राजनीति

    Showing 10,011-10,020 of 10,449 items.
  • एमाले स्थायी कमिटी बैठक स्थगित

    काठमाडौं / नेकपा एमालेको स्थायी कमिटी बैठकस्थगित भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे बैठक बोलाएका थिए ।पार्टी एकताका लागि माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग वार्ता चलिरहेका बेला बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।बरिष्ठ नेता माधव नेपाल पक्षले आजै केन्द्रीय कमिटी बैठक राखेपछि परिस्थिति हेरेरमात्र बैठक बस्नेगरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको कार्यालय सचिव शेरवहादुर तामाङले जनाएका छन् । उनका अनुसार बैठकका लागि चाँडै मिति तय गरिने छ ।

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 128 पटक पढिएको
  • आज स्थायी कमिटी बैठक बस्दै एमाले

    काठमाडौँ / नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बैठक बस्ने भएको हो । बुधबार स्थगन गरिएको बैठक आज बस्न लागिएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवनबारे छलफल हुनेछ ।एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक लगातार बस्दै आएको छ । यता आजै पार्टीका नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षको बैठक पनि बसिरहेको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०७८
    • 98 पटक पढिएको
  • पाँच दिनमा प्रि बजेट छलफल सक्न प्रदेश १ ले ल्यायो अध्यादेश

    काठमाडौँ  / प्रदेश १ सरकारले आर्थिक कार्यविधि ऐन संशोधन गर्न अध्यादेश ल्याएको छ । बजेट ल्याउनु १५ दिन अघि प्रि बजेट छलफल गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि प्रदेश सरकारले बजेट प्रस्तुत हुनुभन्दा ५ दिन अगाडि मात्रै प्रि बजेट छलफल गर्न मिल्ने गरी ऐन संशोधन गर्न अध्यादेश ल्याएको हो ।अध्यादेशबाट सरकार चलाउने प्रधानमन्त्रीको प्रदेश सरकारले भद्दा नक्कल गरेको भन्दै प्रदेश १ माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आपत्ति जनाएका छन् । कानुन छल्न र औपचारिकता पूरा गर्ने उद्देश्यले ल्याइएको अध्यादेश र अध्यादेश बमोजिम प्रदेशसभा नियामावली निलम्बन गर्ने र प्रदेशसभालाई निकम्मा बनाउने सरकारी रबैया कुनै प

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 124 पटक पढिएको
  • गिट्टी-बालुवा निर्यात गर्ने निर्णय खारेज गर्न प्रचण्डको माग

    काठमाडौँ  / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यापार घाटा कम गर्ने नाममा ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गरेका छन् ।अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत सरकारले बजेटमार्फत ल्याएको यो नीति कुर्सी बचाउने र तराइलाई मरुभूमिकरण गर्ने योजनाको हिस्सा भएको बताएका छन् । साथै उनले तराईलाई मरुभूमीकरण गर्ने राष्ट्र र जनविरोधी निर्णय तुरुन्त खारेज गरियोस् भन्दै माग गरेका छन् ।प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘असंवैधानिक सरकारले बजेट मार्फत ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने’ नाम मा कुर्सी बचाउने र तराइल

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 117 पटक पढिएको
  • मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याए अध्यादेशबाट बजेट ल्याउने

    काठमाडौँ  / नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइए संसद् अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने चेतावनी दिएको छ।बुधबार देखि सुरु भएको प्रदेशको वर्षे अधिवेशनमा सरकारको आधिकारिकताको प्रश्न तेर्साउदै विपक्षी दलहरु सरकारमाथि खनिएपछि एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले जस्केलाबाट मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याइए संसद् चल्न नदिने चेतावनी दिएका हुन् ।बैठकमा प्रदेशसभामा बोल्ने विपक्षी दलका नेताहरुले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको बताउँदै तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्न दबाब दिए । बहुमतका लागि ४१ जना

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 135 पटक पढिएको
  • आज पनि नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं / आज पनि नेकपा एमाले स्थायी कमिटी बैठक बस्दैछ । पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र त्यसका लागि लचकता अपनाउने निर्णय मंगलबारको बैठकले गरेको छ । तर, त्यो प्रयासले पार्टी २०७५ जेठ २ अघिको अवस्थामै पार्टी फर्केला भन्नेमा अझै नेताहरु विश्वस्त छैनन् ।आज बस्ने बैठकमा पनि पार्टी एकतालाई विषयमा छलफल हुने बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसा ४ बजे बोलाइएको हो ।ओली निकट एक नेताका अनुसार अन्तिमसम्म एकताका लागि लचक हुने र एकता भएपनि माधव नेपालसहित केही नेताहरु एकताका लागि अझै सम्भावना देखिएको छैन ।

    • प्रकाशित मितिः जेठ १९, २०७८
    • 108 पटक पढिएको
  • जसपाबाट अध्यक्ष ठाकुरसहित चार नेता निष्कासित

    काठमाडौँ / जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।पार्टीको कार्यकारिणी समितिको बैठकले चार नेतालाई निष्कासन गर्ने निर्णय गरेको नेता मोहम्मद इस्तियाक राइले जानकारी दिए । निष्कासित हुनेमा महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् । निष्कासितबारे यादव पक्षले निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको बताइएको छ ।यसअघि यादवले ठाकुर, महतो, कर्ण, शुक्ललाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएका थिए । तर, तीन दिन बित्दासम्म स्पष्टीकरणको जवाफ नआएपछि कारबाही गरिएको ह

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 218 पटक पढिएको
  • पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने ओली पक्षको निर्णय

    काठमाडौँ / नेकपा (एमाले)ले पार्टी एकताका जोगाउन अन्तिम समयसम्म जारी राख्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक एकताबारे छलफल गर्दै एकता बचाउनका लागि अन्तिम समयसम्म पनि जारी राखिने निष्कर्ष निकालेको हो । एकता सकेसम्म जोगाउन सकियोस् भनेर छलफल गरिरहेको बताउँदै धेरैभन्दा धेरै साथी पार्टीमा रहनुहोस् भन्ने प्रयास जारी नै रहेको पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।उनका अनुसार यसअघि पार्टीले स्पष्टीकरण सोधेका १२ जनाका बारेमा केही निर्णय भएको छैन । “धेरैभन्दा धेरै साथीहरु पार्टीको मूल नेतृत्वमा अडियून् भन्ने हाम्रो प्रया

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 327 पटक पढिएको
  • संवैधानिक इजलास पुन: गठन हुने : जेठ २३ गते सुनुवाइ

    काठमाडौँ / सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन विरुद्धका रिट निवेदनमाथि यही जेठ २३ गते सुनुवाइ हुने भएको छ । संवैधानिक इजलास गठनसम्बन्न्धी विवाद भएपछि नयाँ इजलास गठन गरी उक्त विषय सुनुवाइ गर्न पेशी तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर  जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास  थियो । इजलासबाटै प्रधानन्यायाधीश जबराले भने, “अब वरिष्ठताका आधारमा न्यायाधीश तोकर संवैधानिक इजलास गठन गरिन्छ ।” शुक्रबारदेखि प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमा सुनुवाइ शुरु भए पनि इजलास गठनकै विषयमा व

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 243 पटक पढिएको
  • बालुवाटारमा एमाले स्थायी कमिटी बैठक शुरु

    काठमाडौँ / नेकपा (एमाले)ले स्थायी कमिटी बैठक शुरु भएको छ । पटकपटक सारिएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज केहीबेर अघि शुरु भएको हो । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा यही जेठ १५ गते प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८र०७९को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुँदैछ ।

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • 106 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.