राजनीति

    Showing १,१५१-१,१६० of १०,४६४ items.
  • गृहमन्त्री फर्किए तर किन आएन प्रतिवेदन ? कांग्रेसले माग्यो सार्वजनिक जवाफ

    काठमाडौं । गृहमन्त्रीमा पुनः नियुक्ति भइसके पनि उनीमाथि भएको छानबिनको निष्कर्ष अझै गोप्य छ। यही विषयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मै सरकारसँग जवाफ मागेको छ। कांग्रेसले प्रश्न गरेको छ– यदि प्रतिवेदन तयार भइसकेको हो भने किन सार्वजनिक गरिँदैन ? गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित छानबिन प्रतिवेदन सार्वजनिक गर्न नेपाली कांग्रेसले सरकारमाथि दबाब बढाएको छ। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद भरत खड्काले सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन किन लुकाइएको भन्दै प्रश्न उठाएका हुन्। उनका अनुसार प्रतिवेदन बुझाइएको एक साता बितिसक्दा पनि सरकारले त्यसबारे कुनै जान

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • १४५ पटक पढिएको
  • निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै व्यापार र प्रसारणमा पनि सहभागी गराउनुपर्छ मन्त्री श्रेष्ठ

    काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री बिराज भक्त श्रेष्ठले सुशासन र परिवर्तनप्रति जनअपेक्षा उच्च रहेको हुनाले त्यसलाई सम्बोधन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । इप्पानको २६ औं साधारण सभा तथा ८ औं अधिवेशनमा बोल्दै उनले अब आउने नयाँ नेतृत्वले विद्युत् उत्पादनसँगै विद्युत् व्यापार र प्रसारण क्षेत्रमा पनि निजी क्षेत्रलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेका हुन् । उनले भने, ‘अब आउने ईप्पानको नयाँ नेतृत्व विद्युत् उत्पादनसँगै व्यापार र प्रसारण क्षेत्रमा पनि निजी क्षेत्रलाई अब्बल बनाउँछ भनेर विश्वास लिएको छु । सुशासन र परिवर्तनप्रति जनअपेक्षा उच्च छ । यसलाई सम्बोधन गर्न वर्तम

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • २३३ पटक पढिएको
  • ट्रम्पको नयाँ दाबीपछि इरान–अमेरिका तनावमा नरम संकेत, युद्धको खतरा तत्कालका लागि टर्‍यो

    काठमाडौं । मध्यपूर्वमा युद्धको जोखिम बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो दाबीले नयाँ राजनीतिक मोड ल्याएको छ। ट्रम्पले इरानको नेतृत्व आणविक कार्यक्रमबारे नयाँ समझदारीतर्फ सकारात्मक बनेको दाबी गर्दै प्रस्तावित सैन्य कारबाही रोकिएको बताएका छन्।ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानले भविष्यमा आणविक हतियार नबनाउने मात्र होइन, त्यस्ता हतियार प्राप्त नगर्ने प्रतिबद्धतासमेत जनाएको दाबी गरे। यद्यपि, इरान सरकारले भने यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।केही दिनअघि मात्रै इरानमाथि हवाई आक्रमण र रणनीतिक तेल केन्द्रमाथि कारबाहीको चेतावनी दिएका ट्रम्पले अहिले वार्

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • ३४४ पटक पढिएको
  • कांग्रेसको सदस्यता अभियानमा उत्साह, ५ लाख ३८ हजार सदस्य अद्यावधिक

    काठमाडौं । नेपाली कांग्रेसले देशभर सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा उल्लेखनीय सहभागिता देखिएको छ। पार्टीका अनुसार हालसम्म पाँच लाख ३८ हजारभन्दा बढी सदस्यको क्रियाशील सदस्यता अद्यावधिक भइसकेको छ।कुल सात लाख ८२ हजार २०९ जना सदस्य अद्यावधिकका लागि योग्य रहेकामा पाँच लाख ३८ हजार ६२२ जनाले प्रक्रिया पूरा गरेका छन्। यस्तै, एक लाख ४९ हजारभन्दा बढी सदस्यले फारम बुझाएर अद्यावधिक प्रक्रियामा सहभागिता जनाएका छन्।कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दुर्गम हिमाली तथा पहाडी क्षेत्र, इन्टरनेट पहुँच कम भएका जिल्लाहरू र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा सदस्यता अद्यावधिक कार्य

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • १०५ पटक पढिएको
  • अर्थमन्त्रीको अभिव्यक्तिप्रति वर्षमानको आपत्ति, ‘सांसदलाई दबाब दिने शैली स्वीकार्य छैन’

    काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले अर्थमन्त्रीले सांसदहरूलाई सम्मानजनक व्यवहार गर्नुको सट्टा दबाब र धम्कीको संकेत दिने शैलीमा प्रस्तुत भएको आरोप लगाए।प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा बोल्दै पुनले करका दर हेरफेर र सूचना चुहावटसम्बन्धी विवादमा अर्थमन्त्रीको जवाफ अस्वाभाविक रहेको बताए। उनका अनुसार विगतका सरकारका निर्णयहरूलाई जोडेर वर्तमान विषयलाई बचाउ गर्न खोजिएको देखिएको छ। “पहिलाका फाइल खोजेर छानबिन गर्छौं, उनीहरूले धेरै गल्ती गरे, हामीले कम मात्रै गर

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • १७१ पटक पढिएको
  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्ने तय भएको छ।बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ। नियमित कार्यसूचीसँगै समसामयिक विषयमा छलफल हुने र विभिन्न प्रशासनिक तथा नीतिगत निर्णयहरू गरिने अपेक्षा गरिएको छ।सरकारले बैठकका एजेन्डाबारे औपचारिक जानकारी सार्वजनिक नगरे पनि मन्त्रालयगत प्रस्तावहरू, नियुक्ति तथा अन्य आवश्यक निर्णयहरू बैठकबाट टुंगो लगाइने सम्भावना रहेको छ।

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • २३३ पटक पढिएको
  • सभामुख सरकारको प्रतिरक्षा र विपक्षीसँग बहसमा उत्रिएको एमाले महासचिव पोखरेलको आरोप

    काठमाडौं— नेकपा एमालेका महासचिव शंकर पोखरेलले सभामुख डिपी अर्याल सरकारको प्रतिरक्षा र विपक्षीसँग बहसमा उत्रिएको आरोप लगाएका छन् ।सामाजिक सञ्जालमा टिप्पणी गर्दै महासचिव पोखरेलले संसदीय खेलका खेलाडी सांसदहरुनै भएकाले सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित नभएको टिप्पणी गरेका हुन् ।उनले भनेका छन् 'सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन। संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् ।'

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • ४३६ पटक पढिएको
  • अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार

    काठमाडौं— अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।शिक्षा मन्त्रालयले बिहीबार गृह मन्त्रालयलाई पठाएको पत्रमार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातहरूमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो ।मन्त्रालयका अनुसार काठमाडौँस्थित वाल्मिकी विद्यापीठको नामबाट ‘एकेडेमिक अध्ययन भिसाका लागि सिफारिस सम्बन्धमा’ भन्ने विषयको पत्र प्राप्त भएपछि

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • ४१९ पटक पढिएको
  • कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

    काठमाडौँ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका जनाएको छ ।त्यसैगरी, एक लाख ४९ हजार ३०९ सदस्यले स्वयम् अद्यावधिक फाराम पेस गरिसकेका छन् । उनीहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक हुने प्रक्रियामा छ ।उक्त पार्टीले केहीबेरअघि जारी गरेको विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न यही जेठ २८ गते राति १२ बजेसम्मको समयसीमा निर्धारण गरिएकामा अर्को सूचना जारी नभएसम्म क्रियाशील सदस्यता वितरणको म्याद बढाइएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • १८३ पटक पढिएको
  • प्रधानमन्त्री वालेन्द्र शाहलेबोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज दिउँसो २ बजे मन्त्रिपरिषद्‌को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बस्नेछ ।

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • १७८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.