मनोरञ्जन

    Showing 271-280 of 2,224 items.
  • ‘राष्ट्रिय चलचित्र दिवस’ देशव्यापी मनाइँदै

    नेपाल सरकारले असोज १५ गतेका दिनलाई ‘राष्ट्रिय चलचित्र दिवस’ घोषणा गरेसँगै चलचित्रकर्मीहरू खुसी साटासाट गरी देशव्यापीरुपमा सो दिवस मनाइरहेका छन् ।विसं २०२२ असोज १५ गते पहिलोपटक नेपाली चलचित्र ‘आमा’ प्रदर्शनमा आएको ऐतिहासिक दिनलाई स्मरण गरी चलचित्र दिवस मनाउने निर्णय भएको सन्दर्भमा आज देशभरका चलचित्रकर्मीले उत्सवका रुपमा सो दिवस मनाइएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “यस विशेष दिनको ऐतिहासिक पक्षलाई दृष्टिगत गरी हरेक वर्ष असोज १५ गतेका दिन चलचित्र दिवस मनाउने प्रस्ताव गरेका थियौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाम्रो प्रस्तावलाई स्वीकार गरी म

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 183 पटक पढिएको
  • ‘सोल्टिनी’को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक

    कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ। बडादसैँको महाअष्टमीका दिन, मङ्गलवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको यस गीतलाई गायक एस.डी. योगीले स्वर दिएका छन्। गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत, उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्स/मास्टर रहेको छ। गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका छन्।अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बुको साथमा सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडाको अभिनय रहेको यस गीतले गीतले प्रेममा आएको रोमाञ्चकता र ग्रामीण जीवनशैलीको रमाइलोपनलाई झल्काउँछ। यसअघि सार्वजनिक टिजरल

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 167 पटक पढिएको
  • फिल्म बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरलाई दर्शकको साथ कस्तो ?

    हिजो असोजको १३ गते सोमबारदेखि देशब्यापी प्रदर्शनमा आएका नेपाली फिल्मले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेका छन् ।गतवर्षको दशैंमा भन्दा यसवर्षको फूलपाती कमाइमा गिरावट देखिएको छ । यद्यपी, कमाइको स्पष्ट चित्र भने दशैं बिदासम्म देखिनेछ ।रियल टाइम सिनेपाः बक्सअफिसमा यी तीन फिल्मको ओपनिङ कमाइको विवरण बाहिर आएको छ । ‘बलिदान’ले २४४ शोजबाट ५७ लाख १९ हजार ३४० रुपैयाँ ग्रसको ओपनिङ गरेको छ ।‘हरिबहादुरको जुत्ता’ले १३४ शोजबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ ग्रसको ओपनिङ गरेको छ ।‘माइतीघर’ले सोमबार १४४ शोजबाट १८ लाख ९६ हजार ४५५ रुपैयाँ ग्रस कमाइ गरेको बक्सअफिसमा उल्लेख छ ।आउँदो शनिबारसम्म दशैंको बिदा भए

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 141 पटक पढिएको
  • ‘मैझारो’को लभ सङ गीत ‘तिमीलाई के थाहा सानु’ रिलिज

    फिल्म ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’रिलिज भएको छ। निर्माण पक्षले बडादसैंको फुलपातीको अवसर पारेर फिल्मको उक्त गीत ओएसआरको युटुब च्यानलबाट रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई अभिनय गराइएको छ। जहाँ मिरुना र धिरज प्रेमिल जोडीका रुपमा प्रस्तुत छन्। लभ सङ गीतमा फिल्मको कथा अनुसार नै मिलाइएको निर्माण पक्षको भनाई छ। यो गीत रिलिज भएसँगै दर्शकले उत्कृष्ट प्रतिक्रिया दिन थालेका छन्।हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय फिल्म हो। फिल्मको रिलिज पहिलो गीतबाट नै फिल्मले हाइप लिन थालिसकेको छ। फिल्मको पोस्टर र टिजरले एक किसिमको दर्

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 133 पटक पढिएको
  • ‘बलिदान’को गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक

    आगामी सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएका छन् भने शब्द हर्क साउदको रहेको छ।भिडियोमा घना जङ्गलबिचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीहरूबिच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफर समेत रहेका सुनिल क्षेत्री र चलचित्रका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ। सेनले चलचित्रमा आदिवासीहरूको मुखियाको भूमिका निर्वाह गरेका छन्।यसअघि, चलचित्र ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 126 पटक पढिएको
  • ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’मा विजय बरालको नृत्यको तारिफ

    रंगमञ्च अथवा नाटकबाट चलचित्रमा प्रवेश गरेका कलाकारहरूले अभिनयमा सधैँ तारिफ बटुल्छन् । अभिनयमा वाहीवाही बटुल्ने उनीहरूको डान्स अथवा नृत्यमा भने सधैँ आलोचना हुन्छ ।नाच्न जान्दैनन् भन्ने हुन्छ । स्वयं कलाकार पनि त्यसै भन्छन् । तर, यसपटक अलि फरक भयो । चलचित्र ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’मा विजय बरालको डान्सको पनि तारिफ भइरहेको छ । अभिनयमा गज्जवको तारिफ बटुल्ने उनले यसपटक नृत्यसमा पनि वाहीवाही बटुलिरहेका छन् ।प्रशान्त शिवाकोटीको शब्दरचना र संगीत रहेको गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ । गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको भूमिकामा विजय र समृद्धि अर्याल छन् । गीतमा शंकाका बीचमा स

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 150 पटक पढिएको
  • ‘कुमारी’ घोषणामा गाइएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल

    हाल छायाङ्कनमा रहेको नेपाली चलचित्र ‘कुमारी’ को घोषणा कार्यक्रममा प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा धमाका मच्चाइरहेको छ। गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले प्रत्यक्ष प्रस्तुत गरेको यो गीत अहिले टिकटक र युट्युबमा निकै लोकप्रिय बनेको छ।लाइभ भर्सनमै चर्चित बनेको गीतमा हालसम्म डेढ लाखभन्दा धेरै टिकटक बनिसकेको छ भने युट्युबमा पाँच लाख ५० हजारभन्दा बढी भ्युज हासिल गरिसकेको छ। विशेष गरी ‘जेन-जी’ पुस्ताका युवा–युवतीहरूले यस गीतलाई उत्साहपूर्वक टिकटकमा प्रयोग गरिरहेका छन्। चलचित्रको स्टुडियो रेकर्ड भर्सन भने चलचित्र रिलिजसँगै मात्र सार्वजनिक गरिनेछ। यो गीत चलचित्र

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 127 पटक पढिएको
  • ‘जेरीः अन टप’को नयाँ गीत ‘कुरौनी’ सार्वजनिक

    अनन्या फिल्मस्को निर्माणमा सरोज न्यौपानेको प्रस्तुति रहेको फिल्म ‘जेरीः अन टप’को नयाँ गीत ‘कुरौनी’ सार्वजनिक गरिएको छ । असोजको ३१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको सार्वजनिक गीतमा कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर छ । उनलाई गीतमा गायिका सोमिया बराइलीले साथ दिएकी छिन् । सार्वजनिक गीतको भिडियोमा नायक अनमोल केसी, नायिकाद्धय जसिता गुरुङ र आँचल शर्मा, कलाकार केदार प्रसाद घिमिरेलाई फिचरिङ गरिएको छ । शेर्पा संस्कृति र भेषभुषामा जसिता देखिएकी छिन् । गीतको भिडियो हेर्दा मुस्ताङ पुगेका अनमोल, आँचल र केदारलाई स्थानीयहरूले स्वागत गरेको देख्न सकिन्छ । भविष्य खड्का, रोविन शेरचन, राम

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 124 पटक पढिएको
  • ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक

    भोलिबाट रिलिजमा आउन लागेको फिल्म ‘बलिदान’को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ । सुजन चापागाँइको संगीत रहेको गीतमा सुजन र भूषण खतिवडाको स्वर, हर्क साउदको शब्द छ । सार्वजनिक गीतको भिडियोमा घना जंगलको बीचमा आदिवासी बस्ती देखाइएको छ । जहाँ, आदिबासीहरुको बीचमा फिल्मका मुख्य नायक समीर भट्टले डान्स गरेका छन् । उनी, त्यहाँ किन र कसरी पुगे भन्ने कथा रोचक हुने देखिन्छ । सुनिल क्षेत्रीको कोरियोग्राफीमा यो गीतको भिडियो तयार भएको हो । भिडियोमा सुनिल र फिल्मका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ । सेनले फिल्ममा आदिवासीहरूको मुखियाको भूमिका निर्वाह गरेका छन् । आसुसेन फिल्म प्रोडक

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 139 पटक पढिएको
  • लामो समयको प्रेमपछि बैबाहिक जीवनमा बाँधिए सविन र अनु

    लामो समयको प्रेमपछि नायक सविन श्रेष्ठ र नायिका अनु शाह बैबाहिक जीवनमा बाँधिएका छन् । असोज ११ गते उनीहरू बैबाहिक जीवनमा बाँधिएका हुन् । आफ्ना नजिकका आफन्त र परिवारका सदस्यहरूको उपस्थितिमा अनु र सविन बैबाहिक जीवनमा बाँधिएका हुन् । अनु र सविन लामो समयदेखि लिभिङ टुगेदरमा थिए । उनीहरुले कानुनी बिहे गरेर लिभिङ टुगेदरमा जीवनलाई अगाडि बढाइरहेका थिए । सविन र अनुको भेट एक फोटोसुटका क्रममा एक दशक अगाडि भएको थियो । त्यसपछि, यी दुई नजिक भएका थिए । सविन अहिले पनि फिल्ममा सक्रिय छन् भने अनु युट्युबमा भ्लग बनाएर दर्शकमाझ नजिक हुँदै आएकी छिन् । 

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 165 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा