राजनीति

    Showing 1,191-1,200 of 10,427 items.
  • बहुमतको दम्भ नदेखाउन सरकारलाई लिङ्देनको चेतावनी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार बहुमतको आडमा संवैधानिक सीमा नाघ्ने दिशातर्फ गएको आरोप लगाएका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै लिङ्देनले प्रतिपक्ष कमजोर देखिए पनि शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको व्यवस्थामाथि हस्तक्षेप गर्न नहुने बताएका हुन्। उनले संसद्मा संख्या धेरै हुनु भनेको राज्यका सबै निकायमाथि प्रभाव जमाउने छुट नभएको भन्दै सरकारलाई संवैधानिक मर्यादा भित्रै रहेर काम गर्न सुझाव दिए।लिङ्देनले वैदेशिक सम्बन्धजस्तो संवेदनशील विषयमा पनि सरकार र राजनीतिक दलहरूले परिपक्वता देखाउन

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 73 पटक पढिएको
  • सुदूरपश्चिममा सरकार जोगाउन मन्त्रीहरुको फेरबदल ,असन्तुष्टि मत्थर पार्न पालैपालो मन्त्री बनाउने रणनीति

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा सत्ता समीकरण जोगाउन मन्त्रिमण्डल हेरफेरको तयारी गरिएको छ। कांग्रेस र एमालेले आफ्नै मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई सरकारमा पठाउने निर्णय गरेका छन्।पार्टीभित्र बढ्दो असन्तुष्टि र मन्त्री बन्ने आकांक्षा व्यवस्थापन गर्न दुवै दलले पुराना मन्त्री हटाएर नयाँ सांसदलाई अवसर दिन लागेका हुन्। केही समयअघि मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध कांग्रेसकै सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेपछि सरकारमाथि दबाब बढेको थियो।यही दबाब कम गर्न र असन्तुष्ट पक्षलाई सरकारमै समेट्न अहिले मन्त्री फेरबदलको कदम चालिएको राजनीतिक वृत्तमा चर्चा छ। नयाँ मन्त्रीहरूको नामावली आजै सा

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 86 पटक पढिएको
  • राप्रपाको केन्द्रीय समिति बैठक असार ५–६ गते बस्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठकको मिति परिवर्तन गरेको छ।यसअघि जेठ २८ र २९ गतेका लागि तय गरिएको बैठक अब असार ५ र ६ गते काठमाडौंमा बस्ने पार्टीले जनाएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ का अनुसार विशेष कारणले बैठकको मिति सारिएको हो।बैठकमा राजनीतिक, आर्थिक तथा सचिवालयसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिनेछ। साथै वर्तमान राजनीतिक अवस्थाको समीक्षा, संविधान संशोधनबारे पार्टीको धारणा, संगठन विस्तार तथा सुदृढीकरणका विषयमा छलफल हुनेछ।राप्रपाले सबै तहका अधिवेशन, आगामी महाधिवेशनको तयारी र महाधिवेशनको मिति निर्धारणसम्बन्धी निर्णय पनि यही बैठकबाट गर्ने जनाएको छ।

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 227 पटक पढिएको
  • परराष्ट्रमन्त्री खनाल जेठ ३१ मा चीन भ्रमणमा जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ मा चीन भ्रमणमा जाने समय तय भएको छ । असार १ र २ गते उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ ।भ्रमण सकेर मन्त्री खनाल १७ तारिखमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 314 पटक पढिएको
  • आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । प्रतिनिधि सभाको १८ औँ बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल र विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची छ।सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । बजेटमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची छ।उनले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै विधेयक संसद्मा प्रस्तुत गर्नेछन् । यसैगरी, अर्थमन्त्रीले ‘राष्ट्र

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 385 पटक पढिएको
  • रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक शुरु भएको छ ।बैठक संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बैठक सुरु भएको हो । बैठकमा नेपाली कांग्रेस, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, राप्रपाका अध्यक्ष रजेन्द्र लिङ्देन, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन, नेकपा एमालेका सचेतक ऐनबहादुर महरलगायतका नेताहरु सहभागी छन् ।बैठकमा समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्दामाथि छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 416 पटक पढिएको
  • रास्वपा कैलालीमा ठकुल्ला, बझाङमा उपाध्याय

    गोदावरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको सभापतिमा कविन्द्र ठकुल्ला विजयी हुनुभएको छ । नयाँ नेतृत्व चयनका लागि आइतबार भएको निर्वाचनबाट ठकुल्ला तीन सय ३५ मतसहित निर्वाचित हुनुभएको हो । सभापतिका उम्मेदवार महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत प्राप्त गर्नुभयो । उपसभापतिमा रामलखन चौधरी विजयी हुनुभएको छ । पाँच जना प्रतिस्पर्धीलाई पराजित गर्दै चौधरी एक सय ५२ मतसहित विजयी हुनुभएको हो । सचिवमा मदनराज जोशी,  र सहसचिवमा गणेशबहादुर शाही विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । समितिको सदस्यमा लक्ष्मी रावल पौडेल, लक्ष्मी भट्ट, जङ्गबहादुर आलेमगर, दीपक विक, नरदीपबहादु

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 297 पटक पढिएको
  • रास्वपा कञ्चनपुरमा विष्ट

    महेन्द्रनगर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको सभापतिमा पदमबहादुुर विष्ट निर्वाचित हुनुभएको छ । आइतबार राति सम्पन्न निर्वाचनबाट विष्टको सभापतित्वमा नयाँ कार्य समिति चयन भएको रास्वपा कञ्चनपुरले जनाएको छ । राति सम्पन्न मत गणनाअनुसार सभापति पदमा विष्टले १९७ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी नवीनबहादुर चन्दले ६१ मत प्राप्त गरेका छन् । यसअघि पनि विष्ट नै कञ्चनपुरको सभापति थिए । उपसभापतिमा भागरथी बडाल निर्विरोध निर्वाचित हुनभएको छ ।त्यसैगरी सचिवमा राकेशबहादुर चन्दले रामदत्त भट्टलाई पराजित गरेका छन् । सचिवमा चन्दले १९५ र भट्टले ५५ मत प्राप्त गरेका छन् । जिल्ला सभापति र सचिव पदका ला

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 262 पटक पढिएको
  • रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी

    देवदह। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित हुनुभएको छ । आइतबार तिलोत्तमा नगरपालिका–५ स्थित मणिग्राममा सम्पन्न अधिवेशनबाट प्रतिस्पर्धी आशिष न्यौपानेलाई एक सय ५३ मतान्तरले पराजित गर्दै उपाध्याय निर्वाचित हुनुभएको हो । उपाध्यायले दुई सय ९६ र न्यौपानेले एक सय ४३ मत प्राप्त गर्नुभएको छ ।यस्तै, जिल्ला उपसभापतिमा दुर्गाप्रसाद अर्याल विजयी हुनुभएको छ । अर्यालले दुई सय ३८ र प्रतिस्पर्धी रचना क्षेत्रीले एक सय ८९ मत प्राप्त गर्नुभयो । सचिवमा ज्ञानेन्द्र पाण्डे दुई सय ३७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी मोहनविक्रम जिसीले दुई सय तीन मत प्राप्त गर्

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 243 पटक पढिएको
  • रास्वपा खोटाङको सभापतिमा थापा

    खोटाङ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङको जिल्ला सभापतिमा मुकुन्दकृष्ण थापा निर्वाचित हुनुभएको छ । रास्वपा खोटाङको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । विसं २०८१ पुस १३ गते भएको प्रथम जिल्ला भेलाबाट सभापतिमा निर्वाचित हुनुभएका थापा पुनः प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । रास्वपा खोटाङको उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन हुनुभएको छ । जिल्ला कार्यसमितिको सचिवमा पर्शुराम थापा र सहसचिवमा राजन अधिकारी निर्वाचित हुनुभएको छ । 

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 252 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.