पोखरा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै बलमा चुनाव लड्ने दाबी गरेका छन् । प्रेस सेन्टर गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादीप्रति जनमतको उभार आएको भन्दै अरूको बैशाखी आवश्यक नपर्ने बताएका हुन् ।जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उनले आफूहरू नै पहिलो पार्टी बन्ने सम्भावना रहेको दाबी गरे । ‘देशभरिको स्थिति हेर्दा पहिलो पार्टी बन्ने सम्भावना छ । कार्यक्रममा उभार राम्रो छ । माओवादी नै रहेछ देश बचाउने भन्ने भएको छ,’ उनले भने, ‘अरूको बैशाखी कसैको टेकेर होइन, आफ्नै बलमा चुनाव लड्ने तयारी गर्दैछौँ
बिर्तामोड / नेकपा एमालेका अध्यक्ष केपी ओली आसन्न स्थानीय निर्वाचन र भावी आम निर्वाचनलाई लक्षित गरेर यतिबेला देश दौडाहामा छन् । एमाले एक्लैले निर्वाचन जित्ने दावी गर्दै ओली यतिबेला अन्य दलका नेता तथा कार्यकर्ता आफ्नो दलमा भित्राउने काममा व्यस्त रहेका छन् ।अघिल्लो निर्वाचनमा माओवादी केन्द्र र राप्रपासँगको चुनावी तालमेलका कारण झापा ५ बाट विजय भएका उनी यतिबेला पार्टी विभाजन अनि माओवादी केन्द्र र राप्रपासँगको दूरी बढेकाले सहज विजयका लागि अन्य निर्वाचन क्षेत्रमा जान तयारीमा लागेको एमाले उच्च स्रोतले जानकारी गराएको छ ।ओली निर्वाचित भएको क्षेत्र झापा ५ मा एमालेको संगठन अन्य दलको भन्दा बलियो र राम्रो र
विराटनगर / नेकपा माओवादी केन्द्र प्रदेश १ ले स्थानीय सरकारको चुनावी तयारीका लागि प्रदेश १ का १४ जिल्लालाई ५ भागमा विभाजन गरी चुनावी कमान्डर तोकेको छ । पार्टीका केन्द्रीय नेताहरूलाई आसन्न निर्वाचनमा विजयी गराउने उद्देश्य सहित कमान्डर तोकेको हो ।निर्वाचन लक्षित चुनावी नारा ‘समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार’ लाई लिएर दुई महिने अभियान समेत थालिएको माओवादी केन्द्र प्रदेश १ ले जनाएको छ ।माओवादी केन्द्रले ताप्लेजुङ , पाँचथर र इलामको कमान्डर केन्द्रीय सदस्य तथा प्रदेश १ सरकारका आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बोलाई बनाएको छ ।त्यसैगरी झापा, मोरङ र सुनसरीको कमान्डर केन्द्रीय
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठुलो खिम्ती पावर सबस्टेसनको उद्घाटन गरेका छन् । देउवाले शनिबार रामेछापको मन्थली नगरपालिका –१३ स्थित देवीटारमा निर्मित सबस्टेसनको उद्घाटन गरेका हुन् । खिम्ती सबस्टेसन २२० र १३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मकै दोस्रो ठूलो सबस्टेसन हो।स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२० र १३२ केभीको सबस्टेसन निर्माणको काम पूरा भएको छ।केभी सबस्टेसनले गोंगरबाट आएको २२० केभी लाइनलाई खिम्ती हुँदै ढल्केबरसम्म जोड्नेछ भने सोही ल
बुटबल / स्थानीय तहको निर्वाचन नजिकिएसँगै कांग्रेसमा सत्तारुढ गठबन्धनका दलसँग मिलेर चुनावमा जाने बहस भइरहेका बेला लुम्बिनी प्रदेशका कांग्रेस नेताहरू भने गठबन्धनको विपक्षमा उभिएका छन् । गठबन्धन गरेर चुनावमा जाँदा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई फाइदा भएपनि कांग्रेसलाई घाटा हुने भन्दै उनीहरू गठबन्धनकाे विपक्षमा उभिएका हुन् । संस्थापनइतर समूहमा रहेका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले कांग्रेस एक्लै चुनावमा जाने बताएका छन् । पुनले भने, –‘कार्यकर्ताको भावना विपरित गठबन्धन गरिए त्यो कांग्रेसकै निम्ति दुर्भाग्य हुन्छ, हामीले केन्द्रबाट गर्ने गठबन्धनको निर्णय स्वीकार्न
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा दोलखा पुगेका छन् । उनी माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अवलोकन गर्न शनिबार बिहान हेलिकप्टरमार्फत दोलखा पुगेका हुन्।देउवाले शनिबार नै रामेछाप पुगेर खिम्ती पावर सव–स्टेसनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको हो भने खिम्ती सव–स्टेसन २२० र १३२ केभी क्षमताको हो। यो केन्द्रीय विद्युत प्रणालीमा जोडिने दोस्रो ठूलो सव–स्टेसन रहेको प्राधिकरणले जनाएको छ।
काठमाडौं / नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी हप्ता बस्ने गरी आह्वान गरिएको छ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आगामी चैत ११ गते शुक्रबार बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।बैठकमा स्थानीय तह निर्वाचनको तयारी, एवम् घर घर जाऔं, कांग्रेस जिताऔँ अभियानको प्रारम्भिक समीक्षा गर्ने प्रमुख एजेन्डा रहेको छ ।
काठमाडौं / निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर बनाएको आचारसंहिता बिहीबार राजपत्रमा प्रकाशित भएको छ ।‘निर्वाचन आचारसंहिता, २०७८’ मा विभिन्न २४ वटाभन्दा बढी सरकारी तथा गैर–सरकारी संस्था तथा त्यहाँ कार्यरत कर्मचारीले यो आचारसंहिताको पालना गर्नुपर्ने उल्लेख छ । आचारसंहिताको उल्लंघन गरे सजायको समेत भागिदार हुनुपर्नेछ ।नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र ती निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्यहरुले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्नेछ ।संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुर
बिर्तामोड / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सेना युएस एयर फोर्सको जहाज अवतरण भएको छ । अमेरिकी सरकारका उच्च अधिकारी र कुटनीतिज्ञ बोकेको अमेरिकी सेना युएस फोर्सको जहाज काठमाण्डौ स्थित त्रिभूवन विमानस्थलमा आकस्मिक अवतरण भएको छ । अमेरिकी सैन्य जहाज काठमाण्डौ अवतरण भए लगत्तै शंकाको दृष्टिले सामाजिक संजालमा यो विषय भाईरल बनेपछि काठमाण्डौ स्थित अमेरिकी दुतावाशले कूटनीतिज्ञ लिएर जहाज आएको प्रतिकृया दिएको छ । चिनिया विदेशमन्त्रीको आसन्न नेपाल भ्रमणको पूर्वसन्ध्यामा अमेरिकी अधिकारीको टोली आएकाले यसलाई अर्थपूर्ण रुपमा लिईएको छ । चिनिया सहयोग परियोजना विआरआई र अमेरिकी सहयो
काठमाडौँ / नेकपा (माओवादी केन्द्र) ले चितवन जिल्ला इन्चार्जमा रेणु दाहाल र संयोजकमा आरसी अधिकारीलाई चयन गरेको छ । माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले दाहाललाई इन्चार्ज र अधिकारीलाई संयोजकमा चयन गरेको हो । भरतपुर नगरपालिकाकी मेयर समेत रहेकी दाहाल माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन् । उनले यसअघि भरतपुर महानगरको इन्चार्जको जिम्मेवारी सम्हालेकी थिइन् । चितवन जिल्ला संयोजकको जिम्मेवारी पाएका अधिकारी पूर्व विद्यार्थी नेता हुन्। उनी विगतमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष थिए।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.