राजनीति

    Showing 2,471-2,480 of 10,434 items.
  • बाजुरामा प्रतिनिधि सभा निर्वाचन मतदान अधिकृतलाई तिन चरणमा तालिम दिइदैँ

    बाजुरा— फागुन २१ गते हुने लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरामा आइतबार नियुक्त भएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई बिहीबारबाट एक दिने अभिमुखीकरण तालिम दिइने भएको छ ।फागुन १४ गते बिहीबार बुढी नन्दा नगरपालिका, हिमाली, स्वामिकार्तिक खापर गाउँपालिका र जगेडामा रहेका गरी ८८ जन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइने जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।त्यस्तै, फागुन १५ गते खप्तड छेडे दह, जगन्नाथ गाउँपालिका, त्रिवेणी नगरपालिका र अस्थायी मतदान केन्द्रका ७८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण गरिने निर्वाचन कार्यालय बाजुराका निर्वाचन

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 470 पटक पढिएको
  • निर्वाचन सुरक्षार्थ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयद्वारा थप सुरक्षाकर्मी परिचालन

    काठमाडौं—  निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा थप सुरक्षाकर्मी परिचालन गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा सुदूरपश्चिम प्रदेश प्रहरी धनगढीबाट सुदूरपश्चिम प्रदेशका नौओटै जिल्लामा थप प्रहरी परिचालन गरिएको छ ।  प्रदेश प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कैलालीमा ६३२, कञ्चनपुरमा २२७, अछाममा ३३९, बाजुरामा ११८, डोटीमा २२३, बैतडीमा २४२, डडेलधुरामा १४०, दार्चुलामा ३३  र बझाङमा ३५८ थप प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 501 पटक पढिएको
  • संखुवासभाको चैनपुर बजारमा अध्यक्ष घिसिङसहित घनश्याम राई घरदैलो कार्यक्रममा

    काठमाडौं— संखुवासभाको चैनपुर बजारमा आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आफ्ना पार्टीका उम्मेदवार घनश्याम राईसहित घरदैलो कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 558 पटक पढिएको
  • फागुन १८ देखि २१ गते राति १२ बजेसम्म कैलालीका सीमा नाका ३ दिन बन्द रहने

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय कैलालीले भारतसँग सीमाना जोडिएका मुख्य नाका तीन दिनका लागि बन्द गर्ने भएको छ ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित बनाउन कैलालीका भरतीय सीमा नाका ३ दिन बन्द गर्न लागीएको हो । फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म नाका बन्द रहने प्रशासन कार्यालय कैलालीले जनाएको छ ।प्रशासनका अनुसार २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म एम्बुलेन्स, टयांकर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल सेवा, विद्युतीय सेवाजस्ता अत्यावश्यक सेवाका गाडी, कूटनीतिक नियोगका सवारी मात्रै सञ्चालन गर्न अनुमति हुने छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 531 पटक पढिएको
  • रास्वपा सभापति लामिछाने र बालेनले आज इटहरीमा रास्वपाको चुनावी सभालाई सम्बोधन गर्ने

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इटहरीमा आज आयोजना गर्न लागेको चुनावी सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्दै छन् ।मंगलबार इटहरीमा हुने रास्वपाको ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न सभापति रवि र वरिष्ठ नेता बालेन इटहरी पुगेका छन् । भेलाको लागि रास्वपाले आवश्यक तयारी गरिसकेको जानकारी दिएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 512 पटक पढिएको
  • प्रमुख राजनीतिक दलका वाचाः सबल र आत्मनिर्भर अर्थतन्त्र

    काठमाडौँ। प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको गुणात्मक सुधार गर्ने लक्ष्यका साथ आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । यही फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर प्रमुख राजनीतिक दलले मुलुकको अर्थतन्त्रको उन्नयन गर्दै सबल बनाउने योजना अगाडि सारेका हुन् ।अर्थतन्त्रको आकार वृद्धि, गुणात्मक आर्थिक वृद्धि तथा अर्थतन्त्रको तेस्रो चरणको सुधारको योजनासमेत घोषणापत्रमा समावेश गरिएको छ । अर्थतन्त्रको बहुआयामिक विस्तार, आत्मनिर्भरता एवं आन्तरिक सवलीकरणका विषयलाई महत्वका साथ प्रमुख राजनीतिक दलले समावेश गरेका छन् । राजनीतिक स्थिरतासँगै आर्थिक विकास र समृद्धिका विषय

    • प्रकाशित मितिः फागुन १२, २०८२
    • 337 पटक पढिएको
  • चुनाव जितेपछि तलबभत्ता विपन्नका छोराछोरीलाई दिने घिमिरेको घोषणा

    दाङ— नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार किरण किशोर घिमिरेले आफू निर्वाचित भएपश्चात् नेपाल सरकारबाट प्राप्त हुने तलब–भत्ता निम्न वर्ग तथा दलित समुदायका बालबालिकाको शिक्षामा खर्च गर्ने घोषणा गरेका छन्।बंगलाचुली गाउँपालिका–१, बोझपोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै घिमिरेले आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन बाध्य भएका दलित तथा विपन्न परिवारका छोरा–छोरीलाई शिक्षासम्म पु¥याउने आफ्नो प्रतिबद्धता दोहोर्याए।“राजनीति केवल पद र प्रतिष्ठाका लागि होइन, समाज परिवर्तनका लागि हो,” उनले भने, “म निर्वाचित भएमा पाउने तलब–भत्ता विपन्न तथा दलित समुदायका बालबालिकाको शिक्षामा लग

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 630 पटक पढिएको
  • मोरङ २ मा डा. मिनेन्द्र रिजाललाई चुनावी चटारो, समुन्नत र सुशासनयुक्त नेपाल निर्माणको प्रतिबद्धता

    काठमाडौं— फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार डा.मिनेन्द्र रिजालले आफ्नो भिजन प्रस्तुत गरेका छन् ।डा. रिजालले जनतालाई सम्मानित जीवन, सपना देख्न सक्ने अवसर, रोजगारी र सम्पत्ति सिर्जना, पेटभरी खाने व्यवस्था जस्ता प्राथमिकताहरू सुनिश्चित गर्ने लक्ष्य राखेका छन् ।किसानलाई चिनाउने र प्रोत्साहन दिने नेपाल, बेथिति र हैरानीबाट मुक्त, विधिसम्मत शासनको नेपाल, छोराछोरी पढाउन आर्थिक भार नपर्ने व्यवस्था, मौलिकतामा गर्व गर्ने, आधुनिक र ओखती–ओत दिने नेपाल, विश्वले सम्मान गर्ने स्वाभिमानी र समुन्नत राष्ट्र उनले आफ्नो भिजनमा समेटेका छन् ।डा।

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 642 पटक पढिएको
  • गृहमन्त्री अर्याल र नेपालको लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजकबीच भेटवार्ता

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्र संघका नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट् संघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरुको क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । साथै संयुक्त राष्ट्र संघसँगको सहकार्यमा अगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।संयुक्त राष्ट्र संघका आवासीय संयोजक पिटर्स याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै नेपालमा लागु औषध नियन्त्रण, सीमा सुरक्षा मानव बेचविखन ल

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 576 पटक पढिएको
  • मकवानपुरमा निर्वाचन आचारसंहिता उल्लघंनका घट्ना बढ्दो

    मकवानपुर— फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसकी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना संलग्न चुनावी गतिविधिमा निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको आरोप लागेपछि स्थानीयवासीहरू आक्रोशित बनेका छन् ।सार्वजनिक भएका तस्बिरहरूमा चुनावी प्रचारसँग सम्बन्धित जुलुस तथा सामूहिक गतिविधिमा नाबालक बालबालिकालाई सहभागी गराइएको स्पष्ट देखिन्छ ।निर्वाचन आयोगको आचारसंहिताले बालबालिकालाई कुनै पनि प्रकारको राजनीतिक प्रचार, ¥याली, जुलुस वा दलगत गतिविधिमा प्रयोग गर्न कडाइका साथ निषेध गरेको छ। तर उक्त निर्देशनको खुलेआम उल्लङ्घन

    • प्रकाशित मितिः फागुन ११, २०८२
    • 577 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.