राजनीति

    Showing ११-२० of १०,४६४ items.
  • प्रचण्डको आरोपः‘सरकार उद्धार र जनपरिचालनमा असफल भयो’

    काठमाडौं / नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विपद्को समयमा उद्धार र जनपरिचालनमा असफल भएको आरोप लगाएका छन्।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले बाढी आएको दिन प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता देखेपछि सरकारबाट राम्रो पहल हुने विश्वास आफूले गरेको बताए। तर पछिल्ला दिनमा सरकारको कामकारबाहीमा सुस्तता देखिएको उनको भनाइ छ।उनले भने, ‘यो संकटको घडीमा सरकारको साथमा थियौं, छौं पनि। मैले बाढी आएको दिनको प्रधानमन्त्री, गृहमन्त्रीको सक्रियता हेरेको थिएँ। त्यो देखेपछि उहाँहरू निकै सक्रिय हुनुहुन्छ, राम्रो पहल हुन्छ भन्ने विश्वास छ भनेको थिएँ।’प्रचण्डले

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • २२६ पटक पढिएको
  • भाद्र १० को विपत्तिबारे वस्तुगत विवेचना आवश्यक: सांसद थापा

    काठमाडौं / नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले भाद्र १० गते आएको विनाशकारी बाढीपहिरो प्राकृतिक विपत्ति मात्र हो वा मानव सिर्जित दुर्घटना पनि हो भन्ने विषयमा गम्भीर र वस्तुगत विवेचना आवश्यक रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले भाद्र १० गतेको भयावह घटनाले हजारौँ नागरिकका लागि कालरात्रिको रूप लिएको बताए। उनले विपत्तिको वस्तुगत निष्कर्ष निकाल्न सके मात्रै शोक र पीडालाई शक्तिमा बदल्न तथा आगामी दिनमा यस्ता दुर्घटना रोक्न र त्यसबाट बच्न सकिने धारणा राखे । उनले भने, ‘भाद्र १० गतेको त्यो भयानक विहानी कसरी हजारौँ नागरिकहरूको कालरात्री बनेर आयो

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १७७ पटक पढिएको
  • गण्डकीमा मन्त्रालय हेरफेर, देवकोटा फेरि ऊर्जा मन्त्रालयमा

    पोखरा । गण्डकी प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ। नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा फेरि ऊर्जा मन्त्री बनेका छन्।देवकोटाले बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथ लिए। यसअघि ऊर्जा मन्त्रालय सम्हाल्दै आएका कांग्रेसका नन्दप्रसाद न्यौपानेको जिम्मेवारी भौतिक मन्त्रालयमा सारिएको छ।मन्त्रालय हेरफेरसँगै गण्डकी सरकारमा ऊर्जा र भौतिक मन्त्रालयको जिम्मेवारी नयाँ ढंगले बाँडिएको छ। यी दुवै मन्त्रालय प्रदेशका ठूला बजेट भएका मन्त्रालय हुन्।नवनियुक्त मन्त्री देवकोटासामु ऊर्जा क्षेत्रसँगै प्रदेशका ठूला पूर्वाधार र विकास आयोजनालाई अघि बढाउने चुनौती छ।

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • ९६ पटक पढिएको
  • दुई वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिक बस्ने भएको हो । बिहान ९ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘रसुवा बाढी पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल हुने कार्यक्रम छ ।यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक अपराह्न १२ः१५ बजे बस्ने भएको छ । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १९४ पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले पुर्‍याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नेछन् ।  उक्त प्राकृतिक विपद्मा ठुलो सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिकले ज्यान गुमाएको र धेरै बेपत्ता भएको घटनाप्रति सभाले शोक व्यक्त गर्नेछ। साथै, घरबारविहीन भएकाहरूको व्यवस्थापन, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र शोकसन्तप्त परिवारजनप्रत

    • प्रकाशित मितिः भदौ १७, २०८३
    • १६८ पटक पढिएको
  • विपद् व्यवस्थापनका लागि सर्वदलीय संयन्त्र गठनको पहल

    काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ। भोटेकोशीको विनाशकारी बाढीपछि पारित १० बुँदे साझा सङ्कल्पअनुसार विपद् व्यवस्थापनलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउने, पुनर्निर्माण, जलवायु अनुकूलन, नीतिगत सुधार तथा सरकारी कामको अनुगमनका लागि संयन्त्र गठन गर्ने तयारी गरिएको रास्वपाले जनाएको छ।सोही सहमतिलाई कार्यान्वयनमा लैजान र सम्बन्धित राजनीतिक दलबीच साझा धारणा बनाउन बैठक आयोजना गरिएको हो। रास्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १९९ पटक पढिएको
  • भोटेकोशी विपद्पछि फेरि जुट्दै दलहरू, खोजी–उद्धारदेखि पुनःस्थापनासम्म आज छलफल

    काठमाडौँ । भोटेकोशी बाढीले पुर्‍याएको क्षति र त्यसपछिको उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्नेछ ।बैठकमा बाढीबाट भएको क्षतिको पछिल्लो अवस्था, अझै सम्पर्कविहीन रहेकाहरूको खोजी, प्रभावितको उद्धार, राहत वितरण तथा विस्थापितको पुनःस्थापनाबारे दलहरूबीच छलफल हुनेछ ।भोटेकोशी विपद्पछि तत्कालीन राहतभन्दा पनि दीर्घकालीन व्यवस्थापन र आगामी दिनमा यस्ता विपद् रोकथाम तथा पूर्वतयारीलाई प्रभावकारी बनाउने विषयलाई दलहरूले प्राथमिकतामा राखेका छन् ।यसअघि

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ९६ पटक पढिएको
  • विपद्मा दलहरू एकै ठाउँ : राहत कोषमा करोडौँ सहयोग घोषणा

    काठमाडौं । भोटेकोशी–त्रिशूली बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि राजनीतिक दलहरू पनि राहत तथा उद्धारमा आर्थिक सहयोग जुटाउन सक्रिय भएका छन्। प्रमुख दलहरूले प्रधानमन्त्री राहत कोषमा नगद सहयोग घोषणा गर्दै प्रभावितका लागि राहत सामग्री पठाउने तयारी गरेका छन्।नेपाली कांग्रेसले १ करोड रुपैयाँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले २५ लाख, नेकपा एमालेका बागमती र राजधानी प्रदेश कमिटीले २० लाख तथा श्रम संस्कृति पार्टीले १५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्।नेकपाले नगद सहयोगसँगै आवश्यक राहत सामग्री प्रभावित जिल्लामा पठाउने निर्णय गरेको छ। एमालेले पनि आफ्ना विभि

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • २७६ पटक पढिएको
  • ४० पुल बगेपछि राहतमा नयाँ चुनौती, स्थानीय तहबाटै वितरण गर्ने बागमतीको तयारी

    काठमाडौं । बाढीपहिरोबाट प्रभावित बागमती प्रदेशका नागरिकसम्म राहत पुर्‍याउन तीन तहका सरकारबीच नयाँ कार्यविभाजन गरिएको छ। प्रदेशका मुख्यमन्त्री किरण थापा मगरका अनुसार अब संघले राहत संकलन तथा समन्वय, प्रदेशले सहयोग र स्थानीय तहले प्रभावितसम्म राहत वितरण गर्ने गरी काम अघि बढाइने भएको छ।मुख्यमन्त्री थापाले स्थानीय तहलाई प्रभावितको वास्तविक अवस्था, आवश्यकताको मात्रा र राहत अभाव भएका क्षेत्रबारे सबैभन्दा बढी जानकारी हुने भएकाले वितरणको जिम्मेवारी स्थानीय तहलाई दिन लागिएको बताए। राहत लिएर जाने व्यक्ति तथा संस्थालाई पनि सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर मात्रै वितरण गर्न आग्रह गरिएको छ।बाढीले प्रदेशक

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ११४ पटक पढिएको
  • कांग्रेसमा फेरि दुई धार, देउवा पक्ष छुट्टै महाधिवेशनको तयारीमा

    काठमाडौं । नेपाली कांग्रेसभित्रको महाधिवेशन विवाद थप चर्किएको छ। सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कांग्रेसको १५औँ महाधिवेशन रोक्न अस्वीकार गरेपछि शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन गर्ने तयारी थालेको छ।देउवा पक्षले भदौ २४ देखि सुरु हुने वडा अधिवेशनमा सहभागी नहुने र आफ्नै नयाँ कार्यतालिका ल्याउने तयारी गरेको छ। यसबारे छलफल गर्न भदौ १७ गते बैठक बोलाइएको नेता मीनबहादुर विश्वकर्माले बताएका छन्। देउवा पक्षले मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउने तयारी गरेको छ।गत पुसमा भएको विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा बनेको कांग्रेसले भदौ २४ देखि गाउँरनगर अधिवेशन सुरु गर्दै असो

    • प्रकाशित मितिः भदौ १५, २०८३
    • ३१३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.