राजनीति

    Showing 1,281-1,290 of 10,431 items.
  • संसदीय समितिहरूको बैठक बहिष्कार गर्ने कांग्रेसको निर्णय

    काठमाडौं। प्रधानमन्त्री बालेन शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्ति नसच्चाए  नेपाली कांग्रेसले संसद अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठक समेत बहिष्कार गर्ने निर्णया गरेको छ । प्रधानमन्त्री बालेन शाहले संसदमा आएर माफी नमागुञ्जेल कांग्रेसले २५ जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागीता नजनाउने निर्णय गरेको हो । कांग्रेस संसदिय दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले माफी माग्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ । यस्तै सांसदलाई कानुनभन्दा माथि राख्न

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 123 पटक पढिएको
  • प्रधानमन्त्री बालेनले राजीनामा दिनुपर्छ : नेकपा एमाले

    काठमाडौं । नेकपा (एमाले) ले संसदमा प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बौल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्रीको भनाइ सामान्य विषय नभएको भन्दै प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने संकेत गरे । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको उद्देश्यबारे संसदलाई जानकारी गराउनुपर्ने भन्दै विवादित अभिव्यक्तिबारे स्पष्ट जवाफ दिनुपर्ने र नियतपूर्वक बोलेको पुष्टि भए राजीनामा दिनुपर्ने बताए।उनले प्रधानमन्त्रीको अभिव्यक्ति नियतवश आएको हो वा भूलवश आएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने बताए। यदि जानाजान यस्तो अभिव्यक्ति दिइएको हो भने त्यो गम्भीर र आपत्तिजनक विषय

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 220 पटक पढिएको
  • वीरगन्ज महानगरका मेयर सिंहलाई रिहा गर्न अदालतको आदेश

    वीरगन्ज । झुटा विवरण पेशगरी अर्काकी छोरीलाई नागरिकता र राहदानी पासपोर्ट दिलाएको अभियोगमा पक्राउ परेका वीरगन्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले लेखत सम्बन्धी कसुर मुद्दामा चार लाख रुपैयाँ तथा झुटा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा १५ हजार रुपैयाँ धरौटी माग गरेको हो।मंगलबार बिहान पर्सा जिल्लाको ठोरी गाउँपालिकाबाट पक्राउ परेका मेयर सिंहलाई प्रहरीले सोही दिन जिल्ला न्यायाधिवक्ता सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराएको थियो। स

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 244 पटक पढिएको
  • दिल्लीमा रवि लामिछानेको दौडधुप

    काठमाडौं । भारत भ्रमणमा रहेके रास्ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल राजनीतिक भेटघाटमा व्यस्त छ । मंगलबार भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै, भारतीय विदेशमन्त्री एस जयशङ्करबीचको भेटवार्ता भाजपा कार्यालयमै निर्धारण भएको पनि जनाइएको छ । अनुकुल मिलेको खण्डमा बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने अपेक्षा गरिएको छ । उक्त भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार विमर्श हुने अपेक्षा गरिएको छ। मंगलबार नै भारतीय जनता पार्टी

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 195 पटक पढिएको
  • ‘आदेश कार्यान्वयनमा कमजोरी र अपनत्व अभाव’

    काठमाडौं । सर्वोच्च अदालतका रजिस्टार मानबहादुर कार्कीले अदालतका परमादेश तथा निर्देशनात्मक आदेशहरूको कार्यान्वयनमा देखिएको ढिलासुस्ती र कमजोर अपनत्वप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।मंगलबार सर्वोच्च अदालतद्वारा आयोजित ‘मानसिक स्वास्थ्यसम्बन्धी परमादेश तथा निर्देशनात्मक आदेशको कार्यान्वयनको अवस्था र चुनौतीहरू’ विषयक कार्यक्रममा बोल्दै उनले नेपालमा सर्वोच्च अदालतका आदेशलाई व्यवहारमा कार्यान्वयन गर्ने संस्कृतिमा अझै कमजोरी रहेको टिप्पणी गरे । उनका अनुसार अन्तर्राष्ट्रिय अभ्यासमा सर्वोच्च अदालतको निर्णयलाई उच्च सम्मानका साथ कार्यान्वयन गर्ने प्रवृत्ति रहे पनि नेपालमा भने त्यसप्रति समान स्तरको स

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 326 पटक पढिएको
  • नेकपाको प्रश्न -प्रधानमन्त्रीले दिएका सीमा अभिव्यक्तिमा रास्वपा किन मौन छ ?

    काठमाडौं । नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग स्पष्ट धारणा माग गरेको छ।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा प्रमुख सचेतक युवराज दुलाल ले प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाइ राष्ट्रिय हितसँग जोडिएको संवेदनशील विषय भएकाले रास्वपाले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन्।दुलालले देशको शासन सञ्चालनको जिम्मेवारीमा रहेको दलका रूपमा रास्वपाले सीमा सम्बन्धी विषयमा आफ्नो स्पष्ट दृष्टिकोण संसद र जनतासामु राख्नुपर्ने बताए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 240 पटक पढिएको
  • बालेनको बचाउ गर्न रास्वपाका सांसदहरुले भूमि मिचेको प्रमाण खोजेर हिडेका छन् : सांसद ओली

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले रास्वपाका सांसदहरुलाई लक्षित गर्दै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको आरोप लगाएकी छिन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले हिजोसम्म नेपाल एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरू आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिँडिरहेको बताइन् ।उनले भनिन्,‘हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिडेका छन् । त्यो भन्दा दुखद् विषय अरु केही हुँदैन् । प्रधानमन्त्रीज्यूले हिजो व्यक

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 215 पटक पढिएको
  • विपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको सिमाना सम्बन्धी अभिव्यक्तिको विषय संसद्मा चर्किएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित विपक्षी दलहरूले बैठक अवरुद्ध गरेपछि सभामुख डिपी अर्यालले कार्यसूचीका केही विषय हटाउँदै बैठक अर्को मितिसम्मका लागि स्थगित गरेका हुन्।विपक्षी दलहरूले प्रधानमन्त्रीले दिएको “नेपालले पनि भारतको जग्गा मिचेको रहेछ” भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन वा त्यसको तथ्यगत आधार सार्वजनिक गर्न माग गरेका थिए। सोही विषयलाई लिएर संसद्मा निरन्तर नाराबाजी र विरोध भएपछि बैठक नियमित रूपमा सञ्चालन हुन सकेन।सभामुख अर्यालले अब प्रतिनिधिसभाको अर्को बैठक जेठ २५

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 227 पटक पढिएको
  • प्रधानमन्त्रीबाट सीमा सम्बन्धी प्रमाण प्रस्तुत गरिएको होइन, आश्चर्य व्यक्त भएको होः प्रवक्ता

    काठमाडौं । नेपाल सरकारले नेपाल–भारतबीच देखिएका सीमा विवादहरू कूटनीतिक माध्यम र टेबल टकमार्फत समाधान गर्ने स्पष्ट अडान दोहोर्याएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा विवाद समाधानका लागि दुवै देशबीच पहिलेदेखि नै विभिन्न कूटनीतिक संयन्त्रहरू सक्रिय रहेको बताए ।उनका अनुसार परराष्ट्र मन्त्रालयले सीमा सम्बन्धी विषयमा आवश्यक ब्रिफिङ गरिसकेको छ र नेपाल–भारतबीच कूटनीतिक नोट आदान–प्रदान हुँदै आएको छ । ‘सीमा विवाद समाधानका लागि गठन गरिएका संयन्त्रहरू नयाँ होइनन्, पहिले नै स्थापना भएका संरचनामार्फत काम भइरहेको छ,’उनल

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 224 पटक पढिएको
  • भूमि आयोगमा नाममा बालेन सरकारले बनायो नयाँ संयन्त्र

    काठमाडौँ । भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने भन्दै सरकारले फेरि नयाँ समिति गठन गरेको छ। यसअघि रहेको भूमि आयोग खारेज गरेपछि मन्त्रिपरिषद्ले ‘भूमि समस्या समाधान समिति’ बनाएर नयाँ पदाधिकारी नियुक्त गरेको हो। सरकारले समस्या समाधानका लागि नयाँ संयन्त्र ल्याए पनि यस्ता आयोग, समिति र कार्यदल गठन भएको यो २०औँ पटक हो। विगतमा पटक–पटक संरचना फेरिए पनि लाखौँ नागरिकको भूमि समस्या भने अझै समाधान हुन सकेको छैन।नयाँ समितिले जग्गा वितरण, स्वामित्व विवाद, नक्सा प्रमाणीकरणलगायतका काम गर्नेछ। संशोधित कानुनले नदी किनार, वन क्षेत्र, राष्ट्रिय निकुञ्ज तथा अन्य जोखिमयुक्त स्थानमा बसोबास गर

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • 268 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.