राजनीति

    Showing 3,091-3,100 of 10,435 items.
  • कतारले दियो १३ जना नेपाली कैदीलाई आममाफी

    काठमाडौं— कतार सरकारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारका विभिन्न जेलमा सजाय भोगिरहेका नेपालीलाई मानवीय आधारमा आममाफी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा आममाफी प्रदान गरेकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गरिएको छ। मन्त्रालयले यस कदमलाई उच्च प्रशंसा गरेको छ।विज्ञप्तिमा नेपाल र कतार राज्यबीचको सुदृढ द्विपक्षीय सम्बन्ध, आपसी मित्रता र सौहार्दताको प्रतीकका रूपमा उक्त आममाफीलाई लिइएको उल्लेख छ। मानवीय आधारमा प्रदान गरिएको दयालु निर्णयले दुई देशबीचको सम्बन्धलाई थप म

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 568 पटक पढिएको
  • काठमाडौं–१ मा जेनजी अगुवा सन्दिप लुँइटेल नेकपाबाट उम्मेदवार सिफारिस

    काठमाडौं— एमाले र कांग्रेसको परम्परागत प्रतिस्पर्धाले चिनिएको काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नयाँ राजनीतिक चरित्र देखिन थालेको छ ।जेनजी आन्दोलनका अगुवा लुँइटेललाई नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेसँगै यस क्षेत्रमा ‘जेनजी फैक्टर’ प्रवेश गरेको हो ।लुँइटेलको सिफारिसलाई पार्टीगत निर्णयभन्दा बढी पुस्तागत राजनीतिक सन्देशका रूपमा लिइएको छ । सडक, क्याम्पस र सामाजिक सञ्जालमा सीमित रहँदै आएको जेनजी आन्दोलन अब प्रत्यक्ष रूपमा संसद प्रवेशको प्रयासमा देखिएको छ, जसले परम्परागत चुनावी बहसलाई चुनौती दिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।कोरोना महामारीका ब

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 533 पटक पढिएको
  • नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग पुनः दोहोर्याइयो

    काठमाडौं— नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेको छ । शुक्रबार काठमाडौंको अनामनगरमा विशेष महाधिवेशन पक्षधरले पत्रकार सम्मेलन गरेका हुन् ।नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन तत्काल आह्वान गर्न पुनः जोडदार माग गरेका छन्। पत्रकार सम्मेलन गर्दै उनीहरूले १५औँ महाधिवेशन तोकिएको समयभित्र हुन नसकेको भन्दै अब विशेष महाधिवेशन बाहेक अन्य विकल्प नरहेको स्पष्ट पारे ।पत्रकार सम्मेलनमा बोल्दै विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले नेपाली कांग्रेसका लागि महाधिवेशन नियमित प्रक्रिया मात्र नभई पार्टीको ‘जीवनधारा’ भएको उल्लेख गरे ।पछिल्

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 505 पटक पढिएको
  • डा. टीका ढकाल भन्छन महिला नेतृत्व, युवा सहभागिता र पार्टी अनुशासनमा एमाले अघि छ

    काठमाडौं— नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अत्याधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएपछि डा.टीका ढकालले आफूलाई ठूलो जिम्मेवारी आएको अनुभूति भएको बताएकी छन् । महाधिवेशन प्रतिनिधि बन्नु नै आफ्नो लागि गर्वको विषय भएको र त्यसपछि केन्द्रीय सदस्यमा निर्वाचित हुँदा अपेक्षा भन्दा धेरै विश्वास प्राप्त भएको उनको भनाइ छ ।पार्टीको मूलधारमा नयाँ भए पनि देशभरिका प्रतिनिधिहरूले दिएको लोकप्रिय मतले आफूलाई अझ गम्भीर र जिम्मेवार बनाएको उनले उल्लेख गरिन् ।नतिजा सार्वजनिक भएको दिन महाधिवेशन स्थलमै देखिएको बधाई र समर्थनले आफ्नो काँधमा ठूलो दायित्व थपिएको महसुस भएको डा. ढकालको भनाइ छ ।पार्टीको विधि, विधान र अनु

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 545 पटक पढिएको
  • सन् २०२६ लोकतन्त्र र संविधान पुनरोत्थानको बर्ष बन्नुपर्छः अध्यक्ष ओली

    काठमाडौं— नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन् । सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उनले बताएका हुन् ।नयाँ वर्ष सन् २०२६ का अवसरमा बिहीबार साँझ प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले सन् २०२५ नेपाल र नेपालीका लागि दुःखद बर्ष भएको बताए ।नेपालमा लोकतन्त्र विस्थापनको ठूलो सिलसिला गम्भीर ढङ्गले शुरू गरिएको भन्दै नेपाली जनताको सचेतनताका कारण प्रतिगमनकारीहरूले त्यो प्रयासलाई चाहेको ठाउँमा पुर्याउन भने नसकेको

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 545 पटक पढिएको
  • निर्वाचन सामग्री ढुवानीका लागि आयोगद्वारा आवेदन आह्वान

    काठमाडौं— निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सामग्री ढुवानी गर्न इच्छुक सेवा प्रदायकलाई आवेदन दिन आग्रह गरेको छ। निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक तथा कन्टेनर प्रयोग गरिने आयोगले जनाएको छ।यसका साथै कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई पनि सूचीकृत हुन आयोगले आह्वान गरेको छ। इच्छुक सेवा प्रदायकले आयोगले तोकेको मापदण्ड पूरा गरी आवेदन पेस गर्नुपर्नेछ।आवेदनका साथ सम्बन्धित निकायबाट प्राप्त सेवा सञ्चालन अनुमति पत्र, मूल्यअभिवृद्धिकर (भ्याट) दर्ता प्रमाणपत्र, आर्थिक वर्ष २०८१/८२ सम्मको करचुक्ता प्रमाणपत्र तथा विगत तीन आर्थिक वर्षको का

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 507 पटक पढिएको
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

    काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ ।उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 480 पटक पढिएको
  • द ब्रिटिस कलेजले पत्रकारलाई नियन्त्रणमा राख्यो, प्रेस स्वतन्त्रतामाथि गम्भीर हमला

    काठमाडौं—  नेपाल लिड डटकमका संवाददाता समीर जोशी र क्यामेरापर्सन अमृत भट्टमाथि काठमाडौंको थापाथलीस्थित द ब्रिटिस कलेजले दुर्व्यवहार गरेको छ। कलेजले विद्यार्थीबाट चर्को शुल्क असुल गरी दुबई कामदारको रूपमा पठाएको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारद्वयलाई कलेज प्रशासनले अवरोध गरेको हो।समाचार संकलनका क्रममा कलेजले आफ्ना सुरक्षा गार्ड परिचालन गरी पत्रकारद्वयलाई घेराबन्दीमा राखेको र कलेज परिसरबाट बाहिर निस्किनसमेत नदिएको आरोप लागेको छ। यस घटनाले स्वतन्त्र रूपमा समाचार संकलन गर्ने पत्रकारको संवैधानिक अधिकारमाथि गम्भीर हस्तक्षेप भएको नेपाल पत्रकार महासंघ स्वतन्त्र समाचार सेवाले जनाएको छ।महासंघ

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 592 पटक पढिएको
  • प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंको टोलीबीच छलफल जारी

    काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका अध्यक्ष दुर्गा प्रसाईँसँग छलफल थालेकी छन्। सिंहदरवारमा बोलाएर प्रसाईँ नेतृत्वको टोलीसँग छलफल गरेकी हुन्।सरकारले सञ्चार मन्त्री जगदीश खरेलको नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेर प्रसाईँसँग वार्ता गर्दै आइरहेको छ।यसअघि सरकारले मंसिर २२ गते पनि छलफल गरेको थियो। प्रसाईँले आन्दोलनको कार्यक्रम अघि सारेपछि प्रधानमन्त्रीले चुनावको वातावरण बनाउनको लागि वार्ताबाटै निकास निकाल्न पहल थालेकी हुन्।

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 465 पटक पढिएको
  • गृहमन्त्री अर्यालद्वारा एफएनएमआइएस प्रणालीको शुभारम्भ, निर्वाचन र सुशासनमा जोड

    काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार विधिको शासन स्थापित गर्दै भ्रष्टाचारमुक्त प्रशासन र सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने तयारीमा जुटिसकेको बताएका छन् ।बिहीबार अध्यागमन विभागद्वारा काठमाडौंमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस)’ कार्यक्रमको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।उनले निर्वाचन सफल बनाउन सम्बन्धित सबै सरोकारवाला निकायको यथोचित भूमिका अपेक्षित रहेको समेत बताए । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले नेपाल भ्रम

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 489 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.