राजनीति

    Showing 271-280 of 7,612 items.
  • डा. टीका ढकाल भन्छन महिला नेतृत्व, युवा सहभागिता र पार्टी अनुशासनमा एमाले अघि छ

    काठमाडौं— नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अत्याधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएपछि डा.टीका ढकालले आफूलाई ठूलो जिम्मेवारी आएको अनुभूति भएको बताएकी छन् । महाधिवेशन प्रतिनिधि बन्नु नै आफ्नो लागि गर्वको विषय भएको र त्यसपछि केन्द्रीय सदस्यमा निर्वाचित हुँदा अपेक्षा भन्दा धेरै विश्वास प्राप्त भएको उनको भनाइ छ ।पार्टीको मूलधारमा नयाँ भए पनि देशभरिका प्रतिनिधिहरूले दिएको लोकप्रिय मतले आफूलाई अझ गम्भीर र जिम्मेवार बनाएको उनले उल्लेख गरिन् ।नतिजा सार्वजनिक भएको दिन महाधिवेशन स्थलमै देखिएको बधाई र समर्थनले आफ्नो काँधमा ठूलो दायित्व थपिएको महसुस भएको डा. ढकालको भनाइ छ ।पार्टीको विधि, विधान र अनु

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 365 पटक पढिएको
  • सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको बर्ष बन्नुपर्छः अध्यक्ष ओली

    काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उनले बताएका हुन् ।नयाँ वर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद बर्ष भएको बताए ।नेपालमा लोकतन्त्र विस्थापनको ठूलो सिलसिला गम्भीर ढङ्गले शुरू गरिएको भन्दै नेपाली जनताको सचेतनताका कारण प्रतिगमनकारीहरूले त्यो प्रयासलाई चाहेको ठाउँमा पुर्याउन भने नसकेको

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 348 पटक पढिएको
  • निर्वाचन सामग्री ढुवानीका लागि आयोगद्वारा आवेदन आह्वान

    काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी गर्न इच्छुक सेवा प्रदायकलाई आवेदन दिन आग्रह गरेको छ। निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक तथा कन्टेनर प्रयोग गरिने आयोगले जनाएको छ।यसका साथै कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई पनि सूचीकृत हुन आयोगले आह्वान गरेको छ। इच्छुक सेवा प्रदायकले आयोगले तोकेको मापदण्ड पूरा गरी आवेदन पेस गर्नुपर्नेछ।आवेदनका साथ सम्बन्धित निकायबाट प्राप्त सेवा सञ्चालन अनुमति पत्र, मूल्यअभिवृद्धिकर (भ्याट) दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८१/८२ सम्मको करचुक्ता प्रमाणपत्र तथा विगत तीन आर्थिक वर्षको का

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 367 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ ।उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 343 पटक पढिएको
  • द ब्रिटिस कलेजले पत्रकारलाई नियन्त्रणमा राख्यो, प्रेस स्वतन्त्रतामाथि गम्भीर हमला

    काठमाडौं—  नेपाल लिड डटकमका संवाददाता समीर जोशी र क्यामेरापर्सन अमृत भट्टमाथि काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजले दुर्व्यवहार गरेको छ। कलेजले विद्यार्थीबाट चर्को शुल्क असुल गरी दुबई कामदारको रूपमा पठाएको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारद्वयलाई कलेज प्रशासनले अवरोध गरेको हो।समाचार संकलनका क्रममा कलेजले आफ्ना सुरक्षा गार्ड परिचालन गरी पत्रकारद्वयलाई घेराबन्दीमा राखेको र कलेज परिसरबाट बाहिर निस्किनसमेत नदिएको आरोप लागेको छ। यस घटनाले स्वतन्त्र रूपमा समाचार संकलन गर्ने पत्रकारको संवैधानिक अधिकारमाथि गम्भीर हस्तक्षेप भएको नेपाल पत्रकार महासंघ स्वतन्त्र समाचार सेवाले जनाएको छ।महासंघ

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 411 पटक पढिएको
  • प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंको टोलीबीच छलफल जारी

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका अध्यक्ष दुर्गा प्रसाईँसँग छलफल थालेकी छन्। सिंहदरवारमा बोलाएर प्रसाईँ नेतृत्वको टोलीसँग छलफल गरेकी हुन्।सरकारले सञ्चार मन्त्री जगदीश खरेलको नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेर प्रसाईँसँग वार्ता गर्दै आइरहेको छ।यसअघि सरकारले मंसिर २२ गते पनि छलफल गरेको थियो। प्रसाईँले आन्दोलनको कार्यक्रम अघि सारेपछि प्रधानमन्त्रीले चुनावको वातावरण बनाउनको लागि वार्ताबाटै निकास निकाल्न पहल थालेकी हुन्।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 364 पटक पढिएको
  • गृहमन्त्री अर्यालद्वारा एफएनएमआइएस प्रणालीको शुभारम्भ, निर्वाचन र सुशासनमा जोड

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन स्थापित गर्दै भ्रष्टाचारमुक्त प्रशासन र सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा जुटिसकेको बताएका छन् ।बिहीबार अध्यागमन विभागद्वारा काठमाडौंमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस)’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।उनले निर्वाचन सफल बनाउन सम्बन्धित सबै सरोकारवाला निकायको यथोचित भूमिका अपेक्षित रहेको समेत बताए । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपाल भ्रम

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 373 पटक पढिएको
  • जेनजी आन्दोलन छानबिनस् तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्र पठाउने तयारी

    काठमाडौं— भदौ २३ र २४ को जेनजी आन्दोलनका बेला भएका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको लागि पत्र काट्ने तयारी गरेको छ ।बिहिबार जाँचबुझ आयोगका प्रमुख गौरी बहादुर कार्कीले केपी शर्मा ओलीलाई आयोगले छानबिनको लागि पत्र काट्ने तयारी गरेको जानकारी दिएका हुन् ।यसअघि आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको बयान लिएको थियो ।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 367 पटक पढिएको
  • बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टि समारोहमा हजारौं नागरिक सहभागी

    काठमाडौं— बंगलादेशले पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको नमाज–ए–जानाजा आयोजना गरेको छ । बंगलादेशको राष्ट्रिय संसद भवनको साउथ प्लाजामा आयोजित अन्त्येष्टि कार्यक्रममा हजारौं नागरिक सहभागी भएका थिए र उनले आफ्ना प्रिय नेताको अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।बेगम खालिदाको अन्त्येष्टि नमाज बैतुल मुक्करम राष्ट्रिय मस्जिदका खतीबले सम्पन्न गराएका थिए भने बंगलादेश राष्ट्रिय जनता पार्टी (बीएनपी)का स्थायी समितिका सदस्य नज्रुल इस्लाम खानले कार्यक्रमको व्यवस्थापन गरेका थिए। नमाज–ए–जानाजापछि खालिदा जियालाई उनका पति, पूर्व राष्ट्रपति जियाउर रहमानको छेउमा, ढाकाको शेर–ए–बंगल नगरमा दफन गरिएको छ ।बंगलादेशक

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 386 पटक पढिएको
  • समानुपातिक बन्दसूची सच्याउन निर्वाचन आयोग र दलबीच छलफल जारी

    काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीमा देखिएका त्रुटि सच्याउन दलका प्रतिनिधिसँग छलफल गरिरहेको छ।आयोगका अनुसार बन्दसूचीमा समावेशी समूह (क्लष्टर) मिले/ नमिलेको विवरण जाँच गरी कमजोरी देखिएका दललाई सच्याउन आग्रह गरिएको छ। सूची जाँच र छलफलपछि आवश्यक सुधार गर्न यही पुस २० गते औपचारिक पत्राचार गरिनेछ।आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बुधबार १२ वटा राजनीतिक दलका प्रतिनिधिसँग छलफल भएको जानकारी दिँदै आज पनि थप १२ दलसँग छलफल गर्ने कार्यतालिका रहेको बताए।यसअघि पुस १३ र १४ गते गरी ६४ राजनीतिक दलल

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 355 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा