राजनीति

    Showing 1,011-1,020 of 10,427 items.
  • सीमित स्रोतबीच प्राथमिकताका आधारमा कृषि क्षेत्रको बजेट विनियोजन गरिएको हो, मन्त्री चौधरी

    काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि मन्त्रालयको बजेट सीमित स्रोतबीच प्राथमिकताका आधारमा विनियोजन गरिएको स्पष्ट पारेकी छन् ।बुधबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री चौधरीले राष्ट्रिय स्रोतमा परेको चापका कारण मन्त्रालयको बजेट अपेक्षाकृत कम देखिएको बताइन्। उनका अनुसार मन्त्रालयले बजेट तथा कार्यक्रम सिलिङभित्र रहेर प्रस्ताव तयार गरेको हो। उनले भनिन्, ‘कृषि क्षेत्रमा भएको बजेट विनियोजन पर्याप्त हुन नसकेको विषयमा मेरो पनि समान बुझाइ रहेको छ।’ आगामी आर्थिक वर्षका लागि संघीय निकाय तर्फ ६० अर्ब ३० करोड, प्रदेश सशर्त अनुदान त

    • प्रकाशित मितिः असार ३, २०८३
    • 200 पटक पढिएको
  • ‘फ्री भिसा, फ्री टिकट’ केवल नारामै सीमित ? विदेश जान श्रमिकलाई अझै १ लाख ३४ हजार खर्च !

     काठमाडौं । सरकारले वर्षौंदेखि ‘फ्री भिसा, फ्री टिकट’ को नीति लागू गरेको दाबी गरिरहे पनि वैदेशिक रोजगार व्यवसायीहरूले त्यसलाई व्यवहारमा असफल भएको बताएका छन्। उनीहरूका अनुसार मलेसिया र खाडी मुलुकमा रोजगारीका लागि जाने एक नेपाली श्रमिकले अहिले पनि औसतमा १ लाख ३४ हजार रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने अवस्था छ।व्यवसायीहरूले सार्वजनिक गरेको विवरणअनुसार राहदानी, स्वास्थ्य परीक्षण, अभिमुखीकरण तालिम, बीमा, सामाजिक सुरक्षा कोष, भिसा प्रक्रिया, यातायात र हवाई टिकटलगायतका शीर्षकमा ठूलो रकम खर्च हुने गरेको छ। त्यसमा म्यानपावर कम्पनीको सेवा शुल्क जोड्दा कुल लागत १ लाख ३४ हजार रुपैयाँभन्दा माथि पुग्ने

    • प्रकाशित मितिः असार ३, २०८३
    • 141 पटक पढिएको
  • एमालेभित्रको बहस चर्किँदा पोखरेलको दाबी: पुनर्गठन अभियान अब कसैले रोक्न सक्दैन

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले पार्टीभित्र सञ्चालन भइरहेको पुनर्गठन अभियान कुनै पनि आरोप, आलोचना वा अवरोधका बाबजुद सफल हुने बताएका छन्।सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले पार्टीलाई थप सुदृढ, व्यवस्थित र जनअपेक्षाअनुसार रूपान्तरण गर्ने उद्देश्यका साथ अभियान अघि बढाइएको उल्लेख गरेका छन्। उनले एमाले कार्यकर्ता र समर्थकहरूको साथले अभियानले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरेका छन्।पोखरेलले व्यक्तिगत कारणले अभियानका कार्यक्रममा प्रत्यक्ष सहभागी हुन नसकेको पनि बताएका छन्। उनकी धर्मपत्नी मीराको स्वास्थ्यमा समस्या देखिएकाले उपचार र पारिवारिक जिम्मेवारीमा

    • प्रकाशित मितिः असार ३, २०८३
    • 180 पटक पढिएको
  • महाधिवेशनका लागि रास्वपाले तोक्यो ५ हजार शुल्क, ३ हजार प्रतिनिधि सहभागी हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनका लागि प्रतिनिधि र पर्यवेक्षकको शुल्क निर्धारण गरेको छ। पार्टीले महाधिवेशन प्रतिनिधिबाट ५ हजार रुपैयाँ र पर्यवेक्षकबाट २ हजार रुपैयाँ अतिरिक्त शुल्क लिने निर्णय गरेको हो।रास्वपाका अनुसार महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ। आर्थिक अवस्था कमजोर भएका सदस्यहरूलाई सहभागी हुन सहज बनाउन सहायता कोषसमेत सञ्चालन गरिने जनाइएको छ।पार्टीको पहिलो महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुँदैछ। रास्वपा स्थापना भएको चार वर्ष पूरा भएको अवसर पारेर महाधिवेशन गर्न लागिएको हो।महाधिवेशन व्यवस्थापनका लागि मूल

    • प्रकाशित मितिः असार ३, २०८३
    • 171 पटक पढिएको
  • संसदमा हर्क साम्पाङको अडान कायमै वेल घेराउपछि सभामुखको हस्तक्षेप

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले वेल घेराउ गरेपछि केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको छ।बुधबार विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिइरहेका थिए। सोही क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले मन्त्रीको जवाफपछि थप स्पष्टीकरण माग्ने प्रयास गरेका थिए।तर, कार्यसूचीअनुसार प्रक्रिया अघि बढाउनुपर्ने भन्दै सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न अनुमति दिएनन्। त्यसपछि असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीका सांसदहरू बैठक कक्षको वेलमा पुगेका थिए।वेल घेराउ भएपछि सभामुख अर्यालले सांसदहरूला

    • प्रकाशित मितिः असार ३, २०८३
    • 194 पटक पढिएको
  • संसदमा अभिव्यक्तिलाई लिएर फेरि विवाद, सांसदहरूबीच आरोप–प्रत्यारोप

    काठमाडौं । प्रतिनिधिसभा बैठकमा सांसदहरूले दिएको अभिव्यक्तिलाई लिएर फेरि विवाद देखिएको छ। बुधबारको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले एकअर्काका भनाइप्रति आपत्ति जनाएका हुन्।नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै दिएको अभिव्यक्तिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद गणेश कार्कीले विरोध जनाए। उनले संसद् नियमावलीविपरीत टिप्पणी गरिएको भन्दै उक्त भनाइ अभिलेखबाट हटाउन माग गरे।  कार्कीको आपत्तिपछि सभामुखले पनि सम्बन्धित अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै सांसदहरूलाई संसदीय मर्यादा र नियम पालना गर्न आग्रह गरे।यस्तै, नेकपा एमाल

    • प्रकाशित मितिः असार ३, २०८३
    • 105 पटक पढिएको
  • होल्डिङ सेन्टरका सुकुम्बासीको अवस्था प्रति चिन्ता संसदमा आवाज उठाए केसीले

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीहरूले खाना नपाएको र बालबालिकाहरूको पढाइसमेत प्रभावित भएको विषय संसदमा उठाएका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सरकारको सुकुम्बासी व्यवस्थापन अभियान मानवीय संवेदनाभन्दा बाहिर गएको टिप्पणी गरे। विभिन्न स्थानमा विस्थापित परिवारहरू भोकभोकै बस्न बाध्य भएको र बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएको उनले बताए।केसीले पछिल्ला केही घटनाले सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरे। कीर्तिपुरमा भोजराज दर्जीको मृत्यु, बागमतीमा हामफालेका इन्द्रबहादुर राई, झुन्डिएको अवस्थामा भ

    • प्रकाशित मितिः असार ३, २०८३
    • 83 पटक पढिएको
  • सभामुखसँग हाँसेको विषयलाई लिएर महिला सांसदमाथि भइरहेको टिप्पणीप्रति एमालेको आपत्ति

    काठमाडौं । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सामाजिक सञ्जालमा महिला सांसदहरूलाई लक्षित गरेर भइरहेको साइबर बुलिङप्रति चिन्ता व्यक्त गरेकी छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सभामुखसँग सामान्य रूपमा हाँसेको विषयलाई अनावश्यक रूपमा उचालेर महिला सांसदहरूको चरित्रमाथि प्रश्न उठाइएको बताइन्। यस्तो प्रवृत्तिले महिला प्रतिनिधिहरूलाई असहज बनाएको उनको भनाइ थियो।बरालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि नेपालमा त्यसअनुसार मूल्य समायोजन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। उनले राजनीतिक र संसदीय गतिविधिमा दोहोरो मापदण्ड देखिएको आरोपसमेत लगाइन्। सत्ता पक्षका नेताहरूका विवादा

    • प्रकाशित मितिः असार ३, २०८३
    • 170 पटक पढिएको
  • भारतमाथिको निर्भरताले थलियो नेपाली चिया उद्योग

    विराटनगर । भारतले नेपाली चियाको आयातमा कडाइ गरेपछि पूर्वी नेपालका चिया उद्योग संकटमा परेका छन्। इलामका ५३ वटा चिया उद्योग बन्द भइसकेका छन् भने झापाका थप ३६ उद्योग पनि बन्द हुने तयारीमा छन्।चिया टिप्ने मुख्य सिजनमै उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो पत्ती बेच्न सकेका छैनन्। धेरै ठाउँमा किसानले बोटमै चिया खेर फाल्नुपर्ने अवस्था आएको छ।उद्योग बन्द हुँदा करिब ७० हजार मजदुरको रोजगारीसमेत प्रभावित भएको छ। मजदुर संगठनका नेताहरूले मजदुर र उनीहरूका परिवारको दैनिकी नै संकटमा पर्ने चेतावनी दिएका छन्।चिया व्यवसायीहरूका अनुसार भारतले गुणस्तर परीक्षणको नाममा नयाँ प्रक्रिया लागू गरेपछि नेपाली चिया

    • प्रकाशित मितिः असार ३, २०८३
    • 90 पटक पढिएको
  • उच्च अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो स्सेफ सन्तोष साह

    काठमाडौं । बिबिसी मास्टरसेफका प्रतिस्पर्धी तथा चर्चित नेपाली सेफ सन्तोष साहले आफ्नो पक्राउ प्रकरणबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका कतिपय कुराहरु भ्रमपूर्ण रहेको प्रष्ट पारेका छन् ।बुधबार पत्रकार सम्मेलन गर्दै साहले विवादित ४ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नुपर्ने भन्दै जिल्ला अदालत काठमाडौँले गरेको फैसलाविरुद्ध उच्च अदालत जाने तयारी भइरहेका बेला हदम्याद बाँकी हुँदाहुँदै आफुलाई पक्राउ गरिएको आरोप लगाएका छन् । एक महिना अघि पक्राउ पूर्जी आएपनि आफू भद्रकाली परिसरमा जाँदा किन पक्राउ नगरी जनकपुरबाट पक्राउ गर्ने काम भयो भन्ने उनले आशंका व्यक्त गरेका छन् ।  उनले सिला रेष्टुरेन्टको सम्पत्

    • प्रकाशित मितिः असार ३, २०८३
    • 181 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.