काठमाडौँ / निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने नयाँ आचारसंहिता बनाएको छ । निर्वाचन आयोगका अनुसार जनप्रतिनिधिहरूले स्रोतको दुरुपयोग गर्न सक्ने भन्दै नयाँ आचारसंहितामा यस्तो प्रावधान राखेको हो । स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने प्रावधान रहेकाले आचारसंहितामा यो प्रावधान राखिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । ऐनको दफा १३ ‘घ’ मा स्थानीय तहबाट पारिश्रमिक पाउने गरी बहाल रहेको व्यक्ति उम्मेदवार हुन योग्य नहुने उल्लेख छ । जनप्रतिनिधिले पारिश्रमिक नलिए पनि
काठमाडौँ / नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ । बैठक बानेश्वरस्थित पार्टी कार्यालयमा सुरु भएको पार्टी उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिए । तुलाधरका अनुसार बैठकमा स्थानीय तहको निर्वाचनमा जनपरिचालन अभियान, घोषणापत्र निर्माण, प्रचार कार्ययोजनाको तयारी, विभागको पूर्णता लगायतका एजेन्डामा छलफल हुने छ।निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने उपमहासचिव तुलाधरले बताइए ।
काठमाडौं / आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि साना दलले पनि आफ्नै चुनाव चिन्ह पाउने भएका छन् ।निर्वाचन आयोगले सक्रियताको आधारमा साना दललाई पनि दलीय चुनाव चिह्न दिन लागेको हो । बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा साना दललाई उनीहरूकै चुनाव चिन्ह दिनेबारे निर्णय गरेको हो । अहिलेसम्म राष्ट्रिय दलको मान्यता पाएका पार्टीका उम्मेदवारलाई मात्रै दलीय चुनाव चिह्न दिने र अरू साना दलका उम्मेदवारले स्वतन्त्र चिह्न लिएर चुनाव लड्नुपर्ने व्यवस्था थियो । तर अबदेखि आयोगले शर्तसहित साना दललाई आफ्नै चुनाव चिन्ह दिनेछ ।
काठमाडौँ / कमल थापा नेतृत्वको राप्रपा नेपालले चुनाव चिह्न तीर पाएको छ। निर्वाचन आयोगले राप्रपालाई चुनाव चिन्ह तीर प्रदान गरेको राप्रपा नेपालका प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । राप्रपा नेपालले पुरानो चुनाव चिह्न गाई पाउनुपर्ने दाबी गरेको थियो। तर, आयोगको उक्त निर्णयविरुद्ध कानुनी प्रक्रियामा जाने विकल्प खुला राख्दै हाललाई त्यसलाई स्वीकार गरेको प्रवक्ता आचार्यले जानकारी दिए।उनका अनुसार राप्रपा नेपालले अर्को व्यवस्था नहुन्जेलसम्म तीर चुनाव चिह्नलाई पार्टीको प्रचार प्रसार सामग्रीमा प्रयोग गर्न कार्यकर्ताहरूलाइ आग्रहसमेत गरेको छ।
काठमाडौँ / नेपाली कांग्रेसको भातृ संस्था नेपाल दलित संघको केन्द्रीय महाधिवेशन स्थगित गरिएको छ । यही चैत्र ७ गते देखि ९ गते सम्म बुटबलमा हुने भनिएको संघको महाधिवेशन स्थगित गरिएको हो । आसन्न वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि पार्टी चुनावी प्रचार अभियानमा रहेकाले तत्काललाई अधिवेशन स्थगित गर्ने निर्णय भएको संघका केन्द्रीय उपाध्यक्ष रामकृष्ण लकान्द्रीले जानकारी दिए । उनले भने, – ‘दलित संघको महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ । अब स्थानीय तहको निर्वाचन पछि जेठतिर होला की।’ २०७३ सालमा हुनपर्ने संघको महाधिवेशन हालसम्म सर्दै आएको छ। सबै जिल्लाको अधिवेशन भन
बाँके / बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमाले नेता मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका छन् । जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले बानियाँलाई पाँच लाख धरौटीमा छोड्न आदेश दिएको हो । तोकेको रकम बुधबार बेलुका नै बुझाएपछि बानियाँ पुर्पक्षका लागि धरौटीमा रिहा भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुसदन न्यौपानेले जानकारी दिए । जुम्लाकी ४० वर्षीया महिलाले नेपालगञ्जस्थित एक होटलमा नेता बानियाँले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । उजुरीका आधारमा बानियाँलाई पक्राउ गरेर अ
झापा / प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले हिमाली तथा पहाडी जिल्लामा आज र तराईका जिल्लामा भोलि मनाइने फागुपूर्णिमा (होली)को शुभकामना व्यक्त गरेका हुन् । उनले शुभकामना दिँदै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने धारणा व्यक्त गरेका छन् । ‘सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस होली पर्वले समस्त नेपालीहरूबीच सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र ऐक्यवद्धता कायम राख्न योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, मुख्यमन्त्री राईले भनेका छन्
काठमाडौं / नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । बैठक आज दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताएका छन् । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउनेछ ।निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।
काठमाडौं / नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका १० जिल्लामध्ये ३ जिल्ला समन्वय समितिको अध्यक्ष परिवर्तन गरेको छ। स्थानीय निर्वाचनसँगै प्रदेश र संघको निर्वाचन नजिकिन थालेपछि माओवादीले जिल्ला नेतृत्व हेरफेर गरेको हो। यसअघि बसेको केन्द्रीय समिति बैठकले कर्णाली प्रदेशको इन्चार्जमा कालीबहादुर मल्ललाई जिम्मेवारी तोकेपछि जिल्ला अध्यक्ष हेरफेर गरिएको माओवादीले जनाएको छ।रुकुम पश्चिम जिल्ला समन्वय समितिको अध्यक्षमा गोविन्द रोका, सुर्खेतको अध्यक्ष जितबहादुर राना र हुम्लाको अध्यक्षमा डा. दीपेन्द्र रोकायलाई जिम्मेवारी दिएको छ।
काठमाडौँ / प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आज (बुधबार)का लागी ससंदीय दलको बैठक बोलाएको छ । संसद् अधिवेशनको अन्त्य भएको भोलिपल्ट एमालेले संसदीय दलको बैठक बोलाएको हो ।मंगलबारको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । दलको बैठक बुधबार दिउँसो ३ बजे नयाँबानेश्वरमा बस्दैछ ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.