राजनीति

    Showing 4,541-4,550 of 10,435 items.
  • भोली जनकपुरधाम आउँदै प्रधानमन्त्री ओली

    जनकपुर – मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार (भोली) जनकपुरधाम आउने भएका छन् ।मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली साउन ३० गते जनकपुरधाम आउने कार्यक्रम तय भएको छ । करिब २३ करोड १० लाख ४३ हजार ४०७ रुपैयाँको लागतमा बनेको सुविधासम्पन्न भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।सो भवन निर्माणको जिम्मेवारी शिवालय सुवेदी जेभीलाई २०८० असोज १० गते लिएको थियो भने सम्झौता अवधि २०८२ असार मसान्तसम्मको रहेको थियो ।मन्त्रालयअन्तर्गत सो भवनको निर्माण कार्य समयमै सम्पन्न भएको मन्त्र

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 525 पटक पढिएको
  • आज संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दैँ

    काठमाडौं – संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्ने भएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागिएको हो । आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ । बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ५३औं बैठकमा सौर्य एयरलाइन्स एन–एएमई, सीआरजे २०० वायुयान दुर्घटना जाँचबुझको अन्त

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 582 पटक पढिएको
  • भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरु र मुख्यमन्त्री सिंहबीच भेटवार्ता

    जनकपुर – मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको ३ सदस्यीय प्रतिनिधिमण्डलले आज भेटघाट गरेका छन् ।भेटका क्रममा प्रतिनिधिमण्डलले भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानीको अभाव समाधानका उपायहरू सुझाव दिने योजना प्रस्तुत गरेको छन् ।टोलीले आगामी दिनमा मधेश प्रदेशका विभिन्न जिल्लाहरूको भ्रमण गरी भूगर्भीय पानीको अवस्था सम्बन्धी आवश्यक अनुसन्धान गर्नेछ ।भारतीय प्रतिनिधिमण्डलमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरू आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त राय सहभागी थिए ।मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अनुसन्धान तथा सुझावले प

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 626 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको चीन र भारतका राष्ट्रप्रमुखहरूसँग उच्चस्तरीय भेटवार्ता

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले शांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागिता जनाउने क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङ र भारतीय समकक्षी नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन्।प्रधानमन्त्री ओलीको यो सहभागिता ऐतिहासिक मानिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालबाट एससीओ सम्मेलनमा यस्तो उच्चस्तरीय प्रतिनिधित्व यो पहिलोपटक हो। प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा क्षेत्रीय सहयोग, द्विपक्षीय सम्बन्ध सुदृढीकरण तथा साझा चासोका राजनीतिक, आर्थिक र सुरक्षा सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।सन् २००१ मा स्थापन भएको एससीओको मुख्य उद्देश्य क्षेत्रीय स्थिरता र आपसी सहकार्

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 814 पटक पढिएको
  • आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची

    काठमाडौं – संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । बिहीबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 322 पटक पढिएको
  • ‘राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐन प्रक्रियागत रुपमा छ’

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकार रक्षकहरुको अवस्था, चुनौती र अधिकार संरक्षण सम्बन्धी कानूनको मस्यौदा विधेयक’ विषयक कार्यक्रममा उनले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको कारण २०६८ को ठाँउमा नयाँ ऐन ल्याएको बताए । उनले भने, ‘राष्ट्रिय मानव अधिकारमा नयाँ ऐन २०६८ को ठाँउमा नयाँ ऐन ल्याउने कुरा भईसकेपछि हामी त्यसमा अघि बढ्यौं । यो अहिले छलफल कै चरणमा छ । यो ऐन सदनमा पेश भएपछि, समिति पनि छ त्यहाँ पनि छलफल हुन्छ, त्यो बेला पनि

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 786 पटक पढिएको
  • गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्धारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै देशैभर आन्दोलन कार्यक्रम तय गरेको छ ।प्याब्सन केन्द्रीय कार्यालयमा साउन २७ गते बसेको संयुक्त बैठकले स्थानीय, जिल्ला र प्रदेशस्तरीय समितिहरू मार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।प्याब्सनका अनुसार आगामी कार्यक्रमअनुसार साउन २९ गते बिहीबार पत्रकारहरूको उपस्थितिमा अध्यक्ष र पालिका शिक्षा शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाइनेछ ।त्यसपछि साउन ३० गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय कार्यालयमा ज्ञापन पत्र बुझाइ

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 451 पटक पढिएको
  • मधेश प्रदेश सरकारद्वारा २०८१/८२ मा अहिलेसम्मकै उच्च आन्तरिक राजश्व संकलन

    जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ आन्तरिक राजश्व संकलन गर्न सफल भएको छ । यस अघिका वर्षहरुको तुलनामा यो हालसम्मकै उच्च राजश्व संकलन भएको देखिएको छ ।विगत वर्षहरूसँग तुलना गर्दा २०८१/८२ मा संकलित रकम सात वर्ष अघिको भन्दा दोब्बरभन्दा बढी भएको अर्थ मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए । महतोका अनुसार कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि वृद्धिका कारण यो उल्लेखनीय प्रगति सम्भव भएको हो ।प्रदेश सरकारले आव ०७५/७६ मा २ अर्व ६६ करोड १५ लाख ३६ हजार , आव ०७६/७७ मा २ अर्व ७५ करोड ७२ ला

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 275 पटक पढिएको
  • महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनमाथि छलफल

    काठमाडौं – संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकमा महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदनका प्रमुख बुँदाहरूमा विस्तृत छलफल गरिएको छ । बैठकमा महालेखापरीक्षक नायव चन्द्रकान्त भण्डारीले हाल लेखापरीक्षण गर्नुपर्ने सरकारी निकायको संख्या करिब ६ हजार रहेको जानकारी दिए ।उनका अनुसार, लेखापरीक्षणका लागि जोखिमको मूल्याङ्कन गरेर प्राथमिकता निर्धारण गरिन्छ । ‘हामीले लेखापरीक्षण गर्नुपर्ने निकायहरूको मूल्याङ्कनका लागि नौवटा मापदण्ड अपनाएका छौं,’ उनले भने, ‘त्यसमा बजेटको आकार, पुँजीगत तथा चालु खर्च, विगतका बेरुजुहरूको अवस्था, वित्तीय संरचना लगायतका सूचक समावेश छन् ।’भण्डारीका अनुस

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 502 पटक पढिएको
  • गल्ती नगरेको भए जस्तो सुकै छानबिन आयोग बनाएपनि फरक पर्दैन : सांसद सिहं

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले गल्ति नगरेको भए जस्तो सुकै छानबिन आयोग आएपनि डराउन नपर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे बोल्दै कल्याण श्रेष्ठ वा  शुशिला कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गर्न माग गरे । उनले  बदमासि गर्नेले सजाय पाउने भन्दै उच्च स्तरको छानबिन समिति गठन गर्न आग्रह गरे ।‘भिजिट भिसाको काण्डले यो सदनमा मात्र होइन विदेशमा बसेका हाम्रा नेपालीहरुको शिर निहुराउने अवस्थामा पुगिसकेको छ । राप्रपाले भिजिटभिसाको विरोध गरेको होइन तर भिजिट भिसाका नाममा नेपालीसँग तल देखि माथिल्लो तह सम्मका मान्

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 434 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.