काठमाडौं । नेकपा एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुर्याएको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले नेपालको इतिहास, राष्ट्रियता र पुर्खाहरूको योगदान स्मरण गर्दै देशको सार्वभौमिकता र भूगोलप्रति संवेदनशील हुनुपर्ने धारणा राखे । उनले नेपाली वीर पुर्खाहरू अमरसिंह थापा, भक्ती थापा, बलभद्र कुँवर लगायतले देशको रक्षाका लागि गरेको योगदान स्मरण गर्दै नेपालको भूमि उनीहरूको बलिदानबाट प्राप्त भएको बताए । उनले भने, ‘मलाई आज इतिहासको सम्झना आइरहेको छ । म बाघको डोमरु हुँ सिनो खाने कुकुर होइन यो अभिव्यक्ति हाम्रा विरपुर्खा अमरसि
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालको पूर्व राजनीतिक आबद्धतालाई जोड्दै आचरणमाथि प्रश्न उठाएका छन्।बुधबार बसेको बैठकमा उनले सभामुखलाई पूर्व पार्टीसँगको सम्बन्ध अझै पूर्ण रूपमा विच्छेद हुन नसकेको हो भन्दै प्रश्न गरे। उनले भने,‘मलाई सभामुखसँग प्रश्न छ । यो गरिमामय कुर्सीमा बस्नु पहिला एउटा पार्टीमा आबद्ध हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म पहिलेको जो पार्टी थियो रास्वपा त्योसँगको नाभि काट्न सक्नुभएको छैन कि के हो रुयहाँले सम्पूर्ण सदनको अविभावकको रुपमा यसको सम्मान बढाउने हो ।’ राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद यादवको अभिव्यक
काठमाडौं । राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेल र कठिन परिस्थितिमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सरकारसँग माग गरेकी छन्।प्रतिनिधिसभामा बोल्दै उनले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका धेरै नेपाली महिला अमानवीय पीडा भोग्न बाध्य भएको बताइन्। उद्धार गरिएकी एक नेपाली महिलाको अनुभव उद्धृत गर्दै उनले कुवेतका जेलमा अझै सयौँ नेपाली महिला रहेको र कतिपयले मानसिक सन्तुलनसमेत गुमाएको दाबी गरिन्।अवैध माध्यमबाट कुवेत पुगेका करिब ६५ हजार नेपाली महिला जोखिममा रहेको उल्लेख गर्दै उनले उनीहरूको सुरक्षित स्वदेश फिर्ताका लागि सरकारले तत्काल प्रभावकारी पहल गर्नुपर्ने बताइन्।
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवम् छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ ।मन्त्रालयका अनुसार २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा सुदीप भट्टराईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गर्न भनिएको छ । छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गर
काठमाडौं। महिला फुटबल टोलीलाई एशियाली खेलकुदमा सहभागी गराउन एमाले प्रमुख सचेतक ऐनबहादुर महरले सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधिसभामा बोल्दै उनले बजेट अभावको बहानामा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित गर्न नहुने बताए। भिसा प्रक्रियाका लागि राहदानीसमेत सङ्कलन भइसकेको अवस्थामा तत्काल आवश्यक बजेट व्यवस्थापन गर्न उनले माग गरे।त्यस्तै, सन् २०२६ को विश्वकप फुटबल हेर्न दर्शकसँग ९९९ रुपैयाँ अतिरिक्त शुल्क उठाउने विषयको पनि उनले विरोध गरे। आम नेपालीले राष्ट्रिय टेलिभिजनमार्फत निःशुल्क रूपमा विश्वकप हेर्न पाउने व्यवस्था गर्न सरकारसँग उनले आग्रह गरेका छन्।
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं र राप्रापा परित्याग गरेका धवल शम्शेर राणा नयाँ राजनीतिक दल गठनको तयारीमा जुटेका छन्। यसका लागि उनीहरूले २४ वटा विभिन्न समिति गठन गरेका छन्।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेका प्रसाईं र राप्रपा परित्याग गरेका राणाले नयाँ पार्टी स्थापना गर्ने तयारीस्वरूप जिम्मेवारी बाँडफाँट तथा परिचयात्मक कार्यक्रमसमेत सम्पन्न गरेका छन्। गठन गरिएका समितिमध्ये कार्यदल समितिको संयोजकमा मुकुन्द श्याम गिरी, वार्ता समितिमा राजु आचार्य, सचिवालय समितिमा सगुन सुन्दर लावती र विधान मस्यौदा समितिमा माधव कल्पितलाई जिम्मेवारी दिइएको छ
काठमाडौं— विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक सञ्जीव गौतम लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठ को इजलासले गौतमलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने निर्णय गरेको हो।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अनियमितता तथा आर्थिक हिनामिना भएको अभियोगमा अदालतले गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको जनाएको छ।अदालतको आदेशमा मुद्दासम्बन्धी प्रमाणहरूको परीक्षण तथा मूल्याङ्कनका आधारमा अन्तिम फैसला हुने भएकाले हालका लागि प्रतिवादी गौतमलाई थुनुवा
काठमाडौं— संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ ।आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकहरूमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूमा मन्त्रीहरूले जवाफ दिनेछन
काठमाडौं । पछिल्लो निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा आएपछि नेकपा ९एमाले० ले देशव्यापी चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियान सुरु गरेको छ। कोशी प्रदेशबाट सुरु भएको अभियानलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गरेका काम जनतासम्म पुर्याउन नसक्दा ठूलो राजनीतिक क्षति बेहोर्नुपरेको स्वीकार गरेका छन्।“काम गर्यौं, तर जनतालाई बुझाउन सकेनौं। विरोधीको प्रचारको प्रतिवाद गर्न पनि चुक्यौं,” ओलीको भनाइ थियो। एमालेले संगठनात्मक कमजोरी, कार्यकर्ता परिचालन, नेतृत्व शैली र पार्टी संरचनाबारे सुझाव संकलन गर्दै आगामी निर्वाचनलाई लक्षित गरेर संगठन सुधार अभियान अघि बढाएको छ।उपाध्यक्ष रामबहादु
काठमाडौं । प्रतिनिधिसभामा बजेटमाथिको बहस चलिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलाल सरकारमाथि कडा रूपमा प्रस्तुत भएका छन्।मंगलबार संसदमा बोल्दै दुलालले बजेटमा योजना स्पष्ट रूपमा नदेखिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए। उनले आरोप लगाए कि सांसदहरूले मन्त्रालयमा दर्ता गराएका धेरै योजना रातो किताबमा समावेश गरिएनन्। बरु सरकारले ब्लक बजेट को नाममा रकम राखेर वास्तविक योजना लुकाउने काम गरेको छ।दुलालले बजेट विनियोजन प्रक्रिया पारदर्शी र जवाफदेही हुनुपर्नेमा जोड दिँदै विकासका योजनाहरू स्पष्ट रूपमा सार्वजनिक गर्न सरकारलाई आग्रह गरे। उनले विगतका सरकारहरूले देशको विकासका लागि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.