काठमाडौं । एमालेले आफूलाई शून्य नपार्न गरेको आग्रहले सत्ता गठबन्धदलका दलहरुबीच राष्ट्रिय सभा सदस्यको सीट बाँडफाँटका लागि भएको छलफल निष्कर्षविहीन भएको छ। बालुवाटारमा बुधबार साँझ बसेका शीर्ष नेताहरुले सत्ता गठबन्धनका दलहरुले कति कति सीटमा आफ्ना उम्मेदवार उठाउने भन्ने टुंगो गर्न सकेनन्।बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भागबन्डाबारे छलफल नटुंगिएको बताएका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘हामीलाई जिरो नगर्नु’ भन्ने खालको प्रस्ताव आएको भन्दै छलफल पूर्ण रुपमा टुंगो नलागेको बताए।नेता पाण्डेले भने, ‘२० सिट खाली छ, त्यसमा एमाले पार्टीकै प
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउने परम्परागत शैली तोड्दै विपक्षी दलहरूलाई समेत निम्तो दिएको छ। शनिबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले यसवर्षको मेलमिलाप दिवस विशेष कार्यक्रम गरेर मनाउने र परम्परागत शैलीभन्दा भिन्न कार्यक्रमहरू आयोजना गर्ने निर्णय गरेको हो ।कांग्रेसले १६ पुस अर्थात् भोलि (सोमबार) राष्ट्रिय मेलमिलाप मनाउने निर्णय गरेको हो। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यो वर्ष कांग्रेसले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर दिवस मनाउने निर्णय गरेको बताए।विगतमा आन्तरिक रुपमा मात्रै यो दिवसलाई मनाउने गरेको तर मेलमिलाप दिवसले नेपालको र
काठमाडौं । नेपाली कांग्रेसले आज बिशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।शनिबार सम्पन्न केन्द्रीय समितिको निर्णय सार्बजनिक गर्न तथा र पौष १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन बिशेष पत्रकार सम्मेलनको आयोजना गरेको हो ।मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पौष १५ गते (आज)आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना हुनेछ ।
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले ललितपुरको बालकुमारीमा दुई युवाको मृत्यु भएको घटनाको भर्त्सना गरेको छ । सो पार्टीका प्रवक्ता कञ्चनले शनिबार विज्ञप्ति जारी गर्दै प्रहरी दमनबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र शाहको निधन भएकोमा भर्त्सना गरेका हुन् । ‘वैदेशिक रोजगारीको शिलशिलामा कोरिया जान माग गर्दै आन्दोलन गरिरहेका युवाहरु पुस १३ गते प्रहरीको कुटपिट तथा गोली प्रहारबाट दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साहको निधन भएको छ । हामी प्रहरी दमनको घोर भत्र्सना गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।देशको वर्तमान राजनीतिक तथा आर्थिक प्रणाली नबलिँलदासम्म देश र जनताको यो
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस गरेको छ ।कांग्रेस बागमती प्रदेश समितिबाट बुधबार राष्ट्रिय सभा सदस्यको उम्मेदवार शाहसहित ९१ जनाको नाम पठाइएको छ ।राष्ट्रिय सभा चुनाव माघ ११ गते हुँदैछ । पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ ।
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आजदेखि बस्दै छ। बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने काँग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन्।साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ।
काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेको छ ।मन्त्री किरातीले बुधबार दिएको अभिव्यक्तिले एउटा धर्मलाई मात्र प्रोत्साहन गरेको भन्दै राप्रपाले आपत्ति जनाएको हो ।बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए ।
झापा । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवार बनाउन नेपाली काँग्रेस झापाले सिफारिस गरेको छ। काँग्रेस झापाले सिटौलालाई सिफारिस गर्ने सर्वसम्मत रूपमा निर्णय गरेको हो। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिटौलालाई पार्टीका तर्फबाट उम्मेदवार बनाउन जिल्ला कमिटीले सर्वसम्मत सिफारिस गरेको हो। संविधान निर्माण, शान्ति प्रक्रियामा नेतृत्वदायी भूमिका खेलेका सिटौलाको नाम सिफारिस गर्न काँग्रेस झापाको विस्तारित बैठक बसेको थियो। जिल्ला कार्यसमिति, क्षेत्र, प्रदेशसभा क्षेत्र र गाउँ-नगर सभापतिको संयुक्त बैठकले राष्ट्रियसभ
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्दैछ। बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा दिउँसो ३ बजे बस्दै छ ।बैठकमा माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनलाई मुख्य एजेण्डा बनाएर बस्न लागेको हो।यस्तै पार्टीले भदौदेखि सञ्चालन गरिरहेको पार्टी रूपान्तरण अभियानको प्रभावबारे पनि बैठकमा छलफल हुनेछ । अभियानको समीक्षाका लागि केन्द्रीय समिति बैठकको मितिबारे पनि कुराकानी हुने बुजिएको छ।माओवादीले मङ्सिरमा अभियान समापन र लगत्तै विधान सम्मेलन गर्ने तयारी गरेको थियो । तर, अभियान पुस १६ गतेसम्म लम्ब्याइएपछि सम्मेलनको मिति अनिश्चित भएको छ ।
एजेन्शी । विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ।भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसदको संलग्नता रहेको यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ ।गत साता लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसदलाई सदनको कार्यवाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बित गरिएको थियो ।त्यसैगरी, गत डिसेम्बर १३ मा दुई जना युवाले भिजिटर्स ग्यालरीबाट लोकसभा प्रवेश गरी सङ्घीय सरकारविरुद्ध नाराबाज
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.