काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन् । जसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला तथा अन्य दुई मतदाता रहेका छन् । काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र कायम छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा १६ हजार ५४८ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ६१ हजार १०० मतदाता कायम भएका छन् । जसमध्ये पुरुष ८३ हजार ७७३, महिला ७७ हजार ३२६ र अन्य एक मतदाता रहेका छन् ।प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा एक लाख ६५ हजार ५११ मतदाता
काँक्रेविहार। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताउनुभयो । जिल्लाको पञ्चपुरी नगरपालिका–५ र ६ बाबियाचौरस्थित बाबियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १६औँ वार्षिक साधारणसभामा आज उहाँले विकासमा नभई विकासका लागि प्रतिस्पर्धा हुनुपर्ने बताउनुभएको हो । मुख्यमन्त्री कँडेलले सबैको खबरदारीका कारण नै वर्षौंदेखि अलपत्र परेको बडीचौर खम्बागाडे सडक निर्माणले गति लिएको बताउनुभयो । उहाँले पश्चिम सुर्खेतमा विद्युत्, सडक, खानेपानी नै मुख्य कुरा रहेको बताउँदै प्रदेश सरकारले ती विषयमा आफ्नो क्षमताअनुसारको सहयोग गर्ने प्रतिबद्धता जनाउन
काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै छ। बैठकमा सहभागी हुन संस्थापन पक्षका नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन्।कांग्रेसमा नियमित कि विशेष महाधिवेशन गर्ने भन्ने विषय अहिले पेचिलो बनेको छ। पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बाटोमा अघि बढेको भन्दै वक्तव्य जारी गरेका थिए।यही विवाद समाधान गर्न पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्। बैठकमा प्रवेश गर्दागर्दै खड्काले पार्टीको विवाद समाधान गर्ने गरी निर्णय आउने बताएका छन्।
काठमाडौं— जेनजीका माग अलपत्रै छाडेर चुनावी रट घातक हुने जेनजी युवाहरुले ठहर गरेका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले आफूहरुका भावनालाई कुल्चे सह्य नहुने चेतावनीसमेत दिएका छन् ।जेनजी वीरेन्द्र शाहीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका मागहरुबारे सरकार बेखबरजस्तै बन्नु दुर्भाग्य भएको बताएका छन् । दिनदिनै नौजवान युवाहरु विदेशीनु, देशको आर्थिक अवस्था जरजर बन्नुको मुख्य कारक पूराना दलहरु भएको र उनीहरुको विकल्पमा नयाँ शक्ति खडा गर्नुपर्ने आवश्यकता रहेको बताए ।युवाहरुले स्वदेशमै भविष्य खोज्ने अवस्था नभएको बताउँदै शाहीले भने,‘किन हाम्रो श्रम विदेश जान्छ, किन हाम्रो मष्तिस्क स
काठमाडौं— काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन महानगर निरन्तर प्रयासरत रहेको बताएकी छन् ।शुक्रबार काठमाडौं महानगरपालिका वडा नम्बर–८ मा रहेको रामघाट प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा एक्स–रे मेसिनको उद्घाटन गर्दै उपप्रमुख डंगोलले सबै नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्नु महानगरको प्राथमिकता रहेको उल्लेख गरिन् ।उनले भनिन्, ‘स्वास्थ्य सेवा छिटो, सहज र प्रभावकारी बनाउने उद्देश्यसहित वडा–वडामा सहकारी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन गरिरहेका छौं। कतिपय स्थानमा ठाउँको अभावका कारण भाडामा लिएर समेत सेवा दिइरहेका छौं, र त्यसको प्रभ
काठमाडौं— निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्राकृतिक प्रकोप तथा विभिन्न प्रकारका विपद्का समयमा सदस्य विद्यालय तथा सम्बद्ध व्यक्तिहरूलाई व्यवस्थित, समन्वित र प्रभावकारी सहयोग उपलब्ध गराउने उद्देश्यले ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन गरेको छ ।बाढी, पहिरो, भूकम्प, महामारीजस्ता प्राकृतिक प्रकोपले समय–समयमा देशभर प्रभाव पार्ने तथा त्यसका प्रत्यक्ष प्रभाव शिक्षा क्षेत्र र निजी विद्यालय समुदायमा पर्ने यथार्थलाई मध्यनजर गर्दै यस विभाग गठन गरिएको प्याब्सनले जनाएको छ ।विगतका वर्षहरूमा विपद्का बेला राहत, सहजीकरण र समन्वयका विभिन्न मानवीय अभियानहरू सञ्चालन गर्दै आए
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता शुक्रबार २८ औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक सम्पन्न भएको छ ।गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम न्यूनीकरण तथा यसका व्यस्थापनका पक्षमा कानूनी र संरचनागत व्यवस्थापनले मात्रै प्रयाप्त नहुने भएकोले यसको प्रभावकारी कार्यान्वयन अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।राष्ट्रिय भूकम्प सुरक्षा दिवसलाई हामीले पोस्टर टाँस्ने, औपचारिक कार्यक्रम गर्ने, एक दिनको सचेतना फैलाएर सकिने कार्यक्रमका रूपमा सीमित गर्नु न
काठमाडौं— कतार सरकारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारका विभिन्न जेलमा सजाय भोगिरहेका नेपालीलाई मानवीय आधारमा आममाफी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा आममाफी प्रदान गरेकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गरिएको छ। मन्त्रालयले यस कदमलाई उच्च प्रशंसा गरेको छ।विज्ञप्तिमा नेपाल र कतार राज्यबीचको सुदृढ द्विपक्षीय सम्बन्ध, आपसी मित्रता र सौहार्दताको प्रतीकका रूपमा उक्त आममाफीलाई लिइएको उल्लेख छ। मानवीय आधारमा प्रदान गरिएको दयालु निर्णयले दुई देशबीचको सम्बन्धलाई थप म
काठमाडौं— एमाले र कांग्रेसको परम्परागत प्रतिस्पर्धाले चिनिएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नयाँ राजनीतिक चरित्र देखिन थालेको छ ।जेनजी आन्दोलनका अगुवा लुँइटेललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेसँगै यस क्षेत्रमा ‘जेनजी फैक्टर’ प्रवेश गरेको हो ।लुँइटेलको सिफारिसलाई पार्टीगत निर्णयभन्दा बढी पुस्तागत राजनीतिक सन्देशका रूपमा लिइएको छ । सडक, क्याम्पस र सामाजिक सञ्जालमा सीमित रहँदै आएको जेनजी आन्दोलन अब प्रत्यक्ष रूपमा संसद प्रवेशको प्रयासमा देखिएको छ, जसले परम्परागत चुनावी बहसलाई चुनौती दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।कोरोना महामारीका ब
काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेको छ । शुक्रबार काठमाडौंको अनामनगरमा विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेका हुन् ।नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन तत्काल आह्वान गर्न पुनः जोडदार माग गरेका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले १५औँ महाधिवेशन तोकिएको समयभित्र हुन नसकेको भन्दै अब विशेष महाधिवेशन बाहेक अन्य विकल्प नरहेको स्पष्ट पारे ।पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले नेपाली कांग्रेसका लागि महाधिवेशन नियमित प्रक्रिया मात्र नभई पार्टीको ‘जीवनधारा’ भएको उल्लेख गरे ।पछिल्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.