काठमाडौँ- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताएका छन्।ललितपुर, च्यालसस्थित एमाले पार्टी कार्यालयमा आज एमाले सामाजिक सेवा विभागको १०औँ बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको बिग्रँदै गएको परिस्थिति सम्हाल्नका लागि एमाले र नेपाली कांग्रेस पार्टी मिलेर सरकार गठन गर्ने अवस्था आएको हो भने। उनले देशमा अस्थिरता सिर्जना हुन नदिन आर्थिक विकास सँगसँगै सामाजिक विकासको अवधारणा ९मोडेल०मा पनि ध्यान दिनुपर्ने बताए। जनभावना के कुरासँग गाँसिएको छ भन्ने कुरामा पनि सरकारले ध्यान दिनुपर्ने र समाजमा के मुद्दाले असर गर
काठमाडौँ- भक्तपुरको गठ्ठाघरमा भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। गृहमन्त्री रमेश लेखकको निर्देशनमा प्रहरीले शुक्रबार छानबिन समिति गठन गरेको हो । उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा छानबिन समिति बनेको र सो समितिले शुक्रबार बिहानैदेखि काम थालेको प्रहरी प्रवक्ता दानबहादुर दानबहादुर कार्कीले जानकारी दिए । प्रहरीले घटनाबारे छिट्टै सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएको छ ।यसअघि लेखकले एक जनाको ज्यान जानेगरी भएको गठ्ठाघरको उक्त सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त कुँवरलाई निर्देशन दिएका थिए । ब
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक २०८१ भदौ ९, १० र ११ गते बस्नेगरी बोलाइएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।केन्द्रीय कमिटी सदस्यहरूको शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका तीनवटा एजेण्डा तय भएको महासचिव भुसालको भनाइ छ ।सो पार्टीको असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले साउनमा ३४४ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको थियो । पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्न बाँकी नै रहेको छ ।
काठमाडौँ- सरकारले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी १४ खेलाडीलाई जनही तीन लाख दिने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो ।५९ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय भएको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। बैठकले राजस्व न्यायाधीकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय गरेको छ।
काठमाडौँ। भदौ ४ गते कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ। प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा प्रदेशभर सार्वजनिक बिदा हुने भएको हो। कर्णाली प्रदेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी दिएको हो। उक्त सुचनाअनुसार गत बैशाख १७ गते बसेको कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो। भदौ ४ गते मंगलबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहेछन्। साथै कर्णाली प्रदेश सरकारले तीन दिनसम्म सहिद दिवस बनाउने कार्यातालिका समेत सार्वजनिक गरेको छ।
काठमाडौँ-भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा मृत्यु हुने स्कुटर चालक पुरुष भएको प्रहरीले बताएको छ । मृतक करिब ४०–४५ वर्षीय पुरुष भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए । स्कुटर चालकको साथमा उत्तम कोइरालाको ब्लुबुक फेला परेको छ । स्कुटर चालक उनी नै हुनसक्ने आकलन गरिएको तर, सनाखत गर्ने प्रयास भइरहेको डीएसपी कार्कीले बताए । ना।६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा।४९ प ८९४४ नम्बरकको स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो । स्कुटर चालकलाई ट्रकले केही मिटर लछारेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।ट्रक र स्कुटर दुवै काठमाडौँबाट भक्तपुर जाँदै थिए । दुर्घटनामा मृत्
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने भएको छ। बिहीबार सकिएको स्थायी समिति बैठकले छलफल र सुझावका आधारमा असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो । केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकले सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जवसरमोर्चाको संयुक्त बैठक बोलाउने निर्णय गरेको उनले बताए । बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता सापकोटाले बागमती प्र
काठमाडौँ- संघीय संसदका दुई वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।जसमा संसदीय सुनुवाई समितिको सभापतिमा नेपाली काँग्रेसका सांसद इश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा ९एमाले०का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन् ।दुबै समितिको दिउसो बसेको छुट्टा छुट्टै बैठकमा दुबै समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।सभापतिका लागि एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित दुबै सभापतिले बिहीबार नै सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्ने कार्
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग आफ्नो पार्टी एकीकरण गर्ने कुरा नचलेको दाबी गरेका छन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबिच एकताको चर्चाकाबिच शीर्ष नेताहरूको भेटवार्ता बाक्लिँदै गर्दा प्रचार विभाग प्रमुख खतिवडाले स्पष्टीकरण दिएका हुन् । ‘नेकपा एकीकृत समाजवादीको कुनै पनि पार्टीसँग एकीकरण गर्ने हाम्रो कुरा चलेको छैन’, खतिवडाले बिहीबार भनेका छन् । त्यस्तै उनले कम्युनिस्ट पार्टीहरूको बिचमा समसामयिक राजनीतिक परिस्थितिका विविध पक्षहरूमा समीक्षा गर्न छलफल चालिरहेकै भने स्वीकारेका छन् । ‘समाजवादी मोर्चाको गतिविधि बढाइ वामपन्थीहर
काठमाडौँ- प्रतिनिधिसभाले पारित गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) राष्ट्रियसभामा टेबल भएको छ । बिहीबारको बैठकमा उक्त विधेयक राष्ट्रियसभाका सचिव डा।सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सभासमक्ष टेबल गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक भदौ ३ गते बस्नेछ ।राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.