राजनीति

    Showing 4,591-4,600 of 7,724 items.
  • चुनाबी सभा र प्रचार प्रसारमा व्यस्त गठबन्धनका उम्मेद्वार

    बिर्तामोड / झापा क्षेत्र नं-२ प्रतिनिधिसभा सदस्यका उम्मेद्वार हरिकुमार राना, प्रदेशसभ-२ का उम्मेद्वार खगेन्द्र मैनाली, प्रदेशसभा–१ का उम्मेद्वार पुष्प पोखरेल सहित गठबन्धनका कार्यकर्ताहरूले अर्जुनधारा एवं बिर्तामोड नगरपालिकाका विभिन्न वडामा प्रचार अभियान सम्पन्न गरेका छन् । क्षेत्र नं-२ प्रदेशसभा-२ अन्तरगत अर्जुनधारा वडा नं-११ मा घरदैलो एवं कोणसभा सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन गर्दै उम्मेद्वार रानाले आफूले अर्जुनधारा नगरप्रमुखको भूमिकामा रहँदा थुप्रै जनमुखी एवं विकास निर्माणका काम गरेको उदाहरण पेश गर्दै संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं जन-समृद्धिका क्षेत्रमा काम

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 77 पटक पढिएको
  • बागी सहित १० जना नेता तथा कार्यकर्तालाई एमालेले गर्यो कारबाही

    झापा / नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीले बागी उमेदवारलाई सहयोग गरेको भन्दै धरानका १० जना नेता तथा कार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीको निर्णयविरुद्ध गतिविधिमा लागेको भन्दै कारबाही गरिएको एमालेले जनाएको छ ।  एमाले प्रदेश कमिटी सदस्य किशोरकुमार कार्कीसहित १० नेतालाई जिल्ला कमिटी सुनसरीले कारबाही गरेको हो । कारबाहीमा परेका कार्की एमालेबाट विद्रोह गर्दै प्रतिनिधिसभामा उम्मेदवारी दिने मनोज मेन्याङ्बोको निर्वाचन परिचालन कमिटीका सदस्य छन् । कारबाहीमा पर्ने उद्धव श्रेष्ठ एमाले परित्याग गरी राप्रपा प्रवेश गर्दै प्रदेशसभा

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 72 पटक पढिएको
  • ओलीलाई बहुमत दिनु भनेको पुनः संविधान च्यात्नु हो : प्रचण्ड

    झापा / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बहुमत दिनु भनेको पुनः संविधान च्यात्नु जस्तै भएको टिप्पणी गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका-६, नयाँसाँघुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो टिप्पणी गरेका हुन् ।अहिले पनि राजतन्त्रकै पुनर्स्थापना गर्नुपर्‍यो भन्ने दलसँग तालमेल गरेर मुलुकको एकतालाई कमजोर पार्न चाहने तत्त्वहरूसँग फेरि संविधान मिच्ने दुस्साहस भइरहेको उनको भनाई छ । ‘मैले जनतासँग भन्ने गरेको छु । अरू गठबन्धनका नेताहरूलाई छोड्नुपर्ने हुन्छ । उहाँहरू भन्नुहुन्छ, खासगरी केपी ओली जी’ ले क

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 89 पटक पढिएको
  • उम्मेदवारले अनलाइन सञ्चारमाध्यममा पनि चुनावको विज्ञापन गर्न पाउने

    झापा  / निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट पनि विज्ञापन गर्न पाउने भएका छन् ।निर्वाचन आयोगले मंसिर ४ मा हुने संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि अनलाइन सञ्चारमाध्यमबाट पनि विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने निर्णय गरेको हो ।निर्वाचन आचारसंहिता, २०७९ को दफा १५ मा राजनीतिक दल वा उम्मेदवारसमेतले पालना गर्नु पर्ने सञ्चार माध्यमको प्रयोग सम्बन्धी आचरण अन्तर्गत राजनीतिक दल वा उम्मेदवारले टेलिभिजन, रेडियो तथा पत्रपत्रिकाको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्न सक्ने व्यवस्था छ ।तर, अनलाइन सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने सम्बन्धमा स्पष्ट उल्ल

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 84 पटक पढिएको
  • मंसिर ४ को निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह हो : रेखा थापा

    पथरी / राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गतेको निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह रहेको जिकिर गरेकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उम्मेदवार समेत रहेकी थापाले बिहीबार चुनावी घरदैलोको क्रममा यस्तो बताएकी हुन् । पथरीशनिश्चरे १० मा भएको घरदैलोमा बोल्दै उनले भनिन मंसिर ४ को निर्वाचन केवल निर्वाचन मात्रै हैन । यो युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह पनि हो । यो पटक देशभर युवाहरू परिवर्तनको लागि विद्रोह गरिरहेका छन् ।उनले पुरानो पुस्ताबाट वाक्क भएका जनताहरूलाई विकल्प दिन युवा पुस्ता मैदानमा आउन बाध्य भएको जिकिर गरेकी छ

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 80 पटक पढिएको
  • गठबन्धन र एमाले कार्यकर्ताबीच झडप : चार जना घाइते

    दार्चुला / दार्चुलामा लोकतान्त्रिक बाम गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा चार जना घाइते भएका छन् । जिल्लाको अपीहिमाल गाउँपालिका —५ स्थित ओखलमा झडप हुँदा एमाले तर्फका २ र गठबन्धनका २ गरी ४ जना कार्यकर्ता घाइते भएका हुन् ।घाइते हुनेमा एमालेको तर्फबाट शैल्यशिखर नगरपालिका —९ का २५ वर्षीय सुरेश बादी र मार्मा गाउँपालिका —३ का २८ वर्षीय बिरेन्द्र बिष्ट रहेका छन् भने गठबन्धनका तर्फबाट अपीहिमाल गाउँपालिका —६ का २० वर्षिय जहेन्द्र धामी सोही ठाउँका २५ वर्षीय जगत धामी रहेको दार्चुला प्रहरीले जनाएको छ । घाइतेहरूको लटिनाथ अस्पताल मार्मामा उपचार भइरहेको छ । एमाले प्रदेश (ख) का उम्मेदवा

    • प्रकाशित मितिः कार्तिक २५, २०७९
    • 74 पटक पढिएको
  • मोरङ ३ (१) मा कांग्रेसका उम्मेदवार थापाको मृत्युपछि मानबहादुरले पाए टिकट

    विराटनगर / मोरङ ३ (१) मा  कांग्रेसले पार्टीका महासमिति सदस्य मानबहादुर लिम्बूलाई उम्मेदवार बनाएको छ । लिम्बू नेविसंघ मोरङ पूर्व अध्यक्षका साथै जिल्ला संगठनको समेत नेतृत्व गरिसकेका त्यस क्षेत्रका चर्चित अनुहार भएकाले पार्टीले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस प्रदेश १ उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए । लिम्बू नेविसंघ मोरङ पूर्व अध्यक्षका साथै जिल्ला संगठनको समेत नेतृत्व गरिसकेका त्यस क्षेत्रका चर्चित अनुहार भएकाले पार्टीले उम्मेदवार बनाएको बस्नेतले बताए निर्वाचन आयोगले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिका अनुसार कांग्रेसलाई मनोनयन दर्ताका लागि बिहीबा

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 95 पटक पढिएको
  • प्यारालाइसिस भएका दीपेन्द्रको आग्रह : ‘रेखा थापा लाई जिताइदिनुस्’

    बेलबारी / वैदेशिक रोजगारीका क्रममा मलेसिया गरेका दीपेन्द्र मगर (नाम परिवर्तन) ३ वर्ष अघि आफ्नो एक हात र एक खुट्टा गुमाएर घर फर्किए । युवा जोस र कमाउने हुटहुटी बोकेका उनी नेपालमा रोजगारी पाउने वातावरण कहिल्यै नभएकाले विदेश जानुपरेको बताउँछन् ।  विदेशी भूमिमा काम गर्दा गर्दै उनी सामान्य बिरामी भएका थिए । कोभिड भएको हो कि भन्ने आशङ्का गरियो तर उनलाई बिस्तारै पक्षघातले थला बसायो । परिवारको सहारा बन्न विदेश गएका हुनी आफै अरूको सहारामा जिउनुपर्ने अवस्थामा पुगे । बुधवार घरदैलो कार्यक्रम बेलबारी एक पुगेकी राप्रपाकी उम्मेदवार रेखा थापा दीपेन्द्रको विषयमा थाप पाउने बित्तिकै उनको घरमा पुगिन् ।

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 189 पटक पढिएको
  • माओवादी केन्द्रका नेता दाहालका भाइको कुटपिटबाट गोमाको मृत्यु

    सिन्धुली / सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको ग्रामकाली माध्यामिक विद्यालयमा शिक्षकको कुटपिटबाट एक छात्राको मृत्यु भएको छ ।सुनकोशी गाउँपालिका –६ अमारेकी कक्षा ७ मा अध्ययनरत १३ वर्षीया छात्रा गोमा वि.क लाई सामाजिक विषयका शिक्षक मिलन दाहालले गृहकार्य नगरेको भन्दै कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।शिक्षक दाहालले वि.क सहित ५ जना विद्यार्थीलाई कुटपिट गरेका थिए । शिक्षकले कुटेपछि छात्राले घरमा आएर झुन्डिएर आत्महत्या गरेको बताइएको छ । मृतक छात्राको हात, नाडी र ढाडमा शिक्षकले कुटेको निलडाम छ । मृतक छात्रा गोमा सहित ६ जना छात्रा र २ जना छात्रालाई शिक्षकले कुटपिट गरेको स्थानीयले बताए

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 104 पटक पढिएको
  • थापाको निधनपछि कांग्रेसबाट नयाँ उम्मेदवार खोजिँदै

    विराटनगर /  मोरङको क्षेत्र नम्बर –३ अन्तर्गत प्रदेशसभा (१) मा मनोनयन प्रक्रिया सुरु भएको छ । क्षेत्र नम्बर –३ अन्तर्गत प्रदेशसभा (१) का उम्मेदवार तथा प्रदेश सरकारका मन्त्री शेखरचन्द्र थापाको डेंगुका कारण निधन भए पछि  निर्वाचन आयोगले कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले नयाँ उम्मेदवारको मनोनयन, दाबीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाइने जानकारी दिए। उनले मंसिर ४ गतेको निर्वाचन स्थगित हुने समेत बताएका छन् । ​प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आउनु ए

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 86 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा