झापा / निर्वाचन क्षेत्र नम्बर –३ प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार डम्बर बहादुर गिरीले नेकपा एमालेको पार्टी संगठन जोगाउन आफूले उम्मेदवारी दिएको बताएका छन् । पार्टी नेतृत्वले स्थानीय नेता कार्यकर्तासँग परामर्श नगरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सो क्षेत्रबाट उम्मेदवार बनाएपछि यसपटक पनि राजेन्द्र लिङ्देनलाई मतदान गर्दा पार्टी सकिन्छ भन्ने भयले विद्रोह गरेर चुनावी मैदानमा उत्रिएको उनको कथन छ । एमालेका आम कार्यकर्ताको साथ आफूलाई रहेको उनको दावी छ । ‘म एमालेको पृष्ठभूमिबाट आएको हुँ ।’ युवा नेता गिरीले भने, ‘यस क्षेत्रका मतदाताले परिवर्तन विरोधी राजतन्त्रवादीलाई पटकपटक बोक्न सक्दै
पोखरा / बर्खास्तमा परेका गण्डकी प्रदेश सरकारका निवर्तमान भौतिक, पूर्वाधारमन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सनसनीपूर्ण भिडिओ बाहिर ल्याइदिने चेतावनी दिएका छन् ।चुनाव लगत्तै मुख्यमन्त्री पोखरेलले आफूलाई बर्खास्त गर्नुको कारण नभने र आफूले न्याय नपाए अडिओ, भिडिओ सार्वजनिक गर्ने धम्की दिएका हुन् । मुख्यमन्त्री पोखरेलले राज्यकोषको दुरुपयोग गरेको प्रमाण आफूसँग रहेको खड्काले दाबी समेत गरेका छन् । उनले भने ‘चुनाव लगत्तै उहाँले चित्तबुझ्दो जवाफ नदिए तपाईँहरूले भन्ने सनसनी अडिओ, भिडिओ ल्याउँछु,’ ।मंगलबार बर्खास्त भएका खड्काले आफू बर्खास्तीमा पर्नुको कुनै कारण नभएको बत
मोरङ / मोरङको -३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुनिल शर्माले आफूले चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको केविन निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याउने बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले विपन्न नागरिकको उपचारका लागि ५० शैया सहितका २५ ओटा केविन सञ्चालन गर्ने उद्घोष गरेका हुन् । २०७४ को आम निर्वाचनमा यसै क्षेत्रबाट झिनो मतले पराजित भएका डा.शर्माले आफूले चुनाव हारेर पनि जनताको सेवा जारी राखेकोमा चुनाव जितेपछि आफूमाथि जनताको अपेक्षा बढ्ने भएकाले
झापा / भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा सत्तागठबन्धनको चुनावी सभामा भएको बम विस्फोट जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लिएको छ ।विप्लव नेकपाका नेता सुमन श्रेष्ठले घटनाको जिम्मेवारी लिएका हुन् । चुनाव बहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको उनले बताए ।तिवारीभञ्ज्याङ बजारमा सभा भइरहेको बेला कार्यक्रमस्थलमा बम पड्किएको थियो । विस्फोटमा परी श्रेष्ठ घाइते समेत भएका छन् ।श्रेष्ठ विप्लवकै कार्यकर्ता भएको र उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको प्रहरीले जनाएको छ । उनको बायाँ खुट्टामा सामान्य चोट लागेको र इप्रका
भोजपुर / सत्ता गठबन्धनको सभा चलिरहेको बेला भोजपुरमा बम विस्फोट भएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । उक्त सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस प्रवक्ता रामशरण महत जाने कार्यक्रम छ । मोरङ, खोटाङलगायत ठाउँमा पनि जाने कार्यक्रम भएकाले प्रचण्ड कार्यक्रमस्थल पुगिसकेका छैनन् ।बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको भोजपुरका प्रहरी प्रमुख डीएसपी सरोज घिमिरेले जानकारी दिए । बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको
झापा / आसन्न प्रतिनिधिसभा निर्वाचनमा देशभर ८६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको तथ्याङ्कअनुसार प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १५० निर्वाचन क्षेत्रमा ८६७ जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । कतिपय निर्वाचन क्षेत्रमा पार्टीले टिकट नदिएका कारण बागी उम्मेदवारी दिएका छन् । बागी भए पनि कानुनतः उनीहरूको उम्मेदवारी स्वतन्त्र मानिन्छ । १६५ निर्वाचन क्षेत्रमध्ये १५ निर्वाचन क्षेत्रमा भने स्वतन्त्रको नजर पर्न सकेको छैन । त्यसरी स्वतन्त्र उम्मेदवारी नपर्ने क्षेत्रमा अधिकांश पहाडी जिल्ला छन् । कम मतदाता भएको र दुर्गम ठाउँमा स्वतन्त्र उम्मेदवार छैनन् । चुनाव
बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलि मंसिर १ गते मेचीनगर -६ को इँटाभट्टामा र गौरीगञ्जमा हुने सभालाई सम्बोधन गर्ने भएका छन् । झापा–१ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यमा पार्टीका स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश १ मा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह-इञ्चार्ज रविन कोइराला र प्रदेश २ मा तालमेलका आधारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट सविना बजगाईँ उम्मेद्वार रहेका छन् ।प्रतिनिधिसभा सदस्यका उम्मेद्वार खरेलले पार्टीका अध्यक्ष ओलीबाट झापा १ का आम मतदाताहरुका लागि चुनावी सन्दर्भमा महत्वपूर्ण सन्देश लिएर आउने भएकाले सबै आमाबुवा, दिदीबहिनी र दाजुभाइलाई
झापा / आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ को चुनावी माहोल निकै रोचक बनेको छ । सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको हो ।अहिले उक्त क्षेत्रमा बाम लोकतान्त्रीक गठबन्धनबाट नेपाली कांग्रेसका डा. सुनिलकुमार शर्मा, एमालेबाट भानुभक्त ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेद्वार बनेकी थापाबीच त्रिपक्षीय प्रतिस्पर्धा भइरहेको छ ।विसं २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका डा. शर्मा र वाम गठबन्धनबाट एमालेका ढकालबीच प्रतिस्पर्धा भएको थियो । त्यति बेला एक हजार नौ सय सात मतान्
मोरङ / मोरङको -३ नम्बर निर्वाचन क्षेत्रको संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापा वास्तविक उम्मेदवार नभएको बताएका छन् । आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा.शर्माले राप्रपाले भोट काट्नका लागि मात्र थापालाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको उल्लेख गरे । निर्वाचनलाई आफ्ना प्रतिनिधि छान्ने अवसरका रुपमा प्रयोग गरी मतदाताले विवेक पुर्याएर जनताका पक्षमा काम गर्नेलाई मत दिनुपर्ने उनको भनाइ थियो ।२०७४ को निर्वाचन जितेर गएका एमाले उम्मेदवा
काठमाडौं / आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवार अगाडि देखिएका छन् । सत्ता गठबन्धनभित्रको मत विभाजन नहुने हो भने एमालेका कतिपय शीर्ष नेताहरूलाई नै हम्मेहम्मे पर्ने देखिएको स्थानीय पत्रकारहरू बताउँछन् । उक्त प्रदेशको चार जिल्लामा नेपाली काङ्ग्रेससहितको गठबन्धनका उम्मेदवारहरू बढी सुरक्षित देखिएको र नेकपा एमालेका उम्मेदवारहरू प्रतिरक्षामा रहेको पत्रकार युवराज गौतम बताउँछन् । उनका अनुसार स्थानीय तहको मतको आधारमा अघिल्लो निर्वाचनको अवस्था र उम्मेदवारको लोकप्रियताको अवस्थालाई विश्लेषण गर्दा एमालेका भन्दा गठबन्धनका उम्मेदवार धेरै अगाडि छन् । चुनावी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.