मनोरञ्जन

    Showing 281-290 of 2,224 items.
  • २५ दिनमै सकियो ‘आ बाट आमा’को छायांकन

    निर्देशक चन्द्र पन्तले ‘आ बाट आमा’को छायांकन सकेका छन् । ३० दिनको सेड्यूलमा सुरु भएको छायांकन प्राविधिक र कलाकारहरूको सहयोगका कारणले गर्दा २५ दिनमै सकिएको चन्द्रको भनाई छ । आमा र सन्तानबिचको माया ममता तथा स्नेहको कथामा यो फिल्म बनेको छ । चितवन र काठमाडौंमा खिचिएको यो फिल्ममा पल शाह, प्रदीप रावत, विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती लगायतका कलाकारहरूको मुख्य भूमिका छ । नायक पल शाहले यो फिल्मबाट आफू निकै आशावादी रहेको सुनाए । दर्शकले यो फिल्मलाई साथ दिने र आफूलाई उत्कृष्ट सिर्जनाका लागि प्रेरणा दिने पलको तर्क छ । आर्या इन्टरटेनमेन्टको व्यानरमा निर्माण

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 153 पटक पढिएको
  • ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत ‘सुन्तली माई’ सार्वजनिक

    दशैँको फूलपाती अर्थात् असोज १३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को नयाँ गीत सार्वजनिक भएको छ । समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको ‘सुन्तलीमाई’ गीत रिलिज भएको छ। गीतमा दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको संगीत, कुशल सिंहको एरेन्ज र श्याम श्वेत रसाइलीको मिक्सिङ्ग/ मास्टरिङ्ग रहेको छ। गीतको भिडियोमा आर्यन सिग्देल, प्रकाश सपुत, बर्षा राउत लगायत फिचर रहेका छन्फि चर रहेका छन्। चलचित्रको कथा अनुसार बगेको भिडियोमा चलचित्रका प्रमुख कलाकार पनि प्रस्तुत भएका छन्।विक्रम स्वारको कोरियोग्राफी रहेको भिडियोलाई कृष्ण बहादुर थापाले खिचेका छन् भने नहकुल खड्काले सम्पादन गरेका

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 190 पटक पढिएको
  • ‘माइतीघर’ बारे धिरज भन्छन्–‘मेरो पात्र कौतुहलता पैदा गर्ने खालको छ’

    दशैंको फूलपाती अर्थात असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को बुकिङ खुलिसकेको छ । यो फिल्मलाई दर्शकहरुमा उत्साह पनि निकै देखिएको छ । फिल्मको गीत, ट्रेलरले दर्शकको साथ पाएपछि फूलपातीमा ओपनिङ पनि उत्साहजनक हुने अपेक्षा गर्न सकिन्छ ।यो फिल्मका मुख्य नायक हुन्, धिरज मगर । पहिलो पटक मल्टिस्टारर फिल्ममा काम गरेका धिरज उत्साहित छन् । यो फिल्मको स्क्रिप्ट उनले दुई वर्ष अगाडि नै हात पारेका थिए । स्क्रिप्ट पढ्ने वित्तिकै उनी फिल्म खेल्न राजी भएका थिए । धिरज भन्छन्–‘यो फिल्मले तामाङ संस्कृतिको सेरोफेरोमा रहेर जुन किसिमको कथा प्रस्तुत गरेको छ, त्यो मन परेर नै म यसमा जोडिएको हुँ । यसले, माइतीघर

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 118 पटक पढिएको
  • ‘हरिबहादुरको जुत्ता’को कन्टेन्ट र जेन – जी पुस्ताको आवाज किन मिल्यो ?

    असोज १३ गते अर्थात बडादशैँको फूलपातिको दिनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ प्रचार प्रसारको व्यस्ततामा रहेको छ। चलचित्रका प्रचार सामग्रीबाट प्राप्त प्रतिक्रियाले उत्साहित रहेको चलचित्रको टिमले बिहिबार एक पत्रकार भेटघाट कार्यक्रम राखेको थियो। उक्त अवसरमा चलचित्रका मुख्य कलाकार, निर्माता र निर्देशकको उपस्थिति रहेको थियो।चलचित्रको ट्रेलरबाट नै चलचित्र अहिलेको जेन-जी पुस्ताको आन्दोलन र मागसंग मिल्ने केहि झल्को प्रस्तुत गरिएको थियो। सोहि कारण पनि यो बिषय आयोजित पत्रकार भेटघाट कार्यक्रममा चासोको साथ सोधिएको थियो। हरिवंश भन्छन् – ‘ यो कथा करिब १ बर्ष अगाडी तयार भएको हो।

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 145 पटक पढिएको
  • ‘हर्ष’ले रिलिज गर्यो ‘सिठ्ठी मार’ गीत

    मंसिर १२ गते रिलिज हुने पारिवारिक ड्रामा सिनेमा ‘हर्ष’ले आफ्नो नयाँ गीत रिलिज गरेको छ । डेब्यू निर्देशक एकता पौडेल निर्देशित सिनेमाले आफ्नो पहिलो गीत ‘सिठ्ठी मार’ रिलिज गरेको हो ।सार्वजनिक गीत एलिस कार्कीको संगीतमा तयार भएको हो जहाँ प्रताप दास र सदिक्षा कट्टेलको युगल स्वर सुन्न सकिन्छ । पवित्रा घिमिरेको शब्द रचना रहेको गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् ।आलोक शुक्लाले खिचेको गीतमा सिनेमाका प्राय कलाकार फिचर भएका छन् । पारिवारिक जमघटको माहोलमा तयार पारिएको यो गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, शुनिल क्षेत्री, माओत्से गुरुङ, लुन

    • प्रकाशित मितिः असोज १२, २०८२
    • 124 पटक पढिएको
  • सलमान खानलाई बाबा बन्ने चाहाना, पूरा होला ?

    चर्चित अभिनेत्री ट्विंकल खन्ना र काजोलको संयुक्त टक शो ‘टू मच’को पहिलो एपिसोड प्राइम भिडियोमा सार्वजनिक भइसकेको छ । उक्त एपिसोडमा बलिउडका दुई सुपरस्टार आमिर खान र सलमान खान अतिथिको रूपमा उपस्थित भएका थिए । शोमा दुवैले आफ्नो करिअर, नीजि जीवन र आपसी मित्रताको बारेमा खुलेर कुरा गरेका छन् ।आमिरले सलमानसँग सुरूमा राम्रो बोन्डिङ नभएको खुलासा गर्दै भनेका छन्, ‘मलाई त्यसबेला लाग्थ्यो कि सलमान समयमा आउँदैनन् । ‘अन्दाज अपना अपना’को छायांकनमा हामीलाई निकै समस्या हुन्थ्यो । त्यसबेला सलमान निकै जजमेन्टल थियो । म पनि हार्ड स्वभावको थिएँ । रीना दत्तसँग डिभोर्सपछि एक डिनरको क्रममा म र सलमान राम्रोसँग कनेक्ट भ

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 115 पटक पढिएको
  • सूर्यकुमार र रविना कार्कीको अभिनय रहेको ‘सम्झनाका पल’ बजारमा

     नेपाली सङ्गीत बजारमा नयाँ गीत ‘सम्झनाका पल’ भित्रिएको छ । गीतमा राज टाइगरको शब्द, वसन्ती लामाको सङ्गीत र गायक विवेक दोङको स्वर छ । गीतको भिडियोमा सूर्यकुमार र रविना कार्कीको अभिनय देख्न सकिन्छ । अमर ओलीको निर्देशन रहेको भिडियो ज्ञानकुमार कट्टेलले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई सदिक्षा फिल्मस् युट्युबमार्फत हेर्न सकिन्छ । 

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 150 पटक पढिएको
  • सबैभन्दा गाह्रो भनेको फिल्म साइन गर्न हो : स्वस्तिमा खड्का

    नायिका स्वस्तिमा खड्काले आफूलाई सबैभन्दा गाह्रो समय नै फिल्म साइन गर्न हो जस्तो लाग्ने बताएकी छिन् । फिल्म ‘हरिबहादुरको जुत्ता’को प्रचारका क्रममा उनले भनिन्–‘हामी छायांकन, प्रमोशन र रिलिजको बेलामा निकै नै दौडधूप गछौं । मनमा डर पनि लाग्छ । तर, यो केही हो जस्तो मलाई लाग्दैन । सबैभन्दा गाह्रो भनेको फिल्म साइन गर्न हो ।’कुनै पनि कलाकार एउटा विन्दुमा पुगेपछि मानिसमा आशा बढ्ने भन्दै उनले एउटा फिल्म कमजोर हुँदा त्यसपछिको प्रोजेक्टलाई घाटा लाग्ने तर्क गरिन् । स्वस्तिमाले भनिन्–‘साइन गर्ने बेलामा निकै गाह्रो हुन्छ । जुनसुकै प्रोजेक्ट गर्दा पनि दोधार हुन्छ । गरौं कि नगरौँ भन्ने लाग्छ ।’स्वस्तिमाले आफूले

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 146 पटक पढिएको
  • नौ भाषाका १४ स्रष्टालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार

    काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले वर्ष २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।यस क्रममा वनस्पतिशास्त्री वैज्ञानिक स्रष्टा डा. तिर्थबहादुर श्रेष्ठलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, जनकवि एवं नेपाल भाषाका अग्रणी स्रष्टा दुर्गालाल श्रेष्ठलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, झर्रोवादी आन्दोलनका हस्ती प्रा.चूडामणी रेग्मीलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, भोजपुरी भाषाका अग्रणी स्रष्टा डा. गोपाल ठाकुरलाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, संस्कृत वाङ्गमयका अग्रणी स्रष्टा प्रा

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 424 पटक पढिएको
  • सान्या अधिकारी बनिन् मिस युनिभर्स नेपाल २०२५

    विश्व चर्चित ‘मिस युनिभर्सको नेपाल फ्रेन्चाइज मिस युनिभर्स नेपाल २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन् । बुधबार बेलुका ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेबाट सान्या बिजेता बनेसँगै आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्धितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौैथो उपविजेता घोषित भए । फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।विजेता सान्याले २ लाख नगदसहित हजारौं रकम बराबरका उपहारहरू प्राप्त गरिन् । यस्तै उनले आउँदो २१ नोभेम्बरमा थाइल्याण्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । बिजेता बनेसँगै मिडियासँगक

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 184 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा