पत्रपत्रिका

    Showing 291-300 of 1,254 items.
  • पुस महीनाभित्र ३० प्रतिशत बजेट खर्च गरिसक्न अर्थमन्त्रीको निर्देशन

    बिर्तामोड ( आर्थिक अभियान दैनिकबाट ) सरकारी खर्चप्रणाली समस्याग्रस्त देखिएको छ । लोक रिझ्याउन ठूलो आकारको बजेट ल्याइए पनि कार्यान्वयनमा भने उदासीनता देखिएको छ । आफैले अख्तियारी गरेको व्यवस्थाअनुसार बजेट खर्च नहुँदासमेत कार्यान्वयनमा अर्थमन्त्री जनार्दन शर्मा गम्भीर देखिएका छैनन् ।बजेट समीक्षाका बेला कडा निर्देशन दिएजस्तो गरे पनि अर्थमन्त्री शर्मा अरू बेला खर्चप्रणालीमा रहेका समस्या सुधार्नभन्दा पनि पार्टीका कार्यक्रममा गएर भाषणबाजी गर्नमै तल्लीन हुने गरेका छन् ।शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएसँगै अर्थ मन्त्रालयको जिम्मेवारी हाँक्न आएका अर्थमन्त्री शर्माले प्रतिस्थापन बजेट पेश गर्दै प्रत

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 105 पटक पढिएको
  • कांग्रेस निर्वाचनः पदाधिकारीमा देउवाको बहुमत

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पदाधिकारीमा मिश्रित नतिजा आए पनि सभापति शेरबहादुर देउवा बहुमतमा रहेका छन् । सभापतिसहित १४ पदाधिकारी रहने कांग्रेस केन्द्रीय समितिमा कोषाध्यक्षबाहेक सबै निर्वाचित हुनुपर्छ ।एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीका लागि भएको निर्वाचनमा एक उपसभापति र छ जना सहमहामन्त्री देउवा समूहका निर्वाचित भएका छन् । १४औं महाधिवेशनमा प्यानलसहित चुनावमा गएका सभापति देउवाले कोषाध्यक्ष आफ्नै समूहको मनोनित गर्ने निश्चित भएसँगै पदाधिकारीमा सभापति देउवासहित ९ जना हुने देखिएको छ । कांग्रेस केन्द्रीय समितिमा सभापतिइतर पक्षका पा

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 117 पटक पढिएको
  • दलको कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्यः सर्वोच्च

    बिर्तामोड ( राजधानी दैनिकबाट) सर्वोच्च अदालतले राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत स्थान अनिवार्य सुरक्षित गर्न परमादेश भएको छ।न्यायाधीशहरू दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले संविधान र राजनीतिक दलसम्बन्धी ऐनले सुनिश्चित गरेको महिलाको उपस्थितिलाई सबै दलको हरेक समितिमा ३३ प्रतिशत गर्न परमादेश जारी गरेको हो।राज्यका हरेक निकाय, राजनीतिक दललाई समावेशी बनाउन संविधानको धारा १८ मा भएको समानतासम्बन्धी व्यवस्था उल्लेख गर्दै महिलाको ३३ प्रतिशत अधिकारलाई सर्वोच्च

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 110 पटक पढिएको
  • सरकारी कर्मचारीलाई बिदैबिदा

    बिर्तामोड ( आजको नागरिक दैनिकबाट) नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन्।यसैगरी महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा उसका पतिलाई समेत १५ दिन सुत्केरी बिदाको सुविधा दिइएको हुन्छ। यसबाहेक एक वर्षमा ५२ दिन शनिबार र करिब १५ दिन सार्वजनिक बिदाको सुविधा उनीहरूले पाएका हुन्छन्।आधाजसो निजामती कर्मचारीले आफूले पाएको बिदा सञ्चित गरी अवकाश पाउने बेला १८० दिन बराबरको सुविधा लिने गर

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 119 पटक पढिएको
  • पदाधिकारीमा देउवाको बहुमत

    बिर्तामोड (राजधानी दैनिकबाट) कांग्रेस १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारीतर्फ शेरबहादुर देउवाको बहुमत देखिएको छ ।उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा निर्वाचित बनेका ६ जना नेता देउवा समूहबाट उम्मेदवार बनेर निर्वाचित बनेका हुन् । तर, महामन्त्रीमा भने देउवा समूहबाट उम्मेदवार बनेका डा। प्रकाशसरण महत र प्रदीप पौडेल दुवै जना पराजित बने ।सहमहामन्त्रीहरूमा महालक्ष्मी उपाध्याय, भिष्मराज आङ्दाम्बे, फरमुल्लाह मन्सुर, किशोरसिंह राठौर, उमाकान्त चौधरी र महेन्द्र यादव गरी आठ जना देउवा समूहबाट उम्मेदवार बन्दै निर्वाचित भएका हुन् । चौधरी कृष्ण सिटौ

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 123 पटक पढिएको
  • ऋणीलाई सोधर ब्याजदर परिवर्तन

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट)  बैङ्क तथा वित्तीय संस्थाले कर्जा अवधिभर ऋणीसँग सहमति नलिई ब्याजदर पुनरवलोकनसमेत गर्न नपाउने भएका छन् ।नेपाल राष्ट्र बैङ्कले इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै नयाँ निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।कर्जा अवधिभर परिवर्तन नहुने गरी प्रवाहित कर्जामा ऋणीसँगको लिखित सहमतिमा पहिलोपटक सात वर्षमा र तत्पश्चात् प्रत्येक पाँच वर्षमा ब्याजदर पुनरवलोकन गर्न सकिने राष्ट्र बैङ्कले जारी गरेको एकीकृत निर्देशिकामा उल्लेख छ । यस्तै अन्य जुनसुकै कारणबाट यस्ता कर्जाको ब्याज परिवर्तन गर्न

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 125 पटक पढिएको
  • शिक्षाको नाममा तीन वर्षमा १ खर्ब रुपैयाँ बाहिरियो

    बिर्तामोड (आजको नागरिक दैनिकबाट) अवसर र स्तरीय शिक्षा हासिल गर्न विदेशका विश्वविद्यालयमा नेपाली विद्यार्थीको आकर्षण बढ्दो छ । यसबाट गुणस्तरीय शिक्षा हासिल भए पनि देशको ठुलो धनराशि विदेशिने गरेको छ ।नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बितेका तीन वर्षमा नेपालबाट शिक्षाका नाममा ९७ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव एवम् नो अब्जेक्सन लेटर ९एनओसी० महाशाखाका प्रमुख नारायण पोखरेलका अनुसार विगत १३ वर्ष ९२०६५ देखि २०७८० मा चार लाख १६ हजार ३ सय ४४ विद्यार्थीले एक सय तीन देशमा उच्च शिक्षा अध्ययनका लागि मन्त्रालयबाट एनओसी लिएका छन् ।यो अवधिमा विदेशमा उच्च शिक्षा

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 119 पटक पढिएको
  • अस्ट्रेलिया खुल्यो, जापान बाँकी

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ । सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्न पाएका छन् तर अस्ट्रेलिया छिर्नेले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ । अस्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेकालगायतका खोपलाई मान्यता दिएको छ । अस्टे«लिया सरकारको पछिल्लो निर्णयसँगै विशेष गरी भिसा लागेर पनि अस्ट्रेलियाको सीमा बन्द भएर नेपालमै रोकिएका चार हजार नेपाली विद्यार्थीले लाभ लिनेछन् ।यी विद्यार्थीहरू अहिले डलरमा शुल्क तिर्दै ने

    • प्रकाशित मितिः पुस २, २०७८
    • 106 पटक पढिएको
  • बुढो दलमा पुस्तान्तरणको सन्देश

    बिर्तामोड (नागरिक दैनिकबाट ) नेपाली काँग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनामा २०४६ को राजनीतिक परिवर्तनपछि उदाएका दुई युवा नेता काँग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन्। काँग्रेसभित्र पुस्तान्तरण र रुपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा थापा र शर्माले महामन्त्रीमा जित निकाल्नेमा धेरैले आशंका गरेका थिए। महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेकको प्रयोग गर्दै शर्मा र थापालाई महामन्त्रीमा निर्वाचित गरेर पुस्तान्तरणको स

    • प्रकाशित मितिः पुस २, २०७८
    • 108 पटक पढिएको
  • भत्कियो प्यानलको पर्खाल

    बिर्तामोड ( अन्नपूर्ण पोस्ट दैनिकबाट) कांग्रेस सभापतिमा महाधिवेशन प्रतिनिधिले ‘प्यानल’ रोजे। तर, त्यसपछिका उपसभापति र महामन्त्री पदमा भने ‘व्यक्तित्व’ रोजेका छन्। यी पदमा फरक–फरक प्यानलबाट उठेका उम्मेदवार निर्वाचित भएका छन्। महामन्त्रीमा बिहीबार गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी बनेका हुन्। थापा डा. शेखरप्रसाद कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए। सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भए पनि महामन्त्रीमा उनको समूहका दुवै उम्मेदवार पराजित भएका छन्। देउवाको पक्षबाट प्रदीप पौडेल र डा। प्रकाशशरण महत प्रत्याशी थिए।केन्द्रीय निर्वाचन समितिका अनुसार थापाले सर्वाधिक

    • प्रकाशित मितिः पुस २, २०७८
    • 126 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा