मनोरञ्जन

    Showing 2,811-2,820 of 2,859 items.
  • अघिल्लो वर्ष बन्द यार्सापाटन यस वर्ष खोल्ने निर्णय

    डोल्पा / अघिल्लो वर्ष बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो । कोराना कहरका कारण अघिल्लो वर्ष बन्द भएका यार्सागुम्बा पाटन यस वर्ष भने आगामी जेठ १० गतेदेखि खुला गर्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले बताए ।प्रजिअ ढकालले भने, “देशभर कोरोना सङ्क्रमणले धमाधम मान्छे मरिरहेका छन्, डोल्पामा पनि १० सङ्क्रमित पुगिसके, यहि दरमा सङ्क्रमण बढे यार्सागुम्बा पाटन खुला गर्ने विषयमा पुनःएक पटक सोच्नुपर्ने हुन्छ, निर्णय पनि सोहीअनुसार भएको छ”प्र

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 136 पटक पढिएको
  • साँखु बजार स्यानिटाइज गरेर बज्रयोगिनीको मूल जात्रा

    काठमाडौँ / बज्रयोगिनी मन्दिरबाट खट ल्याएर टोलमा राखेको चौथो दिन नाथ सम्प्रदायका योगीले पूजा गरेपछि बज्रयोगिनीको मूल जात्रा साँखु क्षेत्रमा गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना तीव्र भएपछि साँखु बजार क्षेत्रमा स्यानिटाइज गरेपछि बज्रयोगिनीको मूल जात्रा गरिएको पवनलाल श्रेष्ठले जानकारी दिए । स्यानिटाइज गरी नाथ सम्प्रदायका योगीे पूजा गरेपछि खटलाई बोकेर साँखु क्षेत्र घुमाइएको छ । चैत्र शुक्ल पूर्णिमादेखि शुक्रबारको मूल जात्रा अघिका चार दिन खट राख्न बनाइएको सत्तलभित्र र मूलजात्रा सकिएपछिका चार दिन सत्तल बाहिर राखी साँखुवासीले प्रत्येक दिन बज्रयोगिनी माईलाई पूजा आराधना र दर्शन गर्ने चलन छ ।

    • प्रकाशित मितिः वैशाख १८, २०७८
    • 130 पटक पढिएको
  • पौडेलको ‘स्मृतिका तरङ्ग’ बजारमा

    चितवन / पत्रकार वीरेन्द्रमणि पौडेलको ‘स्मृतिका तरङ्ग’ शीर्षक कृति बजारमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर निवासी पौडेलले समाजमा भएका आफूसँग सम्बन्धित घटना पुस्तकमा उतारेका छन् ।‘नारायणी टुडे’ राष्ट्रिय मासिक प्रकाशक रहेको सो कृति १६० पृष्ठको छ । पौडेलले भने “मैले पुस्तकमा ९० प्रतिशत जस्ताको तस्तै लेखेको छु । शतप्रतिशत लेख्दा सामाजिक संरचना खल्बलिने भएकाले पूरै लेख्न सकिन ।” चितवन जिल्लामा मात्र १० हजार पुस्तक बिक्री गर्ने लक्ष्य पौडेलको छ ।गलत दिशातर्फ गइरहेको नेपाली समाज ठीक बाटामा ल्याउन यसले मद्दत गर्ने उनको भनाइ छ । पुस्तकमा सामाजिक, आर्थिक र राजनीतिक विषय समेटिएको छ । साह

    • प्रकाशित मितिः वैशाख १७, २०७८
    • 107 पटक पढिएको
  • नौमती बाजाको संरक्षणमा मगर समुदाय

    बलेवा / जैमिनी नगरपालिका–२ दमेक भातडाँडाका सूर्यबहादुर पुनलाई वैशाख लागेपछि बाजा बजाउन भ्याइनभ्याइ भएको छ । विवाह, व्रतबन्ध, चौरासी पूजाजस्ता धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यमा बाजा बजाउन पुनको समूह दक्षिण बागलुङका प्रायः सबै गाउँ पुगेको छ । कोरोना महामारीकाबीच भइरहेका धार्मिक कार्यमा बाजा बजाउन पुग्ने दमेक नौमती बजा समूहले नौमती बाजाको संरक्षण मात्रै गरेको छैन्, युवाहरुको लागि राम्रो अम्दानीको स्रोत समेत बनेको छ । गाउँमा पञ्चेबाजाको धुन गुन्जिन छाडेको वर्षौंपछि पहिला सीप सिकेका केही युवा जुरमुराए अनि त्यो समूह बनाएर पञ्चेबाजा बजाउन थालें । अहिले नौमतीको धुनसँगै दक्षिण बागलुङका

    • प्रकाशित मितिः वैशाख १६, २०७८
    • 133 पटक पढिएको
  • ‘पातै फरर’ गीति सङ्ग्रह सार्वजनिक (भिडियो सहित)

    काठमाडौँ / गीतकार माधव केसीले सङ्कलन गरेका  ‘पातै फरर’ नामक गीति सङ्ग्रह आजदेखि बजारमा आएको छ । उनले विं.सं २०४० देखि अहिलेसम्म सङ्कलन गरेका लोक तथा आधुनिक गरी ८० गीत उक्त सङ्ग्रहभित्र समावेश गरेका छन् । आज आयोजित कार्यक्रममा वरिष्ठ गीतकार अम्वर वान्तवाले उक्त सङ्ग्रहको विमोचन गर्दै गीत तथा साहित्यको क्षेत्रले मुलुकको संस्कृतिको संरक्षण गरी सामाजिक रुपान्तरणमा योगदान गर्न सक्ने बताए । सङ्गीतकारद्वय सन्तोष श्रेष्ठ र कन्हैया सिंहले विभिन्न जाति तथा समुदायले सजिएको समाजमा लोक संस्कृतिले उनीहरुलाई एकताबद्ध गर्न भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । गीतकार केसीले विसं २०४० मा आफू

    • प्रकाशित मितिः वैशाख ११, २०७८
    • 117 पटक पढिएको
  • गैँडा बढेको खुसियालीमा दीपप्रज्वलन

    चितवन / चितवन राष्ट्रिय निकुञ्जसहित देशभरका निकुञ्जमा गैँडाको सङ्ख्या बढेको खुसियालीमा सौराहामा दीपप्रज्वलन गरिएको छ । आइतबार साँझ दीपप्रज्वलन गरिएको हो ।रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी, संरक्षणकर्मी तथा अन्य सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले गैँडा वृद्धिको खुसी साटासाट गर्दै सौराहाको गैँडाचोक र हात्तीचोकमा दीपप्रज्वलन गरेका हुन् । पर्यटन र जनताको जीविकोपार्जनसँग जोडिएको निकुञ्जको एकसिङ्गे गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा क्रियाशील हुन ऊर्जा प्रदान गरेको पर्यटन व्यवसायी सुमन घिमिरेले बताए । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले गैँडाको सङ्ख्या वृद्धिले संरक्षणमा उत्साहितसँगै लगान

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • 128 पटक पढिएको
  • उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता शुरु

    भक्तपुर / मध्यपुरथिमि नगरपालिकामा उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता शुरु भएको छ । ओेस्ला नेपालको आयोजना तथा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा मध्यपुरथिमिको बालकुमारीमा भएको प्रतियोगिताको आज मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गरे ।कार्यक्रममा उनले मध्यपुरथिमि नगरपालिकाले धिमे बाजा, मुस्या बाजा, बाँसुरी बाजालगायत ऐतिहासिक जात्रा पर्वका लागि अत्यावश्यक बाजाको संरक्षणमा नगरपालिकाले टेवा पु¥याउँदै आएको बताए । मूर्त तथा अमूर्त कला, संस्कृतिको संरक्षण एवं विकासमा मध्यपुरथिमि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको चर्चा गर्दै उनले नयाँपुस्तालाई पनि कला, संस्कृति तथ

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 137 पटक पढिएको
  • भक्तपुरको बिस्का जात्रा आजबाट शुरु

    भादगाउँ / सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ । यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै शुरुआत गरिन्छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा शुरु हुन्छ । यसवर्ष दिउँसो २ बजे भैल खः तान्ने कार्यक्रम छ । भक्तपुर नगरपालिकाले सरो

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 158 पटक पढिएको
  • रारा घुम्न आउने पर्यटकको संख्यामा वृद्धि

    कर्णाली / कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ ।नयाँ वर्ष लाग्न केही दिन बाँकी भएसँगै हवाई र सडकमार्गबाट रारा आउने पर्यटकको सङ्ख्या बढेको हो । रारा क्षेत्र आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले बताए । “मिलीचौर, सल्लेरी, ताल्चलगायत गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको छ”, उनले भने, “काठमाडौँ, भक्तपुर, पोखरा, विराटनगरलगाय

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 125 पटक पढिएको
  • ‘छहारी’ गजल सङ्ग्रह सार्वजनिक

    काठमाडौँ / युवा गजलकार नवराज पौडेलको पहिलो गजल सङ्ग्रह ‘छहारी’ सार्वजनिक भएको छ । शनिबार आयोजित गजल सङ्ग्रहको विमोचन कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजलकार बन्न इतिहास, भूगोल, संस्कृतिलगायत विषयमा जानकारी हुनुपर्ने बताए । गजलको लोकप्रियता घटेको नभई लेख्ने मानिस कम भएकाले घटेजस्तो देखिएको उनले बताए । साहित्यको गजल विधाले मुक्तक विधालाई पनि वातावरण दिएको गजलकार पौडेलको भनाइ थियो । सङ्ग्रहका लेखक पौडेलले प्रहरी सेवामा रहेर देश सेवा गरेर बाँकी रहेको समयमा देखे भोगेका कुरा गजलमा उतार्ने गरेको बताए। कार्यक्रममा गजलकार एवं मुक्तककार रमेश पौडेललगायतले नव गजलकार पौडेललले समाजमा द

    • प्रकाशित मितिः चैत २२, २०७७
    • 108 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.