जमा इन्डोनेसियाका प्रतियोगीलाई हराउँदै ३० भित्र आफ्नो नाम सुरक्षित गर्न सफल भएकी हुन् ।अन्तिम ३० मा नेपाल सहित पाराग्वे, क्यामरुन र फिलिपिन्सलगायतका प्रतियोगी प्रवेश गरेका छन् । अमेरिकी राज्य पुएर्तो रिकोमा भैरहेको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा डिसेम्बर १६ मा आयोजना हुँदैछ ।

    • प्रकाशित मितिः मंसिर २४, २०७८
    • 111 पटक पढिएको
  • विवाह बन्धनमा बाँधिदै भारतीय अभिनेत्री कट्रिना र बिक्की

    काठमाडौं / भारतीय अभिनेत्री कट्रिना कैफ आज विवाह बन्धनमा बाँधिदै छिन् । उनी बलिउड अभिनेता बिक्की कौशलसँग लगनगाँठो कस्न लागेकी हुन् । माधोपुरस्थित सिक्स सेन्स फोर्ट बारबडमा उनीहरूको विवाह रोयल शैलीमा हुन लागेको हो ।त्यहाँको समयअनुसार आज दिउँसो ३ः३० देखि ३ः ४५ को समयमा उनीहरूको विवाह हुनेछ। क्याट्रिनाले विवाहमा सब्यसाचीको डिजाइनर लेहेंगा लगाउनेछिन् ।मिडिया रिपोर्टअनुसार कट्रिनाले आफ्नो विवाहको ७५ प्रतिशत खर्च आफै ब्यहोर्ने जनाइएको छ । उनले यात्रा सुरक्षा, पाहुना सम्बन्धि  खर्च हेर्नेछिन् । अर्कोतर्फ बिक्कीले बाँकी २५ प्रतिशत खर्च व्यहोर्ने छन् ।यद्यपि कट्रिना र बिक्कीले आफ्नो विवाहसँग सम्बन

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 100 पटक पढिएको
  • ‘सप्तरंग –३’ यात्रा : राजेश हमालसहित दजनौ कलाकार भोलि काँकरभिट्टामा

    झापा  / मंसिर २४ गतेदेखि झापाको काँकरभिट्टाबाट सप्तरंग –३ यात्रा सुरु हुने भएको छ । काँकरभिट्टाबाट शुरु हुने  ‘सप्तरंग –३’ यात्रामा राष्ट्रिय स्तरका कलाकार अभिनेता राजेश हमाल, चर्चित गायक प्रमोद खरेल, हाँस्य कलाकार सन्दिप क्षेत्रीसँगै दर्जनौँ कलाकारहरू सहभागि हुनेछन् । गृष्मा ब्रोर्डकास्टिङको आयोजनामा हुने  ‘सप्तरंग –३’ ले सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत सचेतना फैलाउने छ ।पहिलो र दोस्रो संस्करण सम्पन्न भइ सकेको कार्यक्रम तेस्रो पटक काँकरभिट्टामा हुन लागेको हो । मंसिर २४ गतेदेखि काँकडभिट्टाबाट शुरु हुने ‘सप्तर

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 130 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.