राजनीति

    Showing 4,611-4,620 of 7,724 items.
  • ढकाललाई प्रचार प्रसारमा रोक नलाएका छैनौ : प्रशासन

    झापा / जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कुनैपनि राजनीतिक दल वा उम्मेदवारलाई प्रचार-प्रसारमा रोक नलाएको जनाएको छ । सोमबार एक विज्ञप्तिमा जारी गर्दै डडेल्धुरा प्रशासनले प्रचार-प्रसारमा रोक लगाइएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।ज्ञप्तीमा निर्वाचन आचारसंहितामा व्यवस्था भए बमोजिम प्रचार-प्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई सञ्चालन गरे सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवारको आवश्यक सुरक्षाको प्रत्याभूति गरिने पनि जानकारी गराएको छ । सोमबार डडेल्धुरा सदरमुकाममा स्वतन्त्र उम्मेद्वार सागर ढकालका समर्थकहरूले माइकिङ गर्न खोज्दा प्रहरीले रोकेको थियो । त्यस लगत्तै ढकालले

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 96 पटक पढिएको
  • कैदीबन्दीसँग भोट माग्न कारागारमा नेता र उम्मेदवार

    काठमाडौं / उपत्यकासहित देशभरका कारागारमा चुनावी माहोल देखिएको छ । कैदीबन्दी चुनावी मुद्दामा बहस गर्दै छन् भने उम्मेदवार नेता मत माग्दै कारागारसम्म पुगेका छन् । सोमबार दिउँसो २ बजे कारागार कार्यालय डिल्लीबजार पुग्दा बाहिरी घेरा सुनसान थियो । एकाध सुरक्षाकर्मी र आगन्तुकबाहेक कोही देखिँदैनथे । बाहिरी घेरा छिचोलेर कारागार भित्र प्रवेश गरेपछि भने फरक दृश्य सुरु हुन्थ्यो । स–साना चौतारामा समूह–समूह भएर कैदीबन्दी घाम ताप्दै गफिइरहेका थिए ।कैदीबन्दी भोट कसलाई दिने वा नदिने भन्नेबारे छलफल गर्दै थिए । तर, मतदानप्रति उनीहरू त्यति उत्साही थिएनन् । आफू–आफूबीचको छलफलमा अधिकांश कैदीले मतदान नगर्ने धारणा

    • प्रकाशित मितिः कार्तिक २२, २०७९
    • 90 पटक पढिएको
  • उम्मेदवार विरोधी कार्य गर्ने नेकपा एसका ५ नेता र कार्यकर्ता पार्टीबाट निष्कासित

    झापा / उम्मेदवार विरोधी कार्य गरेको भन्दै नेकपा एकीकृत समाजवादीले ५ नेता र कार्यकर्तालाई पार्टीबाट निष्कासित गरेको छ ।  मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीलाई विजयी गराउन सक्रिय हुनुपर्नेमा पार्टी र उम्मेदवार विरोधी कार्य गर्ने ५ कार्य नेतालाई नेकपा एसले निष्कासन गरेको हो ।पार्टीको जुम्ला जिल्ला र कर्णाली प्रदेश कमिटीका विभिन्न जिम्मेवारीमा रहेका उनीहरूले पार्टी विरोधी शक्तिहरूसँग साँठगाँठ गर्दै पार्टी विरुद्धको षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएको छ । महासचिव डा. बेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पा

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 99 पटक पढिएको
  • लोसपाको घोषणापत्र : ‘संविधान संशोधन’ प्रमुख मुद्दा

    झापा  / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।संविधान संशोधन अघि बढाउने प्रतिबद्धतासहित आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आइतबार घोषणापत्र सार्वजनिक गरेको हो । लोसपाले संविधानको पूर्णता, पहिचानसहितको सङ्घीयताको व्यावहारिक रुपान्तरण, नागरिकता वितरणको सुनिश्चितता, समानुपातिक समावेशिताको परिणाममुखी प्रत्याभूति हुनुपर्ने अवधारणा अघि सारेको छ ।घोषणापत्रमा सबै प्रकारका विभेदबाट मुक्त नेपाली नागरिकलाई महत्वका साथ समेटिएको छ । लोकतान्त्रिक समाजवादलाई जनहितमा व्यापक अभ्यास गर्दै भुइँस्तरमा लोकतन्त्र, सुशासन र जनकल्याणप्रति

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 74 पटक पढिएको
  • ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पतालमा भर्ना , स्वास्थ्य अवस्था जटिल

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था पुन : जटिल बनेको छ । केही समय अघिमात्रै अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । अहिले उनको भेन्टिलेटरमा राखेर उपचार हुँदैछ ।  सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । यसअघि १५ दिनको हस्पिटल बसाइपछि उनी डिस्चार्ज भएकी थिइन् 

    • प्रकाशित मितिः कार्तिक २१, २०७९
    • 102 पटक पढिएको
  • देशको शिर उच्च बनाउनु भन्दै मतदाताले लगाइदिए रेखाको शिरमा ढाका टोपी

    बेलबारी  / पुरानो नेतृत्वले देशको शिर झुकाएको र अब युवा पुस्ताले शिर उच्च बनाउने भन्दै बेलबारी -३ निवासी कर्ण चेम्जोङले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कि उम्मेदवार रेखा थापाको शिरमा ढाका टोपी लगाइदिएका छन् । आइतबार राप्रपाको घरदैलो कार्यक्रमका क्रममा आफू कम्युनिस्ट बिचारबाट प्रभावित रहे पानी अब युवा पुस्ताले देशको रक्षा गर्ने बताउँदै चेम्जोङले थापालाई ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् ।उनले भने म आफै कम्युनिस्ट बिचारबाट प्रभावित र त्यै विचारमा आस्था राख्ने व्यक्ति हुँ । तर पुरानो नेतृत्वले हाम्रो शिर झुकाउने काम गर्‍यो । अब युवा र यी चेलीले हाम्रो टोपीको रक्षा गर्ने विश्वास लिए

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 88 पटक पढिएको
  • तीन कम्युनिष्ट पार्टीद्धारा आन्दोलनको घोषणा

    काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत तीन कम्युनिष्ट पार्टीले मंसिर ४ को निर्वाचन खारेजीको अभियानसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले निर्वाचनको विरोधमा संयुक्त सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।निर्वाचन खारेजी र बहिष्कारको गर्ने बताउँदै उनीहरूले आफूहरूको आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन् । यी तीन पार्टीले निर्वाचनको विरोधमा कात्तिक २४ गते देखि ३० गतेसम्म काठमाडौं लगायत बुटवल, इटहरी, बर्दि

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 78 पटक पढिएको
  • एमालेका एक सय भन्दाबढी नेता कार्यकर्ता माओवादीमा प्रवेश

    झापा / सिराहामा नेकपा एमाले परित्याग गरी एक सय भन्दाबढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गोल बजार -४ भट्टटोलमा एक समारोहको आयोजित कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य तथा सिराहा क्षेत्र नम्बर ३ बाट वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विश्वनाथ साहले माला र अबिर लगाएर उनीहरूलाई स्वागत गरे । उनीहरू गोल बजार -४ का मदन यादव, नथुनी महरा (माइन्जन), गोविन्द महरा र गोल बजार- ६ का अरुण कुमार साहलगायत रहेका छन् ।नव-आगन्तुकहरुलाई पार्टीमा स्वागत गर्दै नेता साहले आगामी मंसिर ४ को निर्वाचनको  कार्यमा जुट्न समेत अनुरोध गरेका छन् । उनले आफू पदमा रहँदा वा नहुँदा सधैँ जनताको सेवामा

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 105 पटक पढिएको
  • पार्टीमा आन्तरिक समस्या छैन् : डाक्टर शर्मा

    बेलबारी  / मोरङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उमेद्वार डाक्टर सुनील शर्माले पार्टीमा कुनै आन्तरिक समस्या नरहेको बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने बताए । उनले भने – पार्टीले आधिकारिक उमेद्वार बनाएपछि लोकतान्त्रिक पार्टीको सदस्य बनेर म मान्दिन भन्न मिल्दैन । पार्टीमा योगदान दिएका, लामो समय सम्म जेल नेल भोगेर काम गरेका सम्पूर्ण अग्रजहरू प्रति उनले आदर भाव प्रकट गर्दै भने – पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भयो । त्यो पनि लोकतन्त्रको सुन्दर पक्ष हो । लोकतन्त्रको अभ्यासमा प्रतिस्पर्ध

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 76 पटक पढिएको
  • माओवादीका कार्यकर्ताले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

    सर्लाही  / नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषीमाथि कारबाहीको माग गर्दै उनीहरूले राजमार्ग बन्द गरेका हुन् ।सर्लाहीकी बलमाथि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचार प्रचारमा प्रयोग भएको गाडी तोडफोड गरेको माओवादीको आरोप छ ।पौडेललाई इलाका प्रहरी कार्यालय हरिवनले पक्राउ गरे पनि शनिबार पौडेल छुटेका थिए । उनले उम्मेदवारमाथि सांघातिक आक्रमण गर्नुका साथै निर्वाचन बिथोल्ने किसिमको क्रियाकलाप गरेकोमा आवश्यक कारबाही

    • प्रकाशित मितिः कार्तिक २०, २०७९
    • 99 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा