राजनीति

    Showing 4,451-4,460 of 8,312 items.
  • बालविवाह गर्ने गराउनेलाई कडा कारबाही गरियोस्ः सांसद कार्की (भिडियो)

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने/गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन्।बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले समाजमा बालविवाह ठुलो रोगको रूपमा रहेको भन्दै यस्तो गर्ने गराउनेलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्ने बताइन् । संविधान र कानुनमा बाल विवाहलाई वर्जित गरिएको भए पनि कानुन कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।सांसद कार्कीले अहिलेपनि बाल विवाहको दर ३५ प्रतिशत रहेको र मधेस प्रदेशमा त झनै ४२.४ प्रतिशत रहेको भन्दै यसलाई पूर्णरुपमा रोक्नुपर्ने बताइन्। उनले कुनै कानुनी कमजोरी भए परिमार्जन गर्न पनि सरकारलाई आग्रह गरिन्। 

    • प्रकाशित मितिः असार १३, २०८१
    • 494 पटक पढिएको
  • विपदका फाइल पनि खोल्न गृहमन्त्रीलाई सांसद रामहरि खतिवडाको आग्रह (भिडियो)

    काठमाडौं— नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले पहिरो पीडितहरूलाई राहत र पुनरवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खतिवडाले ओखलढुंगासहित देशभर विपद्बाट पीडित भएकाहरूलाई आवश्यकताअनुसार राहत र पुनरवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन्।खतिवडाले बाढीपहिरोका कारण देशभर धनजनको क्षति भएको उल्लेख गर्दै ओखलढुङ्गाका विभिन्न स्थानमा पनि बाढी पहिरोले जनधनको भएको र घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौंमा उपचार भइरहेको सदनलाई जानकारी गराए। खानेपानी, विद्युत् तथा इन्टरनेट सेवा आपूर्ति, सिँचाइलगायत अत्यावश्यक सेवामा बाधा पुगेकाले

    • प्रकाशित मितिः असार १३, २०८१
    • 454 पटक पढिएको
  • गोर्खा मिडिया र ९ सहकारीको कागजात मगाउने संसदीय विशेष समितिको निर्णय

    काठमाडौँ- सहकारी सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिसहित ९ सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ।समितिको बुधबार बसेको छैठौं बैठकले विभिन्न सहकारीबाट गोर्खा मिडिया लगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो।समितिले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात मगाएको हो।सिमितले सहकारीहरुको साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षणको प्रतिवेदन र वित्तीय विवरण मागेको हो।

    • प्रकाशित मितिः असार १२, २०८१
    • 325 पटक पढिएको
  • आफ्नै निवास पुगेका घनश्यामलाई झलनाथले भने : अध्यक्षमा लड्नुहोस्, मैले छाडेँ

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा झलनाथ खनालले घनश्याम भुसाललाई साथ दिने भएका छन्। खनालले आज भुसाललाई अध्यक्ष बन्न सहयोग गर्ने भएका हुन्। भुसाल आज सहयोग माग्दै खनाल निवास डल्लु पुगेका थिए। भुसाललाई खनालले वैचारिकरूपमा एक भएपछि सहयोग गर्ने बताएका थिए। भुसाल निकट स्रोतका अनुसार खनालले तपाई हड्नुहोस्, मैले छाडे भनेका थिए। यही असार १६ देखि हुने नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल दाबेदार थिए। खनालले छाड्दा अब नेपाल र भुसाल मात्र दाबेदार देखिएका छन्। यता नेपाल आफै अध्यक्ष हुने तयारीमा छन्। यता नेपाल भने एक्लिएका छन्। उनी आफै अध्यक्ष बन्न त

    • प्रकाशित मितिः असार १२, २०८१
    • 268 पटक पढिएको
  • माधव नेपाल नरुचाउने झलनाथले अध्यक्षमा दाबी नगर्ने संकेत, घनश्याम भुसाललाई 'बोक्ने' तयारी

    काठमाडौँ-  यही असार १६ देखि हुने नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा सम्मानित नेता झलनाथ खनालले अध्यक्षमा प्रतिस्पर्धा नगर्ने संकेत देखाएका छन्। पछिल्ला उनका गतिविधिका कारण उनी अध्यक्षमा घनश्याम भुसाललाई सहयोग गर्ने तयारी रहेको उनी निकट नेताहरू सुनाउँछन्। यसअघि समाजवादीमा नेपाल, खनाल र भुसाल अध्यक्षका दाबेदार हुन्। हालका महासचिव भुसाल दुवै नेताबाट सहयोगको आश गरिरहेका छन्। यही कारण खनालले भुसाललाई सहयोग गर्ने आशा देखाएका हुन्। खनाल र भुसालले संयुक्तरूपमा पार्टीको दस्तावेज पनि बनाएका छन्। जसमा खनालको एजेन्डालाई प्रमुख बनाइएको छ। जनता बहुदलीय जनबाद (जनवाद)को वकालत गर्ने नेपालको एजेन्डाल

    • प्रकाशित मितिः असार १२, २०८१
    • 228 पटक पढिएको
  • दुर्गा प्रसाईले कसलाई भने अवसरवादी र गद्दारको भिड ?

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईले अवसरवादी र गद्दार चिन्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले क्रान्ति र योगदानको विषय जोड्दै त्यसैबाट अवसरवादी र गद्दार चिन्नुपर्ने बताएका छन्। क्रान्ति लामो समयको अभियान रहेको भन्दै क्रान्तिको कठिन परिस्थितिमा भाग्नेले नै विजयी भएपछि अवसर लिन क्रान्तिवीरको अभिनय गर्ने उल्लेख गरेका छन्। 'क्रान्ति र जनबिद्रोह भनेको पहिला बुझ्न र आत्मसात लिन जरुरी छ। क्रान्ति र जनविद्रोह भनेको क्षण भरमै हुने कुरा होइन्,' प्रसाईले भनेका छन्। क्रान्तिबारे व्याख्या गर्दै उनले भनेका छन्, 'क्रान्ति र जनविद्रोह सुरु गर्दा सुरुसुरुमा धेरै असिमित मानिसहरूको भ

    • प्रकाशित मितिः असार १२, २०८१
    • 611 पटक पढिएको
  • कोशीको फैसलामा सर्वोच्चले दिएको जबाफ : सरकार निरन्तर फेरिरहन सकिन्छ

    काठमाडौँ- प्रदेशसभाको निर्वाचन भएको ३ वर्ष नपुग्दै कोशी प्रदेशमा ४ सरकार फेरिसकेका छन्। कोशीमा नेपाली कांग्रेस र नेकपा एमालेले फेरिएर सरकारको निरन्तर नेतृत्व गरिरहेका छन्। कहिले यी दुई दल मिलेर सरकार बनाउँछन् त कहिले विवादले अदालत धाउछन्। यसअघि उद्धव थापाको सरकार निर्माणलाई प्रश्न गर्दै एमाले संसदीय दलका नेता हिक्मत कार्की अदालत गएका थिए। थापाले त्यसबेला तत्कालीन सभामुखको समेत मत प्रयोग गरेर विश्वासको मत लिएका थिए। सर्वोच्च अदालतले थापाको सरकारलाई वैधानिकता दिएन। त्यसपछि हिक्मत आफै मुख्यमन्त्रीमा बहाल रहे। तर निरन्तरता पाएनन्। त्यसपछि कांग्रेसकै केदार कार्कीलाई मुख्यमन्त्री बनाउ

    • प्रकाशित मितिः असार ११, २०८१
    • 307 पटक पढिएको
  • रातो पासपोर्ट काण्डमा मुछिएका धनराजको घोषणा : एक रुपैयाँ भ्रष्टाचार गरेको छैन

    काठमाडौँ- कुनै बेला रातो पासपोर्ट किनबेचमा जोडिएका नेता हुन्, धनराज गुरुङ। उनी बेलाबेला अन्य  विवादमा पनि तानिएका छन्। कानुनमन्त्री बन्दा अयोग्य वकीललाई न्यायाधीश बनाएको आरोप पनि धनराजलाई लाग्यो। तर उनै धनराजले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरू कम हुने उनको भनाइ थियो। ‘

    • प्रकाशित मितिः असार ११, २०८१
    • 297 पटक पढिएको
  • देशलाई समृद्ध बनाउन सबै मिल्नुपर्छः देउवा

    काठमाडौं—  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबै मिलेर अघि बढेमात्रै देश समृद्ध बन्ने बताएका छन्।मंगलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले नेपालका हरेक आन्दोलनमा आदिवासी जनजातिको योगदान महत्त्वपूर्ण रहेको भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताए।उनले सबै आपसमा एक भएर राष्ट्रलाई ठूलो योगदान दिनुपर्ने बताए। उनले आदिवासी जनजाति एक भएर देश, पार्टी र आफ्ना हक अधिकार पनि संरक्षण गर्न सकिने बताए।देउवाले भने, ‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ। दाजुभाइहरू हुनुहुन्छ। अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ।

    • प्रकाशित मितिः असार ११, २०८१
    • 273 पटक पढिएको
  • आगामी आर्थिक वर्षको बजेट बहुमतबाट पारित

    काठमाडौं— आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित भएको छ।  उपसभामुख इन्दिरा राना मगरले  बहुमत पुगेकाले  प्रतिनिधिसभाबाट बजेट  पारित भएको घोषणा गरेकी हुन्।सरकारका तर्फबाट अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए।बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहालले  विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्याल

    • प्रकाशित मितिः असार ११, २०८१
    • 469 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा