बुटवल— पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । उमेदवारी चयनमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताइएको छ । रुपन्देही–३ मा वासुदेव घिमिरेलाई उमेदवार बनाएपछि यज्ञजित असन्तुष्ट बनेका थिए । यसअघि, उपचुनावमा पनि उनी आकांक्षी थिए । कांग्रेस र मधेसवादी दल हुँदै नौ वर्षअघि केपी ओली र विष्णु पौडेललाई भेटेर उनी एमाले प्रवेश गरेका थिए ।कुनै अवसर नपाएको उनले राजीनामापत्रमा उल्लेख गरेका छन् । सबै पार्टीमा उपनिर्वाचनका आकांक्षीबाटै उमेदवार छानिँदा आफू भने नपरेको भन्दै पार्टीमा बस्नुको कुनै औचित्य नभएको उनको भनाइ छ । शाहले पार्टीमा अव
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई उम्मेदवार बनाएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनलाई औपचारिक रूपमा टिकट प्रदान गरिएको हो।पार्टीका तर्फबाट गणेश पराजुलीले तामाङलाई टिकट हस्तान्तरण गरेका थिए। रास्वपाकी केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङले अब धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धा गर्नेछिन्।यसअघि तामाङले काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने संकेत गरेकी थिइन्। तर अन्ततः उनी रास्वपाको तर्फबाट धादिङ–१ मा उम्मेदवार बनेकी हुन्।
काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लामो समयपछि पहिलो पटक आफ्नो गृहजिल्ला झापा पुगेका छन्। काठमाडौं उपत्यका बाहिर जान लगाइएको प्रतिबन्ध हालै फुकुवा भएसँगै उनी सोमबार बिहान भद्रपुर विमानस्थलमा अवतरण गरेका हुन्।गत भदौमा भएको युवा नेतृत्वको ‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसापछि गठित जाँचबुझ आयोगले ओलीलाई उपत्यका बाहिर जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो। आयोगको हालैको निर्णयपछि उक्त प्रतिबन्ध हटाइएको हो।भद्रपुर विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरूले ओलीको भव्य स्वागत गरेका थिए। स्वागत कार्यक्रमपछि उनी सिधै दमकतर्फ प्रस्थान गरेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा
राजविराज— मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभाबाट मात्र नभई जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट पनि राजीनामा दिएको जानकारी दिएका छन् ।प्रतिनिधिसभा निर्वाचनका लागि सिंहले दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा ‘स्वाभिमान पार्टी’ दर्ता गराएका छन् । सोही पार्टीबाट उनी प्रतिनिधिसभा उम्मेदवार बन्ने तयारीमा छन् ।
काठमाडौं— नेपाली कांग्रेसका नेता डा.अबुल हुसेन अन्सारीले नेपाली कांग्रेस परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्ने घोषणा गरेका छन् । उनले एमालेबाट प्रतिनिधि सभा सदस्यको टिकट नै प्राप्त गरेको दाबी गरेका छन् ।लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेका अन्सारीले कांग्रेसभित्र बढ्दो किचलो, स्वार्थ केन्द्रित राजनीति र वैचारिक विचलनका कारण आफू निराश बनेको बताउँदै पार्टी त्याग्ने निर्णय गरेको स्पष्ट गरेका छन् ।सार्वजनिक रूपमा जारी गरिएको आफ्नो धारणा (स्टाटस) मार्फत अन्सारीले जीवनको ऊर्जाशील समय नेपाली कांग्रेसमै खर्चिएको उल्लेख गर्दै राजनीतिका अनेक उतार–चढाव कांग्रेसमै रहेर पार गरेको बताए ।तर पछिल्लो स
काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्ने भएको छ। पार्टीका तर्फबाट उम्मेदवार टुंग्याउने उद्देश्यले केहीबेरमै बैठक बस्ने तयारी भइरहेको कांग्रेसका सह–महामन्त्री बहादुरसिंह लामाले जानकारी दिए।उनका अनुसार बैठकमा निर्वाचनमा उठाइने उम्मेदवारबारे छलफल गरी अन्तिम निर्णय लिने तयारी छ। पार्टीभित्रबाट आएका विभिन्न सिफारिस र राजनीतिक अवस्थालाई मध्यनजर गर्दै उम्मेदवार तय गरिने बताइएको छ।निर्वाचन नजिकिँदै जाँदा कांग्रेसले उम्मेदवार छनोट प्रक्रियालाई तीव्र बनाएको छ।
काठमाडौं— नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् ।बदलिएको राजनीतिक समीकरण र नयाँलाई अवसर प्रदान गर्नका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको थापाले बताए ।उनले भने, ‘म यसअघि पनि सोही क्षेत्रबाट ३ पटक निर्वाचनमा उम्मेदवार भए, दुई पटकसम्म जित पनि हाँसिल गरे, यसपटक नयाँ साथीहरुलाई अवसर दिनकै लागि हो, जसले नेपाली कांग्रेसबाट आधिकारिक टिकट ल्याउनुहुन्छ म उहाँलाई सहयोग गर्छु चुनाव जिताउन भरपुर लाग्छु ।’थापाको यो निर्णयले सामाजिक सञ्जालमा कार्यकर्ताहरुले थापा नै स्याङ्जा १ मा उम्मेदवार हुनुपर्ने र उहाँ बाहेक अरुले निर्वाचन जित्न गाह्रो हुन
काठमाडौं— काठमाडौं महानगरपालिकाका मेयरबाट राजीनामा दिएर प्रतिनिधिसभाको निर्वाचनको लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी गरेका बालेन साह सोमबार साँझ दमक आउँदै छन्। निर्वाचन आयोगले भोली गर्ने उम्मेदवारी दर्ताका लागि उनी दमक आउन लागेका हुन्। आज मधेस प्रदेशको जनकपुरमा रास्वपाको कार्यक्रममा सहभागी भएपछि उनी झापाको दमक प्रस्थान गर्नेछन्।जनकपुरबाट सडकमार्ग हुँदै आउँन लागेका शाहको स्वागतमा सुनसरी, मोरङ र झापामा र्यालीसहितका स्वागत कार्यक्रमहरू हुने रास्वपाले जनाएको छ। मङ्गलबार बालेन मनोनयन दर्ताको लागि निर्वाचन अधिकृतको कार्यालय पुग्नेछन्।आज निर्वाचन अधिकृतको कार्या
काठमाडौं— युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। जेन–जी आन्दोलनको समर्थनमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा कात्तिक ९ गते मन्त्री बनेका गुप्ताले आज राजीनामा बुझाएका हुन्।यद्यपि, उनको राजीनामा औपचारिक रूपमा स्वीकृत हुन बाँकी रहेको छ। गुप्ताले भने, “राजीनामा बुझाइसकेको छु। आज सार्वजनिक बिदा भएकाले दर्ता हुन सकेन, भोलिसम्ममा स्वीकृत हुने अपेक्षा छ।”सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भए पनि गुप्ता पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा खुलेपछि तथा अमेरिका जाने विषयलाई लिएर विवादमा तानिएका थिए। सोही कारण प्रधानमन्त्री कार्की उनीप्रति असन्तुष्ट रहेको
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले देश बनाउन कर्मचारीतन्त्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालको आइतबार बिदाई कार्यक्रममा मन्त्री खरेलले राजनीतिक विश्वास र कर्मचारीको सहयोगबिना मुलुकको विकास हुन नसक्ने उल्लेख गर्नुभयो ।सञ्चारमन्त्री खरेलले आफूले जिम्मेवारी सम्हालेको चार महिनामा मन्त्रालय र मातहत निकायका कर्मचारीबाट कुनैपनि असहयोग नभएको बरु सौहार्दपूर्ण व्यवहार तथा समन्वयात्मक ढंगले काम भएको स्पष्ट पार्नुभयो । मन्त्री खरेलले नियमित प्रक्रिया अनुसार सरुवा भएको स्पष्ट पार्दै सचिव अर्यालसँगको समन्वयको प्रशंसा गर्नुभयो । सच
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.