राजनीति

    Showing 10,091-10,100 of 10,449 items.
  • राष्ट्रियसभा उपनिर्वाचनको मतदान सम्पन्न

    काठमाडौँ / वामती प्रदेशमा रिक्त  राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ १०५  र स्थानीय तहतर्फ २३३  गरी  ३३८ जनाले मतदान गरेको निवाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।निर्वाचनमा प्रदेशसभा सदस्य ११० र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी  ३४८  मतदाता  थिए । निर्वाचनमा कोरोना भाइरस संक्रमित २५ मतदाताले भाग लिनुभएको थियो । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तह सदस्यतर्फको मतभार १८ छ ।मतगणना व्यवस्थित गर्न  थप निर्देशनसमेत निर्वाचन अधिकृतलाई आयोगब

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 102 पटक पढिएको
  • सर्वोच्चले गरीदियो पूर्व माओवादी सात मन्त्रीलाई पदमुक्त

    काठमाडौं  /  सर्वोच्च अदालतले माओवादीबाट एमाले प्रवेशगरी मन्त्रीबनेकाहरुको पद खारेज गरिदिएको छ । गैर सांसदलाई मन्त्री नियुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा सुनुनवाई गर्दै सर्वोच्चले नियुत्ति बदर गर्ने फैसला गरेको हो ।सर्वोच्चको फैसलासँगै गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले संविधानको धारा ७८ अनुसार गैर संसद एक पटकलाई बढीमा ६

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 781 पटक पढिएको
  • राष्ट्रियसभा उपनिर्वाचनको मतदान शुरु

    वाग्मती / राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान प्रक्रिया शुरु भएको छ । बिहान ९ः०० बजे वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेर प्रक्रिया शुरु गरेका हुन् । उनीसँगै मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदानका लागि लामबद्ध भएका छन् ।हेटौँडाको भूटनदेवी माध्यमिक विद्यालयमा निर्धारण गरिएको निर्वाचन केन्द्रमा प्रदेशसभा सदस्यका लागि उपकेन्द्र ‘क’, स्थानीय तहका प्रमुख उपप्रमुखका लागि ‘ख’ र कोरोना सङ्क्रमित मतदाताका लागि ‘ग’ गरी तीनवटा उपकेन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा प्रदेशसभा सदस्य ११० मध्ये १०९ र स्थानीय तहका २३८ गरी जम्मा ३४७ मतदाता रह

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 91 पटक पढिएको
  • स्थायी कमिटी बैठक बस्दै एमाले

    काठमाडौँ / नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ः०० बजे बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।उनका अनुसार बैठकमा सरकारले प्राप्त गर्ने विश्वासको मत, राष्ट्रियसभा सदस्य उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 106 पटक पढिएको
  • उपनिर्वाचनको मतदान शुरु हुँदै, नतिजा आजै आउने

    काठमाडौँ / वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ । शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८  मतदाता छन् । निर्वाचनमा प्रदेशसभ

    • प्रकाशित मितिः जेठ ६, २०७८
    • 112 पटक पढिएको
  • गण्डकीमा मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री नियुक्त

    पोखरा  / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले पुरानै अनुहारलाई दोहोर्‍याउनका हुन् ।उनीहरूलाई मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीता पौडेलले सपथ ग्रहण गराएका छन् । शपथ लगत्तै मन्त्रिपरिषद्को बैठक राखी उनीहरुलाई पुरानै मन्त्रालयको जिम्मेवारी तोकिने भएको छ ।युवा तथा खेलकुद मन्त्रीमा मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’, अर्थमन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधारमा रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन पुनर्नियुक्त भएका हुन् ।पुन : र्नियुक्त भएका मन्त्री मनाङे भने

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 98 पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा थापालाई विजय गराउन आग्रह

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेता रामबहादुर थापालाई विजय गराउन आग्रह गरेका छन्।  उनले आज अपिल जारी गर्दै यही जेठ ६ गते हुने उपनिर्वाचनमा नेकपा (एमाले(का तर्फबाट उम्मेदवार गृहमन्त्री थापालाई सूर्य चिह्नमा मतदान गरी जिताउन सबै मतदातालाई आग्रह गरेका हुन् । वाग्मती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त एक पदका लागि बिहीबार निर्वाचन हुँदैछ । उक्त पदमा थापा सहित डा खिमलाल देवकोटाको उम्मेदवारी परेको छ । डा देवकोटालाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र  जनता समाजवादी पार्टीको सहयोग छ । निर्वाचनमा प्रदेश

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 113 पटक पढिएको
  • मन्त्रिपरिषद विस्तारको तयारीमा गण्डकी प्रदेश

    पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बुधबार मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् । सबैभन्दा ठूलो दलको हैसियतले २९ बैशाखमा दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन् ।बुधबार थप तीन जना मन्त्री थप्ने तयारी गरेको मुख्यमन्त्री गुरुङको सचिवालयले जनाएको छ । तर, को को मन्त्री बन्दैछन् भन्ने खुलाइएको छैन । स्रोतका अनुसार गुरूङले अर्थमन्त्री, भौतिक र पूर्वाधार विकास मन्त्री दोहोर्याउँदैछन् ।बैशाख २७ मा संसदमा आफूमाथि पेश अविश्वासको प्रस्तावमा मतदान हुने पक्का भएपछि २६ गते नै राजीनामा दिएका मुख्यमन्त्री गुरूङले १ महिनाभित्र विश्वासको

    • प्रकाशित मितिः जेठ ५, २०७८
    • 89 पटक पढिएको
  • राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी

    देउखुरी / राष्ट्रियसभाका उपनिर्वाचनमा  लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने  निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् । उनी नेकपा (माओवादी) बाट एमालेमा प्रवेश गरेका थिए ।  नेपाली कांग्रेस, माओवादी , जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।  उनी लुम्बिनी प्रदेशसभा सदस्यमा एमालेका तर्फबाट निर्वाचित भएका थिए । प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नु अघि उनी काङ्ग्रेस पार्टीमा आवद्ध थिए । दाङस्थित मुख्य निर्वाचन

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 128 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीको शपथसम्बन्धी विवादमा परेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पुनः शपथग्रहण गर्न नपर्ने भएको हो ।आदेशमा महान्यायाधिवक्ता कार्यालयमाफर्त १५ दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ । वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरू लोकेन्द्र ओली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल गरी छुट्टाछुट्टै चारवटा रिट निवेदन सोमबार दर्ता भएको हो ।  रिट निवेदनमा प्रधानमन्त्री ओलीले लिएको शपथम

    • प्रकाशित मितिः जेठ ४, २०७८
    • 203 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.