काठमाडौं। प्रतिनिधिसभाको बैठकमा मंगलबार प्रधानमन्त्रीको विवादित अभिव्यक्ति, नवलपरासीको सुस्ता क्षेत्रमा भएको भनिएको सीमा अतिक्रमणको विषय तथा सुनसरीमा भएको पछिल्लो घटनालाई लिएर सत्ता पक्ष र प्रतिपक्षबीच तीव्र बहस भएको छ।बैठकको सुरुवातदेखि नै प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिमाथि आपत्ति जनाउँदै त्यसबारे सदनमा स्पष्ट जवाफ दिनुपर्ने माग गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको भनाइले राजनीतिक विवाद सिर्जना गरेको र त्यसबारे सरकार मौन बस्न नहुने बताएका छन्।यस्तै, सुस्ता क्षेत्रमा भएको भनिएको सीमा अतिक्रमणको विषय उठाउँदै सांसदहरूले राष्ट्रिय सार्वभौमिकता र सीमा सुरक्षासँग सम्बन्धि
काठमाडौं / उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा’ विषयमा छलफल भएको छ । छलफल क्रममा सांसद रञ्जु दर्शनाले बजारमा देखिएको एलपी ग्यास अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन आग्रह गरेकी छन् । उनले स्थानीय ग्यास डिलरहरूमा ग्यास अभावका कारण अधिकांश पसल बन्द रहेको र उपभोक्ताहरू सिलिन्डर बोकेर ग्यास खोज्न बाध्य भएको बताइन् । उनले भनिन्, ‘लोकल ग्यास पसलहरू सटर लागेका छन् । उपभोक्ताहरू ग्यासको सिलिन्डर बोकेर हिडिरहेका छन् । ग्यासको हाहाकार छैन भन्ने कुरा अरू देशमा होला त
काठमाडौं / नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन, नेपाली जनतासँग क्षमा माग्न तथा संसद्को अभिलेखबाट हटाउन माग गरेका छन् ।मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले जेठ अधिवेशनका क्रममा प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट व्यक्त गरेको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र सम्पूर्ण नेपाली नागरिकको आत्मसम्मानमा गम्भीर चोट पुर्याएको बताए ।उनले भने, ‘हामीले यसअघि पनि उक्त अभिव्यक्तिप्रति गम्भीर आपत्ति दर्ज गराएका थियौँ र आज पनि त्यसलाई दोहोर्याउन चाहन्छौँ । सार्वभौम राष्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजु पाण्डे र नेपाली सेनाका एक सैनिकबीच गोकर्णमा भएको भनाभनले नयाँ राजनीतिक बहस सुरु गरेको छ। करिडोर विस्तारका क्रममा नेपाल ट्रस्टको जग्गाभित्र रहेको नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल भत्काउने विषयमा भएको विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनालाई नेपाली सेनाले गम्भीर रूपमा लिएको छ।भाइरल भिडियोमा सैनिकले पर्खाल नभत्काउन आग्रह गर्दै अनुमति पत्र मागिरहेका देखिन्छन्। तर सांसद पाण्डेले करिडोर विस्तार कानुनी मापदण्डअनुसार भइरहेको दाबी गर्दै डोजर नरोकिने बताएका छन्। उनले सरकारी मापदण्ड सबै निकायमा समान रूपमा लागू हुनुपर्ने भ
काठमाडौं । राष्ट्रिय राजनीतिमा नयाँ शक्ति समीकरणको संकेत देखिएको छ। जनार्दन शर्मा आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले मधेशकेन्द्रित दलहरूसँग मिलेर नयाँ राजनीतिक मोर्चा घोषणा गर्ने तयारी गरेको छ।प्रलोपासँगै जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल लगायतका दल एउटै मोर्चामा आबद्ध हुने भएका छन्।जनमत पार्टीका अध्यक्ष सीके राउतका अनुसार साउन २३ गते काठमाडौंको बैंकेट थापा गाउँमा विशेष कार्यक्रम आयोजना गरी संयुक्त मोर्चाको औपचारिक घोषणा गरिनेछ।दलहरूबीच भएको शीर्ष तहको सहमतिपछि नयाँ मोर्चा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले समसामयिक राजनीतिक अवस्था र आगामी महाधिवेशनको तयारीबारे रणनीति तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक बुधबार अपराह्न १२स्३० बजे धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा वर्तमान राजनीतिक परिस्थितिको समीक्षा, संगठन विस्तार, पार्टीका विभिन्न तहका अधिवेशन तथा महाधिवेशनको तयारीका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।राप्रपाले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारी गरिरहेको छ। सोही महाधिवेशनलाई केन्द्रमा राखेर संगठनात्मक गतिविधि, तयारीको अ
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको वित्तीय अवस्था र बजेटमा घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमको प्रभावकारी कार्यान्वयनबारे छलफल गर्न आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई मन्त्रालयमा बोलाएका छन्।मंगलबार दिउँसो ३ बजे अर्थ मन्त्रालयमा हुने बैठकमा वित्तीय क्षेत्रका चुनौती, लगानी प्रवाह, कर्जा विस्तार, बैंकिङ प्रणालीको वर्तमान अवस्था तथा निजी क्षेत्रको विश्वास अभिवृद्धिलगायत विषयमा व्यापक छलफल हुने बताइएको छ।अर्थ मन्त्रालयका अनुसार बजेटमा समेटिएका आर्थिक सुधारका योजनालाई व्यवहारमा उतार्न बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले बैंकका प्रमुख कार्यकारी अध
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भेटघाट तथा छलफल गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार बिहान ११ बजेदेखि जारी छलफल समसामयिक राजनीतिक अवस्था, प्रदेशका प्राथमिकता र समन्वयका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।छलफलमा रास्वपाका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन्। सरकार र सत्तारूढ दलबीच राजनीतिक संवादलाई तीव्र बनाइरहेका बेला भएको यो भेटलाई सम
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार बिहान भेटवार्ता भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेट छोटो समयका लागि भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ। तर, भेटमा कुन विषयमा छलफल भयो भन्नेबारे कुनै औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि भेटबारे आफूलाई जानकारी नभएको बताएका छन्। प्रधानमन्त्री र प्रधानसेनापतिबीच भएको यो भेटको विषयवस्तु सार्वजनिक नभएपछि राजनीतिक तथा सुरक्षा वृत्तमा विभिन्न अड्कलबाजी भइरहेका छन्। यद्यपि दुवै पक्षले छलफलको एजेन्डाबारे कुनै प्रति
काठमाडौं। नेपालमा लामो समयदेखि विवाद र बहसको विषय बनेको गाँजा खेती अब गण्डकी प्रदेशमा नयाँ मोडमा पुगेको छ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने कानुन प्रमाणीकरण भएसँगै नेपालमै पहिलो पटक यसको कानुनी आधार तयार भएको छ। प्रदेश सरकारले यसलाई आर्थिक समृद्धिको अवसरका रूपमा प्रस्तुत गरेको छ भने यसको प्रभावकारी कार्यान्वयनका लागि संघीय कानुन संशोधन अपरिहार्य रहने देखिएको छ।गण्डकी प्रदेशले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता दिने विधेयक प्रमाणीकरण गर्दै नयाँ नीतिगत अध्याय सुरु गरेको छ। प्रदेश प्रमुखबाट साउन १८ गते प्रमाणीकरण भएसँगै गाँजा खेती, उत्प
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.