पत्रपत्रिका

    Showing ३१-४० of १,२६७ items.
  • थाई एयर एसियालाई नेपालमा उडान प्रतिबन्ध

    काठमाडौं–नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्म नेपालमा नियमित र चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ। उडान अनुमति बिना नै यात्रुसहित थाइल्यान्डबाट आइतबार काठमाडौँ आएको यस जहाजसँगै नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको हो।प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हिउँदे उडान तालिका लागू भए पनि उडान अनुमति नलिई नेपाल प्रवेश गरेको कारण थाई एयर एसियाको सम्पूर्ण उडान रद्द गरिएको छ। नेपालका लागि थाई एयर एसियाको जिएसए युनिभर्सल टुर्स एन्ड ट्राभललाई समेत कारबाही गरिएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक ज

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • ५८५ पटक पढिएको
  • मन्त्री राणाको ठाडो प्रस्तावमा परराष्ट्रमा ६१ दरबन्दी थप्ने निर्णय

    काठमाडौं— देश बाढीपहिरोको विपत्बाट गुज्रिरहेका वेला सरकारले हचुवाको भरमा परराष्ट्र मन्त्रालयमा ६१ दरबन्दी थप्ने निर्णय गरेको छ। प्रक्रियासमेत पूरा नगरी परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थप्ने निर्णय गरेको हो।  मन्त्रिपरिषद् स्रोतका अनुसार ११ सहसचिव, २८ उपसचिव र २२ शाखा अधिकृतको दरबन्दी थप्ने निर्णय गरिएको छ।धेरैजसो विदेशस्थित नियोगहरूमा दरबन्दी थप्न लागिएकाले यसबाट राज्यलाई वार्षिक करोडौँ रुपैयाँ भार बढ्नेछ। कतिपय देशमा नयाँ नियोग स्थापनासमेत गर्न लागिएको छ। यसरी दरबन्दी थप गर्दा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी दरबन्दी थप गर्दा

    • प्रकाशित मितिः असोज २३, २०८१
    • ७४५ पटक पढिएको
  • रुसी सेनामा कार्यरत ४३ नेपालीको मृत्यु पुष्टि

    काठमाडौं— रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ। नेपाल सरकारको तथ्यांकमा हालसम्म ४३ को मृत्यु भएको र आठजनाको मृत्यु पुष्टि हुन बाँकी रहेको उल्लेख छ। तर, पीडित परिवारले भने ५४ को मृत्यु र २७९ जना बेपत्ता भएको जानकारी दिएका छन्।रुसी सेनाले मृतक नेपालीको परिवारलाई हालसम्म पनि क्षतिपूर्ति दिएको छैन। कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार रुसी सेनामा कार्यरत ४३ नेपालीको हालसम्म मृत्यु भएको आधिकारिक जानकारी रुस सरकारले उपलब्ध गराएको छ। थप आठजनाको मृत्यु भएको, तर आधिकारिक रूपमा रुसी सेनाबाट पुष्टि हुन बाँकी छ। सरकारी तथ्यांकअनुसार रुसी सेनामा कार्यरत

    • प्रकाशित मितिः असोज २३, २०८१
    • ६५८ पटक पढिएको
  • भगवान् पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता

    काठमाडौं– भगवान् पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ। काठमाडौँ जिल्ला अदालतले २०६० सालमा भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरेको हो। पशुपति क्षेत्र विकास कोषले २०८० सालको साउन १७ गते मारवाडी सेवा समितिसँगको नौ बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेको थियो। समितिले 'करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ' भनी अदालतमा मुद्दा दायर गरेको थियो, तर अदालतले दाबी नपुग्ने फैसला सुनाएको छ। यस निर्णयले काठमाडौँको गौशालास्थित ९ रोपनी जग्गा पशुपति क्षेत्र विकास कोषमा फिर्ता भएको छ। कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले

    • प्रकाशित मितिः असोज १७, २०८१
    • ६३३ पटक पढिएको
  • रीता चौधरीको संघर्ष र सफलता : चियाबिक्री गरेर मासिक ७० हजार आम्दानी

    काठमाडौं–राजापुर नगरपालिका–२, नयाँगाउँ बर्दिया स्थायी घर भई हाल नेपालगन्जको कारकाँदोमा डेरा गरी बस्ने ३० वर्षीय रीता चौधरीले चिया बेचेर मासिक ७० हजार रुपैयाँ कमाउँछिन्। देशमा बेरोजगारीको समस्या र युवायुवतीको विदेश जानु परिरहेको बेला रीता भने हातमा चियाको थर्मस लिएर नेपालगन्जको सडकमा चिया बेच्दै छिन्।बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म नेपालगन्ज बजारमा डुलेर चिया बेच्ने रीताले दैनिक १२५ कपदेखि १५० कपसम्म चिया बेच्ने गर्छिन्। एक कपको मूल्य २० रुपैयाँ रहेको बताउँछन्। रीताले आफ्नो दिनचर्या यस प्रकार वर्णन गर्छिन्: बिहान ५ बजे डेराबाट चिया लिएर निस्कन्छु, ५:१५ बजे पुष्पलाल चोकस्थित बस छुट्ने ठाउँमा पुग्

    • प्रकाशित मितिः असोज १०, २०८१
    • ७३८ पटक पढिएको
  • प्रहरीमा छविको बयान: ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’

    काठमाडौं — सहकारी ठगी तथा संगठित अपराधमा अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पोखरा पुगेको छ। सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौँमा पक्राउ गरी कास्की पुर्याइएपछि सीआईबीले इन्स्पेक्टर शिशिर थापा र सई रवि घिमिरेलाई पनि पोखरा खटाएको हो। जोशीलाई संगठित अपराध र ठगीमा थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले सोमबार प्रहरीलाई पाँच दिनका लागि अनुमति दिएको छ। कास्की प्रहरीले जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयको रोहवरमा प्रारम्भिक बयान सुरु गरेको छ। बयानमा जोशीले आफू सुरुवाती चरणमा गोर्खा मिडियामा

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ५९८ पटक पढिएको
  • दसैंको लागि अग्रिम टिकट नखुल्दा यात्रुहरू चिन्तित

    काठमाडौं–दसैं नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ, तर उपत्यका छाडेर घर फर्कन चाहने धेरै यात्रुहरू अग्रिम टिकट नपाउँदा चिन्तित छन् । यातायात व्यवस्था विभागको समन्वयमा बसको अग्रिम टिकट बुकिङ खुल्न नसक्दा उनीहरूले टिकट पाउन सकेका छैनन् । केही यातायात व्यवसायीहरूले भने आफ्नै हिसाबले बुकिङ सुरू गरेपछि टिकट काउन्टरहरूमा भीड बढेको छ । दसैंको समयमा करिब २० लाख मानिस उपत्यकाबाट बाहिरिने भएकाले अग्रिम बुकिङको माग उच्च छ । अग्रिम बुकिङ नखुल्दा यात्रु सहायता कक्षहरू पनि स्थापना हुन सकेका छैनन् । यातायात व्यवसायीहरू भने सडक पूर्वाधार चुस्त बनाउनुपर्ने अडानमा छन् । गत शनिबार भौतिक पूर्वाधारमन्त्र

    • प्रकाशित मितिः असोज ८, २०८१
    • ७४० पटक पढिएको
  • सहकारी ठगीमा रवि लामिछाने दोषी ठहर

    काठमाडौं–सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहितलाई दोषी ठहर गर्दै प्रतिवेदन तयार गरेको छ। समितिको रिपोर्टअनुसार, लामिछाने र अन्यले सहकारीको रकम दुरुपयोग गरेका छन्।समितिले पुष्टि गरेको छ कि गितेन्द्रबाबु (जीबी) राई, लामिछाने, र छविलाल जोशीले दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेका थिए। यस खातामा सहकारीबाट प्राप्त रकम चेकमार्फत खर्च गरिएको छ, जसमा लामिछानेको हस्ताक्षर पनि छ।लामिछानेले सहकारीको रकम दुरुपयोगमा संलग्नता नपाएको दाबी गरेका छन्, तर छानबिन समितिले उनले कम्पनीको वित्तीय व्यवस्थापनमा संलग्न रहेको प्रमाण प्रस्तुत

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • ५६१ पटक पढिएको
  • उपसभामुख हटाउने प्रक्रिया अघि बढाउन सत्तारूढ दलमा मतभेद

    काठमाडौं–सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउने प्रक्रिया अघि बढाउन दुई तिहाई सांसदको मत जुटाउन सकिनेमा आश्वस्त छैनन्।प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार नै रानाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका थिए। तर दुई तिहाई मत सुनिश्चित हुन नसक्ने र कांग्रेसभित्र आन्तरिक मतभेद देखिएपछि यो प्रक्रिया तत्कालका लागि रोकिएको हो।सत्तारूढ गठबन्धनमा भएका १८१ सांसदमध्ये दुई तिहाईका लागि आवश्यक २ मत अपुग भएपछि ओली र देउवा जनमत पार्टी र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई फकाउने प्रयासमा छन्।यद्यपि, कांग्रेसभित्र नेता शेखर को

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • ५४२ पटक पढिएको
  • मेलम्ची खानेपानी प्रकरण : पूर्वसचिवसहित चार दोषी, ११ सफाइ

    काठमाडौं–विशेष अदालतले मेलम्ची खानेपानी आयोजना अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको छ। यस प्रकरणमा निर्माण र परामर्शदाता कम्पनीहरू पनि दोषी ठहर भए, भने ११ जना सफाइ पाए।अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, दोषीहरूको सजाय असोज ७ गते निर्धारण गरिने छ। अदालतको इजलासमा अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेजनारायणसिंह राई तथा मुरारीबाबु श्रेष्ठ रहेका थिए।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० फागुन ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मेलम्ची खानेपानी समितिका तत्कालीन अध्यक्ष गजेन्द्रकुमार ठाकुर र कार्यकारी निर्देशक सूर्यराज कँडेललाई असुलउपर नगरेको

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • ७६६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.