राजनीति

    Showing 3,071-3,080 of 10,435 items.
  • पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार पहिलो केन्द्रीय समिति बैठक बस्ने भएको छ।बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय चःमतिमा सुरु हुने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।बैठकमा केन्द्रीय समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थिति माग गरिएको छ। मुख्य एजेन्डामा पार्टीको समायोजन, विस्तार र सुदृढीकरणसम्बन्धी छलफल रहने बताइएको छ।रास्वपा, ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच पुस १४ गते भएको एकता पश्चात् यो पहिलो केन्द्रीय बैठक हो। पार्टीका लागि यस बैठकलाई आगामी रणनीति निर्धारण गर्ने महत्त्वपूर्ण बैठकका रूपमा हेरिएको छ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 473 पटक पढिएको
  • संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी भेनेजुएला कारबाहीको निन्दा

    काठमाडौं— संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र क्यारिबियन समुदायले भेनेजुएलामा अमेरिकी सैन्य कारबाही र राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीको पक्राउ गरेको घटनाको संयुक्त रूपमा कडा निन्दा गरेका छन्।यी निकायहरूले यसलाई अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लङ्घन र क्षेत्रीय स्थिरताको लागि खतरा ठहराएका हुन् ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै अमेरिकी सैन्य हस्तक्षेपले दूरगामी क्षेत्रीय परिणामसहित खतरनाक उदाहरण स्थापित गरेको चेतावनी दिएका छन्।उनले अन्तर्राष्ट्रिय कानून, युएन चार्टर, मानव अधिकार र कानूनको शासनको पूर्ण सम्मानको आवश्यकतामा जोड दिँदै सबै

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 524 पटक पढिएको
  • भेनेजुएलामाथिको अमेरिकी आक्रमण घोर अपराध होः झलनाथ खनाल

    काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमणको कडा निन्दा र भत्र्सना गरेका छन्।उनले उक्त घटनालाई स्वतन्त्र राष्ट्रको सार्वभौमिकतामाथिको ठाडो उल्लङ्घन, अन्तर्राष्ट्रिय कानुनको खिल्ली र राज्य आतंकवादको उदाहरण भएको बताएका छन्।जारी वक्तव्यमा खनालले अमेरिकी ट्रम्प प्रशासनअन्तर्गत डेल्टा फोर्सद्वारा करिब १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि गरिएको आक्रमणमा सर्वसाधारण र सैनिकको ज्यान गएको, सैनिक संरचना ध्वस्त पारिएको तथा निर्वाचित राष्ट्रपति निकोलास मादुरो र प्रथम महिला सिलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरी अमेरिका लगिएको

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 518 पटक पढिएको
  • नारायणकाजी श्रेष्ठ भन्छन भेनेजुएलामाथि अमेरिकी आक्रमण नाङ्गो हस्तक्षेप हो

    काठमाडौं— वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको घटनाको कडा निन्दा गरेका छन्।उनले उक्त घटना स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको नाङ्गो आक्रमण भएको बताएका छन्।‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला माथि गरेको बर्बर आक्रमण र त्यहाँका राष्ट्रपति तथा उनका श्रीमतीलाई कब्जामा लिएको घटना एउटा स्वतन्त्र राष्ट्रको सार्वभौमिकता र भौगोलिक अखण्डता माथिको नाङ्गो आक्रमण हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।नेता श्रेष्ठले अमेरिकाले कार्यले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 508 पटक पढिएको
  • विधायन व्यवस्थापन समितिको बैठक बस्दै, चलचित्र विधेयकमाथि दफावार छलफल हुने

    काठमाडौं— आज संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।बैठक आइतबार बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो ।समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ ।विधायन व्यवस्थापन समितिले विधेयकलाई परिमार्जन गर्दै प्रभावकारी कानुन निर्माणमा योगदान पु¥याउने उद्देश्यले दफावार छलफललाई निरन्तरता दिँदै आएको छ।

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 509 पटक पढिएको
  • काठमाडौं–५ मा मेयर बालेननिकट सस्मित पोखरेलले उम्मेदवारी दिने

    काठमाडौं— काठमाडौं–५ मा महानगरका मेयर बालेन्द्र शाह (बालेन) निकट सस्मित पोखरेलले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । मेयर बालेनसँग नजिक रहेर काम गर्दै आएका पोखरेल हाल सिटी प्लानिङ कमिसनका सहायक विज्ञ हुन् ।महानगरको दीर्घकालीन योजना, नीतिगत सुधार र सेवा प्रवाहलाई संस्थागत बनाउने प्रक्रियामा उनको भूमिका निर्णायक मानिन्छ। विशेषतः काठमाडौंको शिक्षा क्षेत्र रूपान्तरणमा देखिएको प्रगतिमा पोखरेलको योगदान छ ।सार्वजनिक विद्यालय सुधार, पाठ्यक्रम–शिक्षण पद्धतिमा सुधार, विद्यालय व्यवस्थापनलाई पारदर्शी बनाउने नीति तथा शिक्षक क्षमता अभिवृद्धिजस्ता क्षेत्रमा पछ

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 532 पटक पढिएको
  • सरकार चुनाव सार्ने बहाना खोज्दै छः मुख्यमन्त्री कँडेल

    सुर्खेत— नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकार फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन् ।आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै कँडेलले सुरुमा राजनीतिक दलहरूको नाम देखाएर चुनाव सार्न चाहेको भए पनि हाल त्यो सम्भावना हटिसकेको बताए ।उनले भने पहिला दल देखाइयो तर, अहिले सरकार आफैं अन्यौलमा छ । सरकारको व्यवहारले अझै पनि चुनावप्रति स्पष्ट प्रतिबद्धता नदेखिएको उनको आरोप छ । ‘सरकार चुनाव हुन्छ भन्छ, तर हाम्रो पार्टी

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 570 पटक पढिएको
  • झापा- ५ बाट एमाले अध्यक्ष ओलीको नाम एकल सिफारिस

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर- ५ बाट एकल सिफारिस भएका छन् ।बिर्तामोडमा शनिबार सम्पन्न क्षेत्रीय समन्वय कमिटीको बैठकले ओलीको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। ओली यसअघि पनि सोही क्षेत्रबाट भारी मतान्तरले विजयी हुँदै आएका थिए।

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 513 पटक पढिएको
  • मन्त्री खरेल भन्छन देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्छ

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन । नेपाल पत्रकार महासङ्घ चितवन शाखाको आज निरीक्षणपछि कुरा गर्ने क्रममा उनले अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरेको बताए।उनले पत्रकारका कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने बताउँदै चितवन शाखा अन्य शाखाको तुलनामा राम्रो रहेको बताए। पत्रकारहरुको समस्या समाधानका लागि अहिलेको सरकारले केही आधारशिला तयार गर्ने उनको भनाइ थियो । उनले भने, “लोक कल्याणकारी विज्ञापनको सही तरिकाले सबै सञ्चारमाध्यम

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 584 पटक पढिएको
  • कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल

    काठमाडौं । नेपाली कांग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तिब्रता पाएको छ । विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन् । जसका कारण कांग्रेसमा समानान्तर संरचना निर्माण हुने जोखिम बढेको छ ।शुक्रबारको कार्यसम्पादन समितिको बहुमतले आगामी २८–३१ वैशाखमा महाधिवेशन गर्ने मिति तय गर्दै महाधिवेशन कार्यतालिका संशोधन गरिसकेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि सार्वजनिक आह्वान गरेपछि परिस्थिति थप पेचिलो बनेको थियो ।तर शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर

    • प्रकाशित मितिः पुस १९, २०८२
    • 284 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.