कैलाली— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि साउन २० गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिनको ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।कांग्रेसका शाह सत्तारुढ दल नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए । ५३ सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउन २७ जना
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले हवाई दुर्घटनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकी छन् ।प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७१ बमोजिम रास्वपाका १३ जना सांसदको समर्थनमा प्रतिनिधिसभा सचिवालयमा गौतमले उक्त प्रस्ताव दर्ता गरेकी हुन् ।प्रस्तावको समर्थकमा रास्वपाकै सांसदहरु डोलप्रसाद अर्याल, सन्तोष परियार, डा।तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डाँगी, शिव नेपाली, अशोककुमार चौधरी, सुमना श्रेष्ठ, डा। चन्दा कार्की, गणेश पराजुली, विन्दवासिनी कंशाकार र विनिता कठायत रहेका छन् ।
काठमाडौ- सङ्क्रमणकालीन न्यायको लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन र वेपत्ता पारिएका व्यक्तिको छानबिन अयोग, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी) विरुद्धको रिट सर्वोच्च अदालतमा दायर भएको छ ।विधेयकविरुद्ध रिट लिएर अधिवक्ता श्यामकृष्ण मास्केले रिट दायर गरेको सर्वोच्च अदालतले जनाएको छ । रिट निवेदकका अनुसार रिट दर्ताको प्रक्रियामा रहेको र रिट दर्ता र दरपिठबारे अध्ययनपछि निर्णय हुने जनाइएको छ ।विवादित विषयमा दलबिच सहमति जुटाएर अन्तिम रूप दिई अब बस्ने प्रतिनिधिसभामा पेस गर्ने तयारी भइरहेका बेला विधेयकमा रहेका विभिन्न बुँदा नेपालको संविधान, कानुन तथा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौ
काठमाडौ- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार(हिजो) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन्।
काठमाडौँ- नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्। ‘एन्टिकरप्सन नेटवर्क’को तर्फबाट सम्पूर्ण प्रमाणसहित उजुरी दिएको खरेलले जानकारी दिए। उनले आफ्नो उजुरीमा राज्यलाई करोडौँ रुपैयाँ घाटा हुनेगरी पीपीए गरेको उल्लेख गरेका छन्। ऊर्जा उत्पादक कम्पनीसँग विद्युत खरिदका लागि पीपीए गर्दा उक्त घोटाला भएको उनले उजुरीमा उल्लेख गरेका छन्। खरेलले सामाजिक सञ्जालमार्फत आफ्नो उजुरीको सबै ब्यहोरा सार्वजनिक गरेका छन्।
काठमाडौँ- नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा चक्रबहादुर मल्ल चयन भएका छन् ।मंगलबार संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा बसेको बैठकले प्रमुख सचेतकमा मल्ललाई चयन गरेको हो । मल्ल डोटीको प्रदेश सभा कबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।यस्तै बैठकले सचेतकमा प्रदेश सभा सदस्य जानकी ऐर बमलाई चयन गरेको छ । बम बैतडीबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्रबहादुर पाल प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् भने सचेतक रहेकी निर्मलादेवी साउद पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् ।संसदीय दलका नेता रावलले प्रमुख सचेतक र सचेतकको
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधन गरेर संसद्को अहिलेको आकार घटाउन सकिने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै महामन्त्री थापाले कांग्रेस एमाले मिलेर बनेको सरकारले संविधान संशोधनको कुरा गर्दा कतिपयले प्रतिगमनतिर फर्कन लागेको भन्ने आरोप लागेको भन्दै त्यसलाई चिर्नुसक्नुपर्ने बताए । उनले संविधान संशोधन गरेर अहिलेको संसद्को आकार घटाउन सकिने र समानुपातिक समावेशीलाई थप बढाउन सकिने बताए । ‘कांग्रेस र एमालेबिचमा भएको सात बुँदे समझदारीमा राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्छौ भनिएको छ’, उनले भने, ‘तर कतिपयले संविधान संशोधन गरेर प्
काठमाडौँ- प्रतिनिधि सभा सदस्य कल्पना मियाँ कुसारीले खेलकुद मन्त्रालयका सचिवले आफूहरूलाई अपमानजनक व्यवहार गरेको गुनासो गरेकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कुसारीले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौँको एक होटलमा भएको कार्यक्रममा आयोजकबाटै आफूहरू अपमानित हुनुपरेको भन्दै आइन्दा त्यस्तो नहोस् भनेर ध्यानाकर्षण गराइन् । ‘हिजो अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा हामी ४० वर्ष मुनिका युवालाई याक एन्ड यतिको कार्यक्रममा बोलाइयो । हामी गयौँ । त्यहाँ गइसकेपछि खेलकुद मन्त्रालय र युवा परिषद्को संयुक्त आयोजनामा भएको त्यो कार्यक्रममा सचिवज्यूको नियतवश अपमानजनक व्यवहा
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दै गर्दा सभामुख देवराज घिमिरेले बिचमै रोकेपछि संसद्मा विवाद भएको छ। सभामुखले ढकालले सडक यातायातमा हुने दुर्घटना सडकको अवस्थाले मात्र नभई भ्रष्टाचारका कारण पनि भएको भन्दै आफ्ना कुरा विशेष समयमा राखेका थिए । उनले आफ्नो कुरा राखेर विद्युत् प्राधिकरणमा भ्रष्टाचार भएको भनी प्रश्न उठाउन थालेपछि सभामुखले रोकेका थिए । सभामुखले उनलाई रोकेपछि रास्वपा सांसदहरूले बोल्न नदिइएको भन्दै उठेर विरोध गरेका थिए । विवादपछि सभामुखले पार्टी सभापति रवि लामिछानेलाई बोल्न दिएका थिए । लामिछानेले ढकाललाई नै बोल्ने समय भएकाले उनलाई नै दिनुपर्ने माग
काठमाडौं— सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ । त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउनेछन् भने पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.