राजनीति

    Showing 4,561-4,570 of 10,435 items.
  • आज संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दैँ

    काठमाडौं – संघीय संसद अन्तरगत आज पाँच वटा समितिको बैठक बस्ने भएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागिएको हो । आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्ने तय भएको छ । यस्तै, बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कैलाली काराग

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 431 पटक पढिएको
  • कृषि सामाग्री र साल्ट ट्रेडिङका कर्मचारीसँग प्रधानमन्त्रीले भने तपाइँहरुको संस्थाले गर्दा नेता र मन्त्रीले गालि खानुपर्यो

    काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीलाई बोलाएर तपाइँहरुको संस्थाले गर्दा नेता र मन्त्रीले गालि खानु परेको बताएका छन् ।रासायनिक मल आपुर्तिको जिम्मा पाएका यी दुबै कम्पनीका कर्मचारी सहित कृषि मन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी लाई मंगलबार बोलाएर प्रधानमन्त्रीले मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना तीन दिनभित्र ल्याउन’ निर्देशन दिएका हुन् ।सोहि क्रममा प्रधानमन्त्री ओलीले नागरिकको समस्यामा सरकार चुप लागेर बस्न नमिल्ने बताएका छन् । उनले भने,‘किसानले किन

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 533 पटक पढिएको
  • विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्छ : उर्जामन्त्री खड्का

    काठमाडौं – उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण  लाईन निर्माणमा लाग्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १० औँ वार्षिकोत्सवमा मंगलबार साँझ आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले विद्युत उत्पादन हुने विभिन्न नदीको उत्पादन क्षमता हेरेर प्रसारण लाईन निर्माणमा लाग्नुपर्ने बताएका हुन् । ‘कुन करिडोरमा कति क्षमतामा विद्युत उत्पादन हुन्छ, त्यसको एकीन गरेर विद्युत प्रसारण लाईन निर्माण गर्नुपर्छ, जसले गर्दा एउटै जग्गा र वन अधिग्रहण गरे पुग्छ,’– उनले भने । उनले जलविद्युत उत्पादन गर्दैगर्दा वातावरणीय असरलाई पनि ख्या

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 438 पटक पढिएको
  • भारतलाई एक हजार मेगावाट बिजुली निर्यात, ८० अर्ब आम्दानी हुने प्रधानमन्त्री ओलीको दाबी

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले भारतलाई एक हजार मेगावाट विद्युत् निर्यात गर्न लागेको घोषणा गरेका छन्।उनका अनुसार उक्त विद्युत् निर्यातबाट नेपालले करिब ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ। प्रधानमन्त्री ओलीले भने, “हामी भारतलाई एक हजार मेगावाट बिजुली निर्यात गर्दैछौं। यसबाट नेपालले ८० अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्नेछ।”

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 686 पटक पढिएको
  • त्रुटि स्वीकार्दै खतिवडाले दिए राजीनामा, जिम्मेवार को?

    काठमाडौं – संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले रोस्ट्रमबाट राजीनामाको घोषणा गर्दै निष्ठाका आधारमा निर्णय लिएको दाबी गरे।खतिवडा निजामती सेवा विधेयकमा गरिएको विवादास्पद संशोधन — दुई वर्षे 'कुलिङ पिरियड' हटाउने निर्णय — का कारण आलोचनामा परेका थिए। सो विषयमा गठित संसदीय छानबिन समितिले उनलाई ‘नैतिक रूपमा जिम्मेवार’ ठहर गरेपछि उनले सभामुख देवराज घिमिरे र पार्टी प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेर राजीनामाको निर्णय लिएको जनाएका छन्।राजीनामा घोषणा गर्दै खतिवडाले विधेयकमा त्रुटि भएको दिनमै स

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 779 पटक पढिएको
  • आज प्रतिनिधि सभाको बैठक बस्दैँ

    काठमाडौं – संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बुधबार दिनको १ बजे बस्न लागेको प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर गरिने भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने आजको कार्यसूचीमा उल्लेख छ । यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 347 पटक पढिएको
  • जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्नेमा सांसदहरुको जोड

    काठमाडौं – वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमा जलवायु परिवर्तनसम्बन्धि नीति निर्माण गर्नुपर्ने माग गरिएको छ । मंगलबार बसेको अर्थ समितिको बैठकमा जलवायु परिवर्तनलाई विश्वसमुदायसँग सहयोगको आव्हान गर्दा समेत उचित नीति नभएको भन्दै समितिमा नीतिले सम्बोधन गर्नुपर्ने माग गरिएको हो । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले हिमतालहरु फुटेकोदेखि लेदो बाढी आउने समस्याहरुमा अरुलाई सहयोगका लागि आव्हान गर्न नीतिको आवश्यक रहेको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले जलवायु परिवर्तनप्रति प्रतिवद्धता र विश्व समुलायसँग सहयोग पनि मागिरहेको अव

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 545 पटक पढिएको
  • अर्जुननरसिंह केसी भन्छन अदालतले अनुमति दिँदा पनि रवि लामिछानेलाई कारागार स्थानान्तरण नगर्नु दुःखद

    काठमाडौं— नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेल सार्नका लागि गरेको आग्रहलाई राज्यले अस्वीकार गर्नु दुःखद् भएको बताएका छन्।प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले अदालतले समेत जेल सार्नको लागि अनुमति दिए पनि स्थानारन्तरण नगरिनु दुःखद् भएको बताए।‘कसैप्रति पनि कानूनी प्रक्रियाले हुने निर्णय आफ्नो ठाउँमा छ तर राष्ट्रिय पार्टीको सभापति र पूर्वमन्त्री समेत भएको व्यक्ति (रवि लामिछाने) लाई अदालतले ठाना स्थानान्तरको अनुमति दिँदा दिँदै पनि स्थानान्तरण नरिनु दुःखद् मात्र होइन नबुझिँदो कुरा भएको छ।’

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 678 पटक पढिएको
  • अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

    काठमाडौँ  – राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था गर्न तयार गरिएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक, २०८१ पेस गरिएको छ ।मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री पाण्डेले नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ को पक्ष राष्ट्र भइसकेको अवस्थामा, महासन्धिको पक्ष राष्ट्रको हैसियतले उक्त सन्धिको कार्यान्वयन गर्नका लागि यो विधेयक ल्याइएको बताए । उनका अनुसार संवैधानिक व्यवस्थालाई मूर्तरूपमा कार्यान्वयन गर्न, सांस्कृतिक सम्पदा

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 482 पटक पढिएको
  • प्रधानमन्त्रीको निर्देशन : सुशासनका लागि विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस्

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताए  । नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, परादर्शीता र सेवा प्र

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 540 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.