राजनीति

    Showing १,१९१-१,२०० of १०,४६४ items.
  • मन्त्रिपरिषद् वरीयतामा सुधन गुरुङ पाँचौँ, महावीर पुन आठौँ स्थानमा

    काठमाडौं।  प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठन गरेसँगै नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको वरीयता पनि तय गरिएको छ। नयाँ मन्त्रिपरिषद् सूचीअनुसार गृहमन्त्री सुधन गुरुङलाई पाँचौँ वरीयता प्रदान गरिएको छ भने महावीर पुन आठौँ स्थानमा रहेका छन्। दुवै मन्त्रीले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।गुरुङ यसअघि पनि बालेन नेतृत्वको सरकारमा मन्त्रीको जिम्मेवारीमा रहिसकेका छन्। उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्। यता महावीर पुन भने यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • ९९ पटक पढिएको
  • सप्तरीमा भीषण आगलागी, पाँच परिवारका १२ घर जलेर नष्ट

    राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ मा आगालागी हुँदा १२ घर जलेर नष्ट भएका छन् । मंगलबार भएको आगलागीबाट पाँच परिवारका १२ वटा घर पूर्ण रूपमा नष्ट भएका हुन् । प्रहरीका अनुसार स्थानीय बुचु खंगको घरबाट सुरु भएको आगो केही समयमै फैलिँदा आसपासका घरहरू पनि जलेर क्षतिग्रस्त भएका हुन्। आगलागीबाट बुचु खंगसहित सगन खंग, दुखाई खंग, लखन खंग र नारायण खंगका घरमा ठूलो क्षति पुगेको छ।स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।स्थानीयका अनुसार घटनाबाट करिब २५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिए

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • ७७ पटक पढिएको
  • सुधन गुरुङ र महावीर पुनले लिए मन्त्री पदको शपथ

    काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृह मन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीद्वयले सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।   गृह मन्त्री बनेका सुधन गुरुङ गोरखा–१ बाट निर्वाचित सांसद हुन्। उनी यसअघि पनि गृह मन्त्रीको जिम्मेवारीमा रहेका थिए। सम्पत्ति विवरण सम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। पछि सरकारी छानबिन समितिले आरोप पुष्टि नभएको निष्कर्ष निकालेपछि उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्।

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २६८ पटक पढिएको
  • नयाँ मन्त्रीको जिम्मेवारी सम्हाल्न सुधन गुरुङ र महावीर पुन शितल निवासमा

    काठमाडौं। मन्त्रिपरिषद् विस्तारपछि नवनियुक्त मन्त्रीहरू सुधन गुरुङ र महावीर पुन शपथग्रहणका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका छन्। प्रधानमन्त्री बालेन शाहको सिफारिसमा दुवै जनालाई मन्त्रिपरिषद्मा समावेश गरिएको हो। स्रोतका अनुसार शपथग्रहण कार्यक्रमपछि दुवै मन्त्रीले तत्काल आफ्नो कार्यभार सम्हाल्ने तयारी गरेका छन्। सुधन गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ भने महावीर पुनले नवप्रवर्तन मन्त्रालयको नेतृत्व गर्नेछन्।गृह मन्त्रालयको नेतृत्वमा पुनरागमन गरेका गुरुङ यसअघि पनि छोटो अवधिका लागि गृहमन्त्री बनेका थिए। त्यतिबेला सम्पत्ति स्रोतसम्बन्धी विषयमा प्रश्न उठेपछि उनको भूमिकामाथि छानबिन भएक

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • १८४ पटक पढिएको
  • नयाँ रणनीति बनाउँदै विपक्षीदलहरु

    काठमाडौं।  संसद्मा जारी अवरोधबारे साझा धारणा बनाउन विपक्षी दलहरूको बैठक सिंहदरबारमा जारी छ। नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रमुख विपक्षी दलका शीर्ष संसदीय नेताहरू सहभागी छन्। बैठकमा कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बे, एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, एमाले उपनेता पद्मा अर्याल, नेकपाका सांसद वर्षमान पुनसहित प्रमुख सचेतक र सचेतकहरूको उपस्थिति रहेको छ।प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरू केही दिनदेखि संसद्मा विरोध जनाउँदै आएका छन्। यही विषयमा आगामी रणनीति तय गर्न विपक्षी

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • १५३ पटक पढिएको
  • सरकार सञ्चालन पार्टीको विधानअनुसार होइन कानुन अनुसार हुनुपर्छ : सभापति थापा

    गोरखा। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार सञ्चालन गर्दा कुनै दलको आन्तरिक विधानभन्दा देशको संविधान र कानुनलाई आधार मान्नुपर्ने बताएका छन्।  मंगलबार गोरखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले वर्तमान सरकारलाई संविधानको मर्मअनुसार काम गर्न आग्रह गरे। उनले सरकारका गतिविधिमाथि निगरानी राख्ने र आवश्यक पर्दा समर्थन तथा आलोचना गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षको भएको बताए।थापाले विगतका सरकार र प्रतिपक्ष दुवैले अपेक्षाअनुसार भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै राजनीतिक दलहरूमा सत्ताकेन्द्रित सोच हाबी भएको बताए। सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्न

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २२५ पटक पढिएको
  • दुई मन्त्रीको शपथ आज साढे ४ बजे

    काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीमा सिफारिस गरेका दुई जनाको शपथ आज अपराह्न साढे ४ बजे हुने भएको छ।राष्ट्रपतिको कार्यालयका अनुसार गृह मन्त्रालयको जिम्मेवारी पुनः सुधन गुरुङ लाई र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी महावीर पुन लाई दिने तयारी गरिएको छ। उनीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस भइसकेको छ।यसअघि शपथ दिउँसो ३ बजे हुने बताइएको भए पनि समय परिवर्तन गरी अपराह्न ४स्३० बजे तय गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। गुरुङ यसअघि पनि गृहमन्त्री थिए। उनको सम्पत्तिसम्बन्धी विषयमा प्रश्न उठेपछि उनले पदबाट राजीनामा दिएका थिए। सो विषयमा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • १५६ पटक पढिएको
  • सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने, ४ बजे शपथ

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार गुरुङले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । यसअघि सम्पत्ति विवरणसम्बन्धी विषयमा प्रश्न उठेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै सरकारले उक्त विषयमा छानबिन गर्न समिति गठन गरेको थियो।छानबिन समितिले गत शुक्रबार आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेपछि गुरुङलाई प

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २१५ पटक पढिएको
  • संसद् अवरोधले बोल्न पाउने अधिकार खोसियो ज्ञानु पौडेल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद ज्ञानु पौडेलले प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गर्दा सांसदहरूको बोल्न पाउने अधिकार प्रभावित भएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्षका सबै सांसदको काम, कर्तव्य र अधिकार समान रहेको उल्लेख गरिन् । तर, सदनको कार्यसूची प्रभावित हुने गरी लगातार अवरोध हुँदा आफूहरूका विषयवस्तु प्रस्तुत गर्ने अधिकारसमेत कुण्ठित भएको उनको भनाइ थियो । उनले आकस्मिक समयलगायत विभिन्न विषयमा आफ्ना धारणा राख्न खोज्दा पनि अवसरबाट वञ्चित हुनुपरेको गुनासो गर्दै संवाद, सहकार्य र संसदीय प्रक्रियालाई अवरुद्ध बनाउने गतिव

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • २०० पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक आज स्थगित भएको छ ।मंगलबार बसेको बैठकमा विपक्षी दलले विरोध गरेपछि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले भोलि बुधबार बस्ने गरी स्थगित भएको जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • १६९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.