राजनीति

    Showing १,२८१-१,२९० of १०,४६४ items.
  • कोशी जलवायु संकटको चपेटामा, संरक्षणमा जुट्न मुख्यमन्त्री कार्कीको आह्वान

    विराटनगर । विश्व वातावरण दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण कोशी प्रदेशमा देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।शुक्रबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेश जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरेका छन्। उनले हिउँ पग्लने दर बढ्दै जानु, हिमताल विस्फोटको जोखिम बढ्नु, पानीका स्रोत सुक्दै जानु तथा चुरे क्षेत्रको दोहनले पर्यावरणीय सन्तुलन खलबलिएको बताएका छन्। ‘जलवायु परिवर्तनका चुनौतीहरू दिनप्रतिदिन गम्भीर बन्दै गइरहेक

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • १९८ पटक पढिएको
  • राज्य व्यवस्था समितिको बैठक स्थगित, उपसमिति गठन र अनुगमन योजना प्रभावित

    काठमाडौं । शुक्रबार अर्था त आज बस्ने भनिएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ ।  सरकारी निकायहरूको कामकारबाहीमाथि निगरानी बढाउने तयारीमा रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न नसक्दा समितिका आगामी कार्ययोजना प्रभावित भएका छन्।समितिको बैठक आज दिउँसो १ बजेका लागि तय भएको थियो । बैठकमा अघिल्ला बैठकका निर्णयहरूको कार्यान्वयन प्रगति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो। साथै, समितिको कामलाई थप प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गर्ने तयारीसमेत गरिएको थियो। तर बैठक बस्न सकेन । समितिले बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • २८२ पटक पढिएको
  • कांग्रेसमा अनुशासनको डण्डा बारा सभापति यादव निलम्बित

    काठमाडौं । नेपाली कांग्रेसले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवमाथि कारबाही गरेको छ। केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप पुष्टि भएपछि यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।यादवविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा पार्टी हितविपरीत गतिविधि भएको निष्कर्ष निकालेपछि अनुशासन समितिले कडा कदम चालेको जनाएको छ। यता, सोही प्रकरणमा स्पष्टीकरण सोधिएका सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायले भने राहत पाएका छन्। उनीहरूले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै पार्टीविरुद्ध कुनै गतिविधिमा संलग्न नभएको जवा

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • २७० पटक पढिएको
  • माईतीघरबाट नेकपाले माग्यो प्रधानमन्त्री बालेनको राजिनामा

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विवाद चुलिँदै गएको बेला नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रधानमन्त्री बालेन शाहको राजिनामा माग गरेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विभिन्न जनसंगठनले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले संसद्मा दिएको भनिएको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमानमाथि चोट पुगेको आरोप लगाएका छन्। उनीहरूले राष्ट्रहितविपरीत अभिव्यक्ति दिने नेतृत्वलाई जनताले स्वीकार गर्न नसक्ने भन्दै सरकारलाई खबरदारी गरेका थिए।जनवर्गीय संगठन समन्वय मोर्चाक

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • २६६ पटक पढिएको
  • नेपाल–भारत सीमा सुरक्षा मजबुत बनाउन सुरक्षा अधिकारीहरू प्रतिवद्ध

    रौतहट— भारत–नेपाल अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा सुरक्षा व्यवस्था थप मजबुत बनाउन तथा सीमापार हुने आपराधिक गतिविधिहरूमाथि प्रभावकारी नियन्त्रण गर्ने उद्देश्यले दुवै देशका सीमावर्ती सुरक्षा पदाधिकारीहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको छ । विहारको सीतामढीस्थित समाहरणालयको विमर्श सभाकक्षमा ‘इन्डो–नेपाल बोर्डर डिष्ट्रीक्ट समन्वय समिति’ को यो महत्वपूर्ण बैठक बसेको हो । बैठकमा मुख्य रूपमा भारत–नेपाल सीमा क्षेत्रमा कानुन व्यवस्था सुदृढ बनाउने, सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने तथा दुई देशबीच आपसी समन्वयलाई थप मजबुत पार्ने विषयमा विस्तृत छलफल भएको थियो । विशेषगरी जाली नोटको कारोबार, अवैध हतियार तस्कर

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • ६३२ पटक पढिएको
  • बालेन सरकारका विश्वासपात्र शाखा अधिकृतमाथि गम्भीर आरोप, सम्पत्ति छानबिनको माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

    काठमाडौं— प्रधानमन्त्री बालेन निकट मानिएका शाखा अधिकृत संजीव नेपालविरुद्ध गम्भीर आर्थिक अनियमितता, अकुत सम्पत्ति आर्जन तथा कर्मचारी सरुवामा आर्थिक चलखेल गरेको आरोपसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक उजुरी दर्ता भएको छ।दर्ता गरिएको उजुरीमा संजीव नेपालले अध्यागमन विभागमा कार्यरत रहँदा भिजिट भिसा प्रकरणसँग सम्बन्धित विभिन्न ट्राभल एजेन्सीहरूसँग आर्थिक लेनदेन गरी गैरकानुनी लाभ लिएको र त्यसैबाट ठूलो सम्पत्ति जोडेको आरोप लगाइएको छ। उजुरीकर्ताले उनको सम्पूर्ण आर्थिक गतिविधि, आयस्रोत तथा सम्पत्तिमाथि निष्पक्ष र विस्तृत छानबिन हुनुपर्ने माग गरेका छन्।उजुरीमा प्रधानमन्त्री तथा मन्त

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • ४६८ पटक पढिएको
  • एमालेको दुईदिने कार्यशाला समापन हुँदै

    काठमाडौं । नेकपा (एमाले) को ‘पार्टी सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज दोस्रो दिन जारी रहँदा समापनको तयारी गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गरेको कार्यशालाको पहिलो दिन समूहगत छलफल सम्पन्न भएको थियो। आज विभिन्न समूहका नेताहरूले आफ्ना निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ।समूहगत प्रस्तुतिपछि महासचिव शंकर पोखरेलले पार्टीको भावी कार्यदिशा र संगठन विस्तारबारे निर्देशनात्मक सम्बोधन गर्नेछन्। त्यसपछि समसामयिक प्रस्ताव पारित गर्दै कार्यशाला समापन गरिने एमालेले जनाएको छ।संगठन सुदृढीकरण र सदस्यता विस्तारलाई केन्द्रमा राखिएको कार्यशालामा देशभरका प्रदेश तथा जिल्ला

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • १८१ पटक पढिएको
  • लोकप्रिय मतका आधारमा उम्मेदवार चयन गर्ने कांग्रेसको तयारी

    विर्तामोड— नेपाली कांग्रेसले आगामी निर्वाचनमा पार्टीभित्र प्रि–इलेक्शन गराएर प्राप्त लोकप्रिय मतका आधारमा उम्मेदवार चयन गर्ने तयारी गरेको जनाएको छ।विर्तामोडमा बुधबार आयोजित नेपाली कांग्रेस झापाका जिल्ला, क्षेत्र, प्रदेशसभा क्षेत्र तथा गाउँ–नगर पदाधिकारीहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलाले यस्तो जानकारी दिइन्।उनले पार्टीको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न ‘जरा अभियान’ अन्तर्गत क्रियाशील सदस्यता अध्यावधिक कार्यलाई तीव्र बनाउनुपर्ने आवश्यकता औंल्याउँदै सबै तहका संगठनलाई सक्रिय हुन आग्रह गरिन्।संग्रौलाले जेठ २० गते एकैदिन ६२ हजारभन्दा बढी सदस्यले क्रि

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • ४८९ पटक पढिएको
  • ओलीले ‘झोला फ्याँक्दिनँ’ भनेपछि योगेशले सम्झिए ‘बस जोगाउने बुढाको कथा’

    काठमाडौं । नेकपा एमालेको दुई दिने कार्यशाला कार्यक्रम केवल प्रशिक्षणमा सीमित रहेन, नेतृत्व र उत्तराधिकारको बहसले पनि उत्तिकै चर्चा पायो। अध्यक्ष केपी शर्मा ओलीले  ‘मर्ने छाँट छैन, झोला बीचमा फ्याँक्दिनँ’ भनेर दिएको अभिव्यक्तिपछि उपमहासचिव योगेश भट्टराईले सुनाएको एउटा पुरानो कथाले एमाले वृत्तमा नयाँ तरंग पैदा गरेको छ।कार्यक्रममा ओलीले आफू नेतृत्वबाट हट्ने कुनै मनस्थिति नरहेको स्पष्ट संकेत दिए। उनले पार्टीलाई यहाँसम्म ल्याउन आफ्नो भूमिका रहेको स्मरण गराउँदै नेतृत्वविरुद्ध हुने गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे। तर ओलीको भाषण सकिएको केही घण्टामै योगेश भट्टराईको फेसबुकमा अर्को कथा देखा पर्‍य

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • ३१२ पटक पढिएको
  • बालेनलाई कमजोर बनाउने खेल खेल्न रवि भारत गएका हुन : सीके राउत

    काठमाडौं । जनमत पार्टीका नेता डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर गम्भीर राजनीतिक आशंका व्यक्त गरेका छन्। उनले मधेशी नेतृत्वलाई कमजोर बनाउने पुरानै रणनीति फेरि सक्रिय भएको दाबी गर्दै वर्तमान प्रधानमन्त्री बालेन शाहलाई निशाना बनाउन र बालेनलाई कमजोर बनाउने खेल खेल्न रवि भारत गएको आरोप लगाएका छन्।सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै राउतले नेपालको इतिहासमा कुनै पनि मधेशी नेतालाई बलियो राजनीतिक हैसियतमा टिक्न नदिइएको जिकिर गरेका छन्। उनले पार्टी विभाजन, बदनाम गर्ने अभियान, देशद्रोहीको आरोप, पक्राउ तथा विभिन्न राजनीतिक दबाबमार्फत मधेशी नेतृत्

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • २१२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.